नेपाल सरकार १ दिन थप्यो तिहारको विदा

काठमाडौं : सरकारले मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो सँगै यस वर्ष तिहारको बिदा ४ दिन हुने भएको छ । किजा पूजाको अवसरमा २ गते पनि सार्वजनिक बिदा दिने निर्णय सोमबार बसेको मन्त्रिपरिषदबाट भएको गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ। 

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बुधबार विज्ञप्ति जारी गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘किजा पुजाको अवसरमा २०७७ मंसिर २ गते मंगलबारका दिन नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था, शिक्षण संस्थाहरू समेतमा सार्वजनिक बिदा दिने’ निर्णय गरेको उल्लेख गरेका छन् । 

सरकारको पात्रोमा यसअघि कात्तिक २९ र ३० तथा मंसिर १ गते तिहारको बिदा दिने उल्लेख थियो । नेपाल पञ्चांग निर्णायक समितिले कात्तिक २९ गते बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा, ३० गते गाई र गोरु पूजा तथा नेवाः समुदायको म्हपूजा तथा मंसिर १ गते गोवर्धन पुजा तथा भाइपुजा गर्ने तोकेको थियो । 

नेवार समुदायले २९ गते नरक चतुर्दशीका दिनमा लक्ष्मीपूजा नगर्ने बताउँदै आएका थिए । ३० गते लक्ष्मीपूजा, मंसिर १ गते नेपाल संवत् नयाँ वर्षको पहिलो दिन म्हपूजा गर्ने उनीहरूले बताउँदै आएका थिए । उनीहरूको मागलाई सम्बोधन गर्दै सरकारले २ गते मंगलबार किजापुजा (भाइटीका) गर्नका लागि बिदा दिएको हो । 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar