मगरात भुमी(सुनछहरी)मा मगर पोशाक सम्बन्धी अन्तरसम्वाद तथा अभिमुखिकरण


रोल्पा । नेपाल मगर संघ सुनछहरि गाउँपालिकाको आयोजनामा मगर पोशाक सम्बन्धि अन्तरसम्बाद तथा अभिमुखिकरण कार्यक्रम शुक्रबार पोबाङमा सम्पन्न भएको छ ।
कार्यक्रममा आफ्नो धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि एवं सुनछहरि गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत वीर बहादुर पुनमगरले कुनै पनी समुदायको अस्तित्व बचाइराख्न आफ्नो पहिचान जोगाइराख्नु पर्ने,पहिचानको मुख्य अंश पोशाक रहेकाले पोशाकको प्रयोग र बचाउमा लाग्नु पर्नेे बताए ।
सँस्कति र सस्कार परम्परालाई बचाइराख्नका साथै पुस्ता हस्तान्तरणमा सहयोगका लागि पोशाकको प्रयोग अनिबार्य रहेको कार्यक्रमका बक्ता मगर अग्रज एवं सुनछहरि गाउँपालिकामा कार्यरत पशु चिकित्सक सुन बहादुर पुनमगरको भनाई रहेको छ ।
संघका सल्लाहकार एवं गाउँपालिकामा कार्यरत नायब सुब्बा दया बहादुर बुढामगरले पुर्खाै देखि चलिआएको चलन चल्तिलाई बचाइराख्नु अहिलेको पुस्ताको दायित्व रहेकोले पोशाक लगायत हाम्रा विविध सस्कृतिलाई बचाउन लागि पर्नुुपर्ने बिचार राखे।

यस्तै मगर संघ सुनछहरी गाउँपालिकाका अध्यक्ष रण बहादुर घर्तीमगरले संघको मुख्य उद्देश्य मगर जातिको पहिचान र सस्कार सँस्कृति जोगाउने रहेकोमा यस गाउँपालिकाका सम्पुर्ण मगर कर्मचारीहरुले संघको अभियानमा हातेमालो गर्ने अबसर प्रदान गरेकोमा सुनछहरी गाउँपालिकालाई विशेष धन्यवाद ज्ञापन प्रकत गरेका छन् ।
सुनछहरी गाउँपालिकाका सम्पुर्ण मगर कर्मचारीहरु प्रत्यक शुक्रबार मगर ड्रेस लगाएर कार्यालय जाने गरेका छन् । सरकारी कार्यालय मात्र नभई अन्य संघ संस्थाका कर्मचारी लगायत बजार बासीहरुलाई समेत यो अभियानमा संलग्न भई मगर संघको अभियानलाई सहयोग गर्न सचिव रेशम पुनमगरले आग्रह गरेका छन् ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:स्थायी समिति बैठकमा पेस भएको अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मत पारित
नेकपाको महाधिवेशन चैत २५देखी ३० सम्म काठमाण्डौमा, केन्द्रिय समिती बैठक कार्तिक१५-१७ बैठक वस्ने
राष्ट्रियतामा एकढिक्का,गतीशिल,विधि र पद्धति अनुसार अघि वढ्ने,निर्णयलाइ कार्यन्वयनमा लैजाने नेकपाको निर्णय
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar