पुरुषभन्दा महिला बढी, २१ लाख नेपाली विदेशमा
तथ्याङ्क विभागले आज १२औँ जनगणनाको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ । वि.सं. २०७८ सालमा सम्पन्न गणनाको प्रारम्भिक तथ्याङ्क आज सार्वजनिक गरेको हो । सार्वजनिक भएको प्रारम्भिक तथ्यांकअनुसार हालको नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।
भदौ ३० देखि असोज १८ र कात्तिक २५ देखि मङ्सिर ९ सम्म गरेर दुई चरणमा सम्पन्न भएको जनगणनाले अघिल्लो जनगणना २०६८ को तुलनामा २७ लाखले बढी हो । यस्तै, यो जनगणनाबाट नेपालको जनसङ्ख्या वृद्धिदरमा समेत गिरावट आएको पाइएको छ । पछिल्लो १० वर्षमा नेपालकोे सरदर वार्षिक जनसङ्ख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको देखिन्छ । वि.सं. १९८८ को जनगणना यता पहिलोपटक एक प्रतिशतभन्दा कम कायम भएको पाइएको विभागले जनाएको छ । अघिल्लो जनगणनामा यो १.३५ प्रतिशत रहेको थियो ।
पुरुषभन्दा महिला बढी
राष्ट्रिय जनगणना २०७८ ले नेपालमा पुरुषकोभन्दा महिलाको सङ्ख्या बढिरहेको देखाएको छ । नेपालको हालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० मध्ये महिलाको सङ्ख्या ५१ प्रतिशत छ ।
यो भनेको महिलाको कुल जनसङ्ख्या एक करोड ४९ लाख एक हजार १६९ छ । यस्तै, कुल जनसङ्ख्याको ४८.९६ प्रतिशत हिस्सा ओगटेका पुरुषको सङ्ख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।
१० वर्ष अघि २०६८ सालको जनगणनामा कुल जनसङ्ख्यामा महिलाको सङ्ख्या ५१.५ र पुरुषको सङ्ख्या ४८.५ प्रतिशत नै थियो । यस हिसाबले यो १० वर्षमा महिलाको सङ्ख्या कुल जनसङ्ख्याको ५१ प्रतिशतभन्दा बढी रहेको छ ।
कति छ घर परिवार?
यो जनगणनाले नेपालमा कुल ६७ लाख ६१ हजार ०५९ वटा परिवार रहेको देखाएको छ । र यो परिवार ५६ लाख ४३ हजार ९४५ वटा घरमा बसेको देखिएको छ । जनगणनाबाट औसत १० वटा घरमा १२ वटा परिवार बसिरहेको पाइएको विभागले जानकारी दिएको छ ।
१० वर्ष अघि २०६८ सालको तुलनामा अहिले परिवारको सङ्ख्या २४.५७ प्रतिशतले बढेर १३ लाख ३३ हजार ७५७ वटा नयाँ परिवार थपिएको छ । यस्तै, अहिले नेपालको सहरी क्षेत्रको एउटा परिवारमा ४.३२ जना सदस्य र ग्रामीण क्षेत्रको परिवारमा ४.५५ जना सदस्य बसोबास गर्न थालेका छन् । १० वर्ष अघिसम्म सहरी क्षेत्रमा एउटै परिवारमा ४.८८ जना र ग्रामीण क्षेत्रमा ५.०२ थियो ।
प्रदेशगत आधारमा परिवारमा औसत सदस्य गण्डकीमा सबैभन्दा कम र मधेसमा सबैभन्दा बढी ५.६६ जना छन् । यस्तै, जिल्लागत आधारमा हेर्दा दोलखामा सबैभन्दा कम ३.५१ जना र सबैभन्दा ठूलो रौतहटमा ५.९२ जना बसोबास गर्ने गरेका छन् ।
कुन प्रदेशमा कति जनसङ्ख्या ?
नेपालका सात वटा प्रदेशमध्ये मधेसमा सबैभन्दा बढी जनसङ्ख्या छन् । मधेसमा कुल जनसङ्ख्या मध्येको ६१ लाख २६ हजार २८८ जना मासिन बसोबास गर्ने गरेका छन् । यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशको जनसङ्ख्या जम्मा १६ लाख ९४ हजार ८८९ जना रहेको पाइएको छ ।
यस्तै, यस अवधिमा वार्षिक जनसङ्ख्या वृद्धिदर लुम्बिनीमा सबैभन्दा बढी १.२५ प्रतिशत प्रतिवर्ष र गण्डकीमा सबैभन्दा कम ०.३० प्रतिशत प्रतिवर्ष छ । दोस्रो धेरै वार्षिक जनसङ्ख्या वृद्धिदर मधेसमा १.२० प्रतिशत प्रतिवर्ष रहेको पाइएको छ । यीबाहेक अन्य प्रदेशको जनसङ्ख्या वृद्धिदर प्रतिवर्ष १ प्रतिशतभन्दा कम छ ।
काठमाडौँको जनसङ्ख्या कति ?
२०७८ सालको जनगणना संघीय राजधानी काठमाडौँ जिल्लामा सबैभन्दा बढी मानिस बसोबास गर्ने गरेका छन् । यो जिल्लामा मात्रै २० लाख १७ हजार ५३२ जना मासिन बस्ने गरेका छन् । र, सबैभन्दा कम मनाङ जिल्लामा जम्मा ५ हजार ६४५ जना मानिस बसोबास गर्छन् ।
काठमाडौँपछि सबैभन्दा धेरै जनसङ्ख्या हुने जिल्लामा मोरङ, रुपन्देही, झापा र सुनसरी क्रमशः छन् । यस्तै, कम जनसङ्ख्या हुन जिल्लामा मनाङपछि मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः छन् । जिल्लागत वार्षिक जनसङ्ख्या वृद्धिदर हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक देखिएको छ । १० वर्षअघि २७ वटा जिल्लामा मात्रै जनसङ्ख्या वृद्धिदर ऋणात्मक थियो ।
यसैगरी, सबैभन्दा धेरै जनसङ्ख्या वृद्धि हुने जिल्लामा भक्तपुर ३.३२ प्रतिशत र सबैभन्दा कम रामेछापमा १.६५ प्रतिशत छ । हिमाली जिल्लाहरूमध्ये मुगु जिल्लामा सबैभन्दा बढी १.८० प्रतिशतले वृद्धि देखिएको छ ।
ह्वात्तै बढ्यो सहरी जनसङ्ख्या
२०७८ सालको जनगणनाले सहरी क्षेत्रमा बसोबास गर्नेको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो जनगणनामा सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या जम्मा १७ प्रतिशत र ग्रामीण भेगमा ८२ प्रतिशत मानिस बसोबास गर्थे । यो जनगणनाले सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ६३ प्रतिशत र ग्रामीण क्षेत्रमा ३६ प्रतिशत जनसङ्ख्या मात्रै बसोबास गर्ने गरेका छ ।
२१ लाख नेपाली विदेशमा
यो जनगणनाबाट कुल २१ लाख ६९ हजार ४७८ जना नेपाली विदेशमा रहेको पाइएको छ । योमध्ये १७ लाख ६३ हजार ३१५ पुरुष र ४ लाख ६ हजार १०३ जना महिला विदेशमा छन् । यसले विदेशमा रहने पुरुषको हिस्सा ८१ प्रतिशतभन्दा बढी र महिलाको हिस्सा १८ प्रतिशत हाराहारी रहेको देखिएको छ ।
१० वर्ष अघि २०६८ सालमा विदेशमा बसोबास गर्ने नेपालीको सङ्ख्या १९ लाख २१ हजार ४९४ देखाएको थियो । नेपालका ७७ वटै जिल्लाबाट नेपालीहरू विदेसिएको पाइएको छ । जसमध्ये सबैभन्दा बढी काठमाडौँ, कैलाली, झापा, रुपन्देही र मोरङ छन् भने सबैभन्दा कम विदेसिनेमा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङवासी रहेका छन् ।
बढ्यो प्रतिवर्ग जनघनत्व
१० वर्षको अवधिमा नेपालको प्रतिवर्ग जनघनत्व १८ जना बढेको छ । यो वर्षको जनगणना अनुसार नेपालमा प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा १९८ जना बसोबास गर्छन् । यो १० वर्ष अघि जम्मा १८० प्रतिवर्ग किलोमिटर रहेको थियो । सबैभन्दा बढी जनघनत्व तराइमा प्रतिवर्ग किलोमिटर ४६१ र सबैभन्दा कम हिमाली जिल्लामा प्रतिवर्ग किलोमिटर ३४ जना छन् ।
तपाइलेDigital currency exchangers
यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
•गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
•ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
•हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
•आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
•गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
•प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
•एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
•आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
•प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
•प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
•वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
•गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।
मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।