नायक तथा मोडल पल शाह र गायक दुर्गेश थापा वागलुङ ढोरपाटन पहिरोमा परि विस्थापि परिवारलाइ सहयोग


नायक तथा मोडल पल शाह र गायक दुर्गेश थापा चामलको भारी बोक्दै बागलुङ हिँडेका छन्। बागलुङ ढोरपाटन नगरपालिका वडा नं ८ र ९ मा भदौ १७ गते पहिरोमा परी विस्थापित परिवारलाई सहयोग गर्न आफूहरू बागलुङ हिँडेको उनीहरू सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्। 

पाँच दिनअघि दुवैले आ-आफ्ना फेसबुक मार्फत् सहयोगका लागि अपिल समेत गरेका थिए। जम्मा भएको सहयोग संकलन गरी पल र दुर्गेश चामलको भारी बोक्दै मंगलबार बिहान बागलुङ हिँडेको दुवैले फेसबुक मार्फत जानकारी गराएका छन्।

‘बागलुङका बाढीपहिरो पीडितका लागि सिरक, डसना, नुन, तेल चामल सबै लोड भयो है,’ आबुखैरेनी पुगेको जानकारी दिँदै पलले मंगलबार दिउँसो फेसबुकमा लेखेका छन्, ‘अनि आज बिहानको खाना आबुखैरेनीको झरनाको तल।’

योसँगै उनले झरनामुनि बसेर कागजको प्लेटमा खाना खाइरहेको, चामल बोकिरहेको केही तस्बिर राखेका छन्।

पहिरो पीडितको घाउमा मल्हम लगाउन आफूहरूले सानो कदम चालेको बताउँदै दुर्गेशले पनि यात्रा अघि बढाएको फेसबुकमा लेखेका छन्।

‘पहिरो पीडितको सहयोगका लागि हामी हिँडिसकेका छौं,’ मंगलबार साँझ पाँच बजेतिर उनले फेसबुकमा लेखेका छन्, ‘उहाँहरूको पीडामा थोरै भए पनि मल्हम लगाउने प्रयास स्वरूप यो कदम चालेका हौं। यति बेला हामी यात्रा अघि बढाउँदै छौं।’

गत १७ गते राती बागलुङ भुजिखोलामा आएको पहिरोले २५ घर बगाएको थियो। ४१ जना बेपत्ता भएका थिए।

नायक तथा मोडल पल शाह पछिल्लो समय सामाजिक काममा सक्रिय देखिएका छन्। केही समयअघि पनि कालिकोट पहिरोमा परेकालाई सहयोग गर्न उनी घटनास्थलमा राहत लिएर पुगेका थिए।

फोटो:नायक तथा मोडल पल शाहको फेसवुकवाट साभार

तपाइलेDigital currency exchangers

यो पनी पढौ:वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar