भक्तपुरका सरकारी कार्यालयले प्रदान गर्ने अत्यावश्यक बाहेकका सवै सेवा बन्द


काठमाडौं- भक्तपुरका सबै सरकारी कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार साँँझ एक सूचना जारी गर्दै अर्काे सूचना नभएसम्मका लागि जिल्लाभरका सरकारी कार्यालयलाई अत्यावश्यकबाहेकका सेवा प्रवाह बन्द गर्न पत्राचार गरिएको जानकारी दिएको हो। 

‘अत्यावश्यक बाहेकका सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएकाले सो अनुसार गर्नु/गराउनुहुन अनुरोध छ,’ सबै सरकारी कार्यालयलाई जिल्ला प्रशासन कार्यालयले पठाएको पत्रमा भनिएको छ। 

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कार्यालयहरूको भिडभाड घटाउन यस्तो निर्णय गरिएको बताइएको छ। असोज २६ गते मन्त्रिपरिषद् बैठकले ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहमा रोक लगाउन सक्ने निर्णय गरेको थियो। शुक्रबारसम्म भक्तपुरमा १८८४ जना सक्रिय संक्रमित छन्। 
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। शुक्रबार मात्र २४०२ जना कोरोना संक्रमित उपत्यकामा थपिएका थिए। 

यसअघि जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि कात्तिक २ गतेदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको थियो। 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar