कसैले धम्की दिँदैमा प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव फिर्ता हुँदैन : नेकपा वरिष्ठ नेता झलनाथ खनाल


काठमाडौँ- नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव फिर्ता नभए पार्टी फुट्ने चेतावनी अर्का अध्यक्ष कपी शर्मा ओली पक्षबाट आइरहेका बेला प्रचण्डपक्षका वरिष्ठ नेता झलनाथ खनालले यो प्रस्ताव फिर्ता नहुने र यसमा उठाइएका विषयहरुमाथि पार्टी बैठकमा गम्भीर भएर छलफल गर्नुपर्ने बताएका छन्।
केहीबेर अघि देशसञ्चारसँग कुरा गर्दै नेता खनालले अध्यक्ष प्रचण्डले शुक्रबार सचिवालय बैठकमा पेश गरेको प्रस्ताव प्रचण्डको मात्रै नभएर आफूहरुको सामूहिक प्रस्ताव भएको र त्यो फिर्ता नहुने बताएका हुन्।
उनले भने,‘आफ्नो बचाउका लागि प्रस्ताव फिर्ता गर्नुपर्छ, फिर्ता गरेन भने पार्टी फुट्छ भन्ने बहना गराउनुहुन्न। यो प्रस्ताव हामी पाँच जना नेताहरुको सामूहिक प्रस्ताव हो। यसबारे पार्टी बैठकमै मिहिन ढंगले छलफल गर्नुपर्छ।’
नेता खनालले अगाामी मंसिर तीन गते निर्धारित बैठक पनि कसैले रोकेर नरोकिने बताएका छन्।
उनले भने,‘ समस्या समाधान गर्ने थलो बैठक नै हो। तोकिएको बैठक नै स्थगित गर्ने अधिकार कसैलाई छैन। चित्त नबुझेका कुरा बैठकमै भन्ने हो। समस्या समाधान पनि त्यसैबाट गर्ने हो।’
विवाद उत्कर्षमा पुगेपछि प्रचण्डले शुक्रबारको सचिवालय बैठकमा १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए। प्रस्तावमा ओलीले भ्रष्टाचारलाई प्रोत्साहन गरेको, गुटबन्दीलाई प्राथमिकता दिएको, एकाधिकारवादी भएको जस्ता दर्जनौ आरोप लगाइएको छ। पार्टी निर्णय उल्लंघन गरी एकलौटीरुपमा सरकार सञ्चालनसमेत गरेको आरोप ओलीमाथि लगाइएको छ।
नेता खनालसहित पाँच सदस्यले कार्तिक २२ गते ओलीलाई सचिवालय बैठकका लागि सहमत हुन अनुरोध गर्दै लिखित पत्र बुझाएका थिए।
तर ओलीले कार्तिक २५ गते प्रचण्डलाई काउन्टरमा भित्र एउटा, बाहिर एउटा व्यवहार गर्ने द्धैध चरित्र प्रचण्डमा भएको भएको भन्दै उनका कारण पार्टी गम्भीर संकटमा परेको आरोप लगाएर पत्र लेखेका थिए। त्यसैको जबाफमा प्रचण्डले शुक्रबारको बैठकमा प्रस्तावका साथै अर्को एउटा पत्र पनि ओलीलाई बुझाएका थिए।
असोज १५ गतेको मन्त्रिपरिषद् बैठकले युवराज खतिवडालाई अमेरिकास्थित नेपाली राजदूत र लोकदर्शन रेग्मीलाई बेलायतस्थित राजदूतमा नियुक्त गरेपछि ओली र दाहालबीच सुरु भएको मतभेद पार्टी फुटाउनेसम्मको स्थितिमा पुगेको छ।
यो बीचमा ओलीबाट चालिएका कदमहरु राष्ट्रलाईनै क्षति पुर्याउने तहसम्मका भएका र अब उनलाई सच्याउनुको विकल्प नभएको भन्दै आफूहरुले मोर्चाबन्दी गरेको प्रचण्ड पक्षले अडान लिँदै आएको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar