देशैभर थप कोरोना ९८० जना, कुल संक्रमित ४६,२५७ जना पग्यो


आइतबार थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना कोरोनामुक्त भई विभिन्न अस्पतालका आइसोलेसनबाट डिस्चार्ज भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेकाे छ।

देशभर हाल सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। 

विगत २४ घण्टामा १० हजार ३८२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ६८ हजार ३४५ जनाको पिसिआर परीक्षण भएको छ। 

विगत २४ घण्टामा ९ मृतकमा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट २८९ जनाको मृत्यु भएको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar