‘रेडियोमा खेलौँ दोहोरी’को विजेता बनिन् नेपाल मगर सास्कृतिक संघको उपाध्यक्ष विमला मगर


काठमाडौं: रेडियो अन्नपूर्ण नेपालको आयोजनामा भएको रेडियोमा खेलौँ दोहोरीको विजेता विमला गुर्मछान मगर घोषित भएकी छन्।उहा नेपाल मगर साँस्कृतिक संघ प्रदेश समिती प्र.न.३ नेव:ताम्सालिङ्ग प्रदेशकाे “प्रथम एेतिहासिक अधिवेशनवाट सांस्कृतिक उपाध्यक्षमा विमला गुर्मछान मगर निर्वाचित भएकी थिइन। शनिबार भएको ग्रान्ड फिनालेमा माघ १५ गते १७ गतेसम्म चलेको डिजिटल अडिसनबाट ६ जनाबीच प्रतिस्पर्धा भएको थियो। 

त्यसमध्ये विवेक पाण्डे र विमला मगर छनौट भएका थिए। दुई जनाबीच भएको प्रतिस्पर्धाबाट मगर विजेता घोषित भएकी हुन्। फिनालेमा चर्चित लोकदोहोरी गायिका देवी घर्तिमगर र गायक राजु ढकाल निर्णायक रहेका थिए। 

यसअघि ३ दिनसम्म चलेको डिजिटल अडिसनबाट विवेक पाण्डे, विमला मगर, श्रीराम दाहाल, सर्मिला अर्याल, सरू श्रेष्ठ र आशिष घर्ती मगर फाइनलका लागि छनौट भएका थिए। डिजिटल अडिसनमा पहिलो दिन कल्पना दाहाल र प्रदिप रोक्का, दोस्रो दिन राजेन्द्र भण्डारी र प्रतिमा अर्याल तथा तेस्रो दिन खुमन अधिकारी र रमिला न्यौपाने अतिथि निर्णायकका रुपमा उपस्थित भएका थिए। 

विजेता घोषित भएपछि मगरले आफू पहिलो पटक दोहोरी प्रतियोगितामा प्रथम भएको बताउँदै अवसरका लागि रेडियो अन्नपूर्ण नेपाललाई धन्यवाद दिइन्। कतिपय अवस्थामा प्रतिभाहरू लुकेर बसेका हुने भएकाले अवसरको सदुपयोग गर्न पनि उनले आग्रह गरेकी छन्। उनले भनिन्, ‘म यहाँसम्म पुग्छु र प्रथम हुन्छु भन्ने लागेकै थिएन। मेरो पहिलो पटकको सहभागिता पनि हो, विजेता हुन पाउँदा खुसी छु। मजस्तै लुकेका प्रतिभा धेरै भए पनि देखाउने ठाउँ नपाएको हुनसक्छ, उहाँहरूलाई यस्ता अवसरहरू नगुमाउन पनि आग्रह गर्छु।’

विजेता मगरलाई करिब १ लाख बराबरको पुरस्कारले पुरस्कृत गरिएको रेडियो अन्नपूर्ण नेपालका स्टेसन म्यानेजर शिरोमणि दवाडीले जानकारी दिए। प्रतियोगिताको रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज,काठमाडौंका साथै एक्टिभ एफएम ९७.२ मेगाहर्ज-धनगढी ,बिजी एफ एम ९३.६. मेगाहर्ज- सुर्खेत ,रेडियो ,समृद्ध नेपाल ९२ मेगाहर्ज- पर्वत, ८९.३ मेगाहर्ज किस एफ एम- रुपन्देही ,सन्देश एफ एम ८९.८मेगाहर्ज- नवलपरासी, कलर्स एफ एम १०२.४ मेगाहर्ज-जनकपुर, गणतन्त्र एफएम ९५.१ मेगाहर्ज-धरान,रेडियो सर्लाही एफ एम १०५.७ मेगाहर्ज-सर्लाही, जागृति एफ एम ८७.९ मेगाहर्ज-बिराटनगर, रेडियो किङ एफएम १०४ मेगाहर्ज-दमक,गज्जबको रेडियो १०५.७ मेगाहर्ज-नुवाकोट, रेडियो सिन्धु १०५ मेगाहर्ज-सिन्धुपाल्चोक, रेडियो मेलम्ची १०७.२ मेगाहर्ज-मेलम्ची, एफएम प्लस ८९.१ मेगाहर्ज-गौरादहले प्रत्यक्ष प्रशारण गरेका थिए।

रेडियोमा खेलौँ दोहोरी
तपाइलेDigital currency exchangers

यो पनी पढौ:प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar