अपराधको प्रवृत्ति विश्लेषण गरेर रणनीतिक रूपमा योजनाबद्ध तवरले अगाडि बढ्न गृहमन्त्री रामबहादुर थापा मगर(वादल)कडा निर्देशन


प्रहरीलाई गृहमन्त्रीको ढाडस – ‘संविधानको उपलब्धिमाथि चुनौती दिने भूमिगत समूहलाई निस्तेज पार्नुस्, मन्त्रालय साथमा छ’
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले संविधानको उपलब्धिमाथि भूमिगत समूहहरूले चुनौती दिएको बताएका छन्।
६५औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले त्यस्ता समूह र गठबन्धनलाई निस्तेज पार्न प्रहरीलाई निर्देशन दिए।
त्यसका लागि प्रहरीले सूचना संकलन, विश्लेषण गर्दै फिल्ड अप्रेसनमा कुनै पनि सम्झौता गर्ने छैनन् भन्ने आफूले विश्वास लिएको बताए। 
थापाले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोधदेखि आम नागरिकका हक अधिकार निर्भिकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने प्रयास ती समूह र गठबन्धनहरूबाट भइरहेको बताए।

थापाले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोधदेखि आम नागरिकका हक अधिकार निर्भिकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने प्रयास ती समूह र गठबन्धनहरूबाट भइरहेको बताए।
गृहमन्त्रीको यो अभिव्यक्ति सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको गतिविधिप्रति लक्षित थियो। 
यस्तै, अपराधको प्रवृत्ति विश्लेषण गरेर रणनीतिक रूपमा योजनाबद्ध तवरले अगाडि बढ्न पनि थापाले निर्देशन दिएका छन्। त्यसका लागि मन्त्रालय उचित समन्वय र सहयोग उपलब्ध गराउन तत्पर रहेको उनले उल्लेख गरे।
सरकारका अन्य निकाय संघीय स्वरूपमा प्रवेश गरेको र नेपाल प्रहरी पनि सहजरूपमा अवतरण हुने उनको भनाइ थियो। 

यससँगै कानुनप्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आइपर्ने विविध व्यवधान र सीमित स्रोत साधानका बाबजुद प्रहरीका कर्मचारीहरूको कार्य सम्पादन स्तर उच्च रहेको दाबी गरे। 

तर, प्रहरीका हजारौं राम्रा कामलाई नजर अन्दाज गर्दै औंलामा गन्न सकिने कार्यगत त्रुटीलाई प्रचारप्रसार गर्ने र त्यसमा रमाउनेहरू समाजमा रहेकोमा उनको गुनासो छ। 

“नराम्रोलाई पटक-पटक नराम्रो भन्न नहिचकिचाउने समाजले राम्रोलाई प्रशंसाका लागि शब्द खर्च गर्न किन कन्जुस्याइँ गर्छ ? कुनै घटनामा हल्ला गर्ने समाज किन त्यही घटनाको सफल अनुसन्धानबाट प्रहरीलाई स्याबासी दिन कन्जुस्याइँ गर्छ ?” गृहमन्त्रीको प्रश्‍न थियो। 
प्रहरीमा वा देशको संरचनामा परिवर्तन चाहनेले आफूमा, आफ्ना परिवारमा र आफ्नो सोचमा पनि परिवर्तन ल्याउन जरुरी रहेको बताए।

उनले प्रहरी कर्मचारीको रासन सुविधालगायत अन्य कल्याणका कार्यक्रमहरूमा समयानुकूल सुधार गरी प्रहरी कर्मचारीको मनोवल उच्च पार्न गृह मन्त्रालय तत्पर रहेको पनि वचन दिएका छन्।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।
नेपाल प्रहरीमा जागिर खुल्यो, पाँच हजार बढी जवान भर्ना गरिँदै
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar