गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु


काठमाडौं। नेपाल सरकारको माननिय गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ ले लिपुलेकमा तैनाथ आफ्ना सुरक्षाकर्मीलाई यस क्षेत्रमा तैनाथ भारतीय सेनाका गतिविधिहरु सूक्ष्म रुपमा अनुगमन गर्न निर्देशन दिएको छ । भारत र चीनबीच सीमा विवाद चर्किएका बेला नेपाल सरकारले यहाँ तैनाथ आफ्ना सुरक्षाकर्मीलाई यस्तो निर्देशन दिएको समाचार एजेन्सी आइएएनएसले जनाएको छ । कालापानीको शीर्षमा पर्ने लिपुलेक नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र हो ।

गृह मन्त्रालयले सीमामा तैनाथ सशस्त्र प्रहरी बललाई त्रिदेशीय सीमामा अनुगमन सुरु गर्न निर्देशन जारी गरेको हो । लिपुलेकमा सशस्त्र प्रहरीको ४४ बटालियन तैनाथ छ । सशस्त्रले भारत र चीनबीच सम्भावित तनावलाई मध्यनजर गर्दै लामो दूरीको गस्तीको लागि आग्रह गरेको छ । लिपुलेकमा चीनले पनि सैनिकको संख्या बढाएको छ । उसले त्रिदेशीय सीमामा १५० सैनिकसहितको लाइट कम्बाइन्ड आर्म्स ब्रिगेड तैनाथ गरेको छ । यो ब्रिगेड गत महिनाम मात्र यहाँ आएको हो । चीनले सीमाबाट १० किलोमिटर दूरीमा रहेको पालामा पनि सैन्य शक्ति बढाएको छ । जुलाइमा पालानजिकै चीनले स्थानी पोस्ट स्थापना गरेर १० हजार सैनिक तैनाथ गरेको थियो । ‘२ हप्तापछि नै त्यहाँ २ हजार थप सैनिक तैनाथ गरिएका छन्’ स्रोतले भन्यो ।
भारतले लिपुलेक क्षेत्रमा सडक निर्माण गरेपछि यसले नेपाल र भारतबीच कूटनैतिक तनाव बढाएको थियो । काठमाडौंले यो क्षेत्र आफ्नो भएको दावी गरेको थियो । भारतले यो सडक कैलाश मानसरोवर जाने तीर्थयात्रीलाई सहज बनाउन निर्माण गरेको बताएको थियो । तनाव बढ्दै गएपछि नेपालले यी क्षेत्र आफ्नो भूभागभित्र समेटेर नयाँ राजनैतिक नक्सा समेत जारी गरेको थियो ।
उता भारत र चीन पनि गएको मे महिनादेखि सीमाका विभिन्न क्षेत्रहरुमा भिडिरहेका छन् । चीनले लाइन अफ एक्चुअल कन्ट्रोलका कैयौं क्षेत्रमा भारतीय भूभागभित्र प्रवेश गरेर त्यहाँको यथास्थिति परिवर्तन गरेको छ । भारतले यसमा आपत्ति जनाएको छ र भारत र चीनबीच विभिन्न तहका वार्ताहरु भइरहेका छन् ।
तपाइलेDigital currency exchangersयो पनी पढौ:रोल्पाका विपन्न तथा गरिब २६ सय घरका खरको छानो जस्तामा परिणत हुने:चुनावी प्रतिबद्धता पुरा गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनमगर ‘अनन्त’
देशैभर थप कोरोनावाट ६ जनाको मृत्यु मृतकको संख्या ३१२ जना पुग्यो।
भोलिदेखि के खुल्छ? के खोल्न पाइदैन? जोर विजोर लागु हुने।
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar