जनतामा भ्रम सृजना गरि आर्थिक संकलन गर्ने अभिष्टका साथ “मगरात संघर्ष समिति” नाम वनाएकोलाइ मगरात संयुक्त संघर्ष समिति” को गम्भीर ध्यानाकर्षण


काठमाण्डौ: जनतामा भ्रम सृजना गरि आर्थिक संकलन गर्ने अभिष्टका साथ “मगरात संघर्ष समिति” नामको समिति बनाइएको भन्ने सामाजिक संजालमा आएको सूचना प्रति यस “मगरात संयुक्त संघर्ष समिति” को गम्भीर ध्यानाकर्षण संयुक्त प्रेस विज्ञप्ति मार्फ जानकारी गराउनुभएको छ।
मगरात संयुक्त संघर्ष समितिले संयुक्त प्रेस विज्ञप्ति भनिएको छ,तीसौं लाख आदिवासी मगरहरूको गौरवशाली साझा सामाजिक संस्था नेपाल मगर संघ र विभिन्न राजनैतिक पार्टी सम्बद्ध मगर संघ/सस्थाहरुको साझा समन्वयकारी सस्था “संयुक्त मगर मंच नेपाल” बिगत १२ बर्ष देखि निरन्तर क्रियाशील भैरहेको सर्वविदितै छ। यस मंचले मगरहरुको साझा सवालहरु र मगरात बासी आम जनताहरुको जातिय, वर्गीय, लिङ्गिय, आर्थिक, राजनैतिक, शैक्षिक, सामिजिक आदि सवालहरुमा केन्द्रीत भएर राज्य सरकारलाई विभिन्न तवरले दवाव सृजना गरिरहेको छ । मगरहरुको ऐतिहासिक भूमी (थातथलो), मगर मातृभाषाहरु, मगर मौलिक सस्कृतिहरु, राज्याधिकार, मौलिक रहनसहन र परम्परा सहितको समुच्च ऐतिहासिक मानव सभ्यता “मगरात” हो । त्यसैले अहिलेको आधुनिक नेपाल बन्नु अगाडी अहिलेको पश्चिम तथा मध्य नेपालमा अर्थात गण्डकी राप्ती र धवलागिरी क्षेत्रहरुमा मगरात गणराज्यहरु थिए जसको नेतृत्व मगरहरुले गरेका थिए । नेपाललाई सघियातामा लैजादा ऐतिहासिक मानव सभ्यताको आधारमा अधिकार सम्पन्न “मगरात स्वायत्त प्रदेश” हुनुपर्छ भनेर मंचले सशक्त रुपले आवाज उठाई रहेको जानकारी दिनुभएको छ।

“राम मगर उर्फ नरबहादुर जर्घा लाई तीसौं लाख आदिवासी मगरहरूको गौरवशाली साझा सामाजिक संस्था नेपाल मगर संघ र विभिन्न राजनैतिक पार्टी सम्बद्ध मगर संघ/सस्थाहरुको साझा समन्वयकारी सस्था “संयुक्त मगर मंच नेपाल” को तत्काल सच्चिन आग्रह”

यद्यपि मगरात स्वायत्त प्रदेश कुनै जाति बिशेषको राज्य नभैकन यो ऐतिहासिक मानव सभ्यता र भूगोलको पहिचान हो भनेर सबैले बुझ्न जरुरी छ। ऐतिहासिक मानव सभ्यताको पहिचानको आधारमा मगरातको सुनिश्चितता गराउनका लागि मंचद्वारा सबै उत्पिडीत क्षेत्र, जाति, वर्ग, लिङ्ग तथा सरोकारवाला समुदायहरुलाई समेट्ने योजना सहित सयुक्त रुपले संघर्ष गर्ने गरि एक दशक अघि आधिकारिक रुपले “मगरात संयुक्त संघर्ष समिति” गठन गरि क्रियाशील भैरहेको मगरात बासी जनता सहित आम जनसमुदायलाई अवगत नै छ । “मगरात संयुक्त संघर्ष समिति”ले अधिकार सम्पन्न मगरात प्राप्तिका लागि बिगत एक दशक देखि अनवरत रुपमा मगरात भूगोल, सडक र सदन देखि निरन्तर संघर्ष गरिरहेको अबस्थामा २/३ बर्ष देखि मात्रै मगरात सवालमा छिटपुट रुपमा अनुहार देखाएका केहि व्यक्तिहरुको झुण्डले व्यक्तिगत निहित स्वार्थका लागि जनतामा भ्रम सृजना गरि आर्थिक संकलन गर्ने अभिष्टका साथ “मगरात संघर्ष समिति” नामको समिति बनाइएको भन्ने सामाजिक संजालमा आएको सूचना प्रति यस “मगरात संयुक्त संघर्ष समिति” को गम्भीर ध्यानाकर्षण भएको छ ।

“राम मगर लाई तत्काल आफुले गरिरहेको अनुशासनहीन र अराजक गतिबिधि छोडेर आत्मालोचित भएर मुलधारको “मगरात संयुक्त संघर्ष समिति” मा समाहित हुन आग्रह”

संयुक्त प्रेस विज्ञप्ति कडा जवाफ भनिएको छ,मगरहरुको साझा सामाजिक संस्था नेपाल मगर संघ प्रतिको जनबिश्वास र आस्थालाई समेत भताभुङ्ग परेर मगर एकतालाई तितरवितर बनाउदै सामाजिक सस्था र अस्तित्व नै सिध्याउने उद्देश्यबाट अभिप्रेरित भएर उक्त सस्थाको लोगो दुरुपयोग गर्ने, सोहि सस्थाको पदाधिकारी सदस्यहरु प्रति निकृष्ट शब्दले गालीगलोज गर्ने कार्य निन्दनीय गरेको छ । त्यसैगरि राजनैतिक बिचार-आस्थागत रुपले विभिन्न राजनैतिक पार्टीसंग सम्बद्ध मगर संघ/सस्थाहरुलाई र उक्त सस्थाहरुको पदाधिकारीहरुलाई बदनाम गर्ने गरि अपशब्द प्रयोग गर्ने, यी भिन्न पार्टीमा आस्थावान मगरहरुलाई अनुशासनहिन शैलीले तथानाम गालीगलौज गर्ने, आ-आफ्नो पार्टी छोड्नुहोस भन्ने तथाकथित संघर्ष समिति र त्यसको स्वघोषित संयोजक भनिएको राम मगर उर्फ नरबहादुर जर्घा लाई तत्काल सच्चिन आग्रह गरिन्छ। मानव नैतिकता र अनुशासनको दायरा भित्र रहेर मित्रभावका आधारमा “मगरात” को सवाल विभिन्न दलमा आबद्ध वा स्वतन्त्र व्यक्तिहरु सबैले उठाउन सकिन्छ यो सवालमा स्वच्छ मनले काम गर्नुहुनेहरु प्रति आभार ब्यक्त गर्दछौ । सच्चा मनले मगरातको सवाल उठाएर संघर्ष गर्ने हो भने राम मगर लाई तत्काल आफुले गरिरहेको अनुशासनहीन र अराजक गतिबिधि छोडेर आत्मालोचित भएर मुलधारको “मगरात संयुक्त संघर्ष समिति” मा समाहित हुन आग्रहइइ गरिन्छ। मगरातको नाम देखाएर कुनै अदृश्य पश्चगामी शक्तिहरुबाट परिचालित मगर एकता बिरोधि र आर्थिक संकलन गर्ने योजनाले सामाजिक संजालमा हल्ला गरिरहेको यस्ता अनुशासनहिन तथाकथित समितिको पछाडी नलाग्नुहुन “संयुक्त मगर मंच नेपाल” र “मगरात संयुक्त संघर्ष समिति” मा आबद्ध सबै मगर संघ/सस्थाहरुको पदाधिकारी सदस्यहरु, सल्लाहकारहरु, मगर बुद्धिजीवीहरु, मगर अग्रजहरु, मगर समाज र मगरात बासी आम जनसमुदायहरुमा यसै प्रेस बिज्ञप्ति मार्फत हार्दिक अनुरोध गर्नुभएको छ।

मगरात संयुक्त संघर्ष समिति
संयुक्त प्रेस विज्ञप्ति

मिति : २०७७ भाद्र २३ गते

तीसौं लाख आदिवासी मगरहरूको गौरवशाली साझा सामाजिक संस्था नेपाल मगर संघ र विभिन्न राजनैतिक पार्टी सम्बद्ध मगर संघ/सस्थाहरुको साझा समन्वयकारी सस्था “संयुक्त मगर मंच नेपाल” बिगत १२ बर्ष देखि निरन्तर क्रियाशील भैरहेको सर्वविदितै छ। यस मंचले मगरहरुको साझा सवालहरु र मगरात बासी आम जनताहरुको जातिय, वर्गीय, लिङ्गिय, आर्थिक, राजनैतिक, शैक्षिक, सामिजिक आदि सवालहरुमा केन्द्रीत भएर राज्य सरकारलाई विभिन्न तवरले दवाव सृजना गरिरहेको छ । मगरहरुको ऐतिहासिक भूमी (थातथलो), मगर मातृभाषाहरु, मगर मौलिक सस्कृतिहरु, राज्याधिकार, मौलिक रहनसहन र परम्परा सहितको समुच्च ऐतिहासिक मानव सभ्यता “मगरात” हो । अहिलेको आधुनिक नेपाल बन्नु अगाडी अहिलेको पश्चिम तथा मध्य नेपालमा अर्थात गण्डकी राप्ती र धवलागिरी क्षेत्रहरुमा मगरात गणराज्यहरु थिए जसको नेतृत्व मगरहरुले गरेका थिए । नेपाललाई सघियातामा लैजादा ऐतिहासिक मानव सभ्यताको आधारमा अधिकार सम्पन्न “मगरात स्वायत्त प्रदेश” हुनुपर्छ भनेर मंचले सशक्त रुपले आवाज उठाई रहेको छ। यद्यपि मगरात स्वायत्त प्रदेश कुनै जाति बिशेषको राज्य नभैकन यो ऐतिहासिक मानव सभ्यता र भूगोलको पहिचान हो भनेर सबैले बुझ्न जरुरी छ। ऐतिहासिक मानव सभ्यताको पहिचानको आधारमा मगरातको सुनिश्चितता गराउनका लागि मंचद्वारा सबै उत्पिडीत क्षेत्र, जाति, वर्ग, लिङ्ग तथा सरोकारवाला समुदायहरुलाई समेट्ने योजना सहित सयुक्त रुपले संघर्ष गर्ने गरि एक दशक अघि आधिकारिक रुपले “मगरात संयुक्त संघर्ष समिति” गठन गरि क्रियाशील भैरहेको मगरात बासी जनता सहित आम जनसमुदायलाई अवगत नै छ । “मगरात संयुक्त संघर्ष समिति”ले अधिकार सम्पन्न मगरात प्राप्तिका लागि बिगत एक दशक देखि अनवरत रुपमा मगरात भूगोल, सडक र सदन देखि निरन्तर संघर्ष गरिरहेको अबस्थामा २/३ बर्ष देखि मात्रै मगरात सवालमा छिटपुट रुपमा अनुहार देखाएका केहि व्यक्तिहरुको झुण्डले व्यक्तिगत निहित स्वार्थका लागि जनतामा भ्रम सृजना गरि आर्थिक संकलन गर्ने अभिष्टका साथ “मगरात संघर्ष समिति” नामको समिति बनाइएको भन्ने सामाजिक संजालमा आएको सूचना प्रति यस “मगरात संयुक्त संघर्ष समिति” को गम्भीर ध्यानाकर्षण भएको छ । मगरहरुको साझा सामाजिक संस्था नेपाल मगर संघ प्रतिको जनबिश्वास र आस्थालाई समेत भताभुङ्ग परेर मगर एकतालाई तितरवितर बनाउदै सामाजिक सस्था र अस्तित्व नै सिध्याउने उद्देश्यबाट अभिप्रेरित भएर उक्त सस्थाको लोगो दुरुपयोग गर्ने, सोहि सस्थाको पदाधिकारी सदस्यहरु प्रति निकृष्ट शब्दले गालीगलोज गर्ने कार्य निन्दनीय छ । त्यसैगरि राजनैतिक बिचार-आस्थागत रुपले विभिन्न राजनैतिक पार्टीसंग सम्बद्ध मगर संघ/सस्थाहरुलाई र उक्त सस्थाहरुको पदाधिकारीहरुलाई बदनाम गर्ने गरि अपशब्द प्रयोग गर्ने, यी भिन्न पार्टीमा आस्थावान मगरहरुलाई अनुशासनहिन शैलीले तथानाम गालीगलौज गर्ने, आ-आफ्नो पार्टी छोड्नुहोस भन्ने तथाकथित संघर्ष समिति र त्यसको स्वघोषित संयोजक भनिएको राम मगर उर्फ नरबहादुर जर्घा लाई तत्काल सच्चिन आग्रह गरिन्छ। मानव नैतिकता र अनुशासनको दायरा भित्र रहेर मित्रभावका आधारमा “मगरात” को सवाल विभिन्न दलमा आबद्ध वा स्वतन्त्र व्यक्तिहरु सबैले उठाउन सकिन्छ यो सवालमा स्वच्छ मनले काम गर्नुहुनेहरु प्रति आभार ब्यक्त गर्दछौ । सच्चा मनले मगरातको सवाल उठाएर संघर्ष गर्ने हो भने राम मगर लाई तत्काल आफुले गरिरहेको अनुशासनहीन र अराजक गतिबिधि छोडेर आत्मालोचित भएर मुलधारको “मगरात संयुक्त संघर्ष समिति” मा समाहित हुन आग्रह गरिन्छ। मगरातको नाम देखाएर कुनै अदृश्य पश्चगामी शक्तिहरुबाट परिचालित मगर एकता बिरोधि र आर्थिक संकलन गर्ने योजनाले सामाजिक संजालमा हल्ला गरिरहेको यस्ता अनुशासनहिन तथाकथित समितिको पछाडी नलाग्नुहुन “संयुक्त मगर मंच नेपाल” र “मगरात संयुक्त संघर्ष समिति” मा आबद्ध सबै मगर संघ/सस्थाहरुको पदाधिकारी सदस्यहरु, सल्लाहकारहरु, मगर बुद्धिजीवीहरु, मगर अग्रजहरु, मगर समाज र मगरात बासी आम जनसमुदायहरुमा यसै प्रेस बिज्ञप्ति मार्फत हार्दिक अनुरोध गर्दछौ ।

धन्यवाद, जय मगरात। जय संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल।

बोम दर्लामीमगर, संयोजक, मगरात संयुक्त संघर्ष समिति
भोजबिक्रम बुढामगर, संयोजक, संयुक्त मगर मंच नेपाल
नबीन रोकामगर, अध्यक्ष, नेपाल मगर संघ, केन्द्रीय समिति
ओम थापा मगर, सभापति, नेपाल राष्ट्रिय मगर संघ, केन्द्रिय समिति
गगन ल्हायो मगर, प्रतिनिधि, आदिवासी जनजाति मगर संघ नेपाल, के. स.
चोपलाल राहुमगर, प्रतिनिधि, जनता समाजवादी मगर संघ नेपाल, के.स.
डी के सुर्यबन्शीमगर, प्रतिनिधि, मगर महासघ नेपाल, के.स.
कपिल पुनमगर, सचिव, अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा, के.स


तपाइलेDigital currency exchangersयो पनी पढौ:मगर संसार राहतकोषद्वारा बागलुङका बाढीपहिरो पिडितलाई आर्थिक सहयोग
देशैभर थप कोरोना ९०२ जना,पुग्यो कुल संक्रमित ४८,१३८ जना
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar