पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध

वाडीपहिरो

काठमाण्डौ:पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरु सहित सम्पूर्ण नागरिकहरुमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुरोध गर्नुभएको छ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं.–७ घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिवार राति गएको पहिरोमा परी ३० जना स्थानीयवासी बेपत्ता भएको खबर सुन्दा अत्यन्त दुःख ब्यक्तगर्नुभयो।
शोकको यस घडीमा पहिरोमा परी निधन हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ।
साथै
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे, भीरखर्क र नेवारटोलमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । 

शोक वक्तव्य
सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं.–७ घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिवार राति गएको पहिरोमा परी ३० जना स्थानीयवासी बेपत्ता भएको खबर सुन्दा अत्यन्त दुःख लागेको छ ।
उक्त दुर्घटनामा ६ जनाको शव फेला परेको छ भने बाँकी २४ जना अझै हराइरहनुभएको छ । पहिरोले १५ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन् ।
यस दुःखद् क्षणमा पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरु सहित सम्पूर्ण नागरिकहरुमा अनुरोध गर्दछु ।
सिन्धुपाल्चोक जिल्लासहित देशका विभिन्न स्थानहरुमा विगत केही महिनादेखि पहिरोबाट निरन्तर रुपमा धनजनको क्षति भइरहेको छ ।
यस्ता पहिरो जाने सम्भावित स्थानहरुको पहिचान गरी त्यहाँ बसोबास गरिरहेका नागरिकहरुको स्थानान्तरण गरी वैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछु ।
शोकको यस घडीमा पहिरोमा परी निधन हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।

२८ भदौ, २०७७
……………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

तपाइलेDigital currency exchangers

यो पनी पढौ:वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar