संसद विघटन असंवैधानकि, अलोकतान्त्रिक र प्रतिगामी कदम विरुद्ध देशैभर प्रदर्शन,यी स्थानबाट यस्तो नारामा निस्किँदैछन् जुलुस


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूह १४ गते देशभर गरिने प्रदर्शनको तयारीमा जुटेको छ । १४ गते काठमाडौं उपत्यकामा ५० हजार मानिस उतार्ने सो प्रचण्ड-नेपाल पक्षको योजना छ ।

‘भ्यालीमा ५० हजार जनालाई प्रदर्शनमा उतार्ने लक्ष्य छ । त्यहीअनुसार विभिन्न बैठक, भेला, प्रशिक्षण लगायतका काम भइरहेका छन्,’ आन्दोलन परिचालन संयोजक एवम् नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

युवाहरुले १३ गते पनि काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछन् । १३ गतेको प्रदर्शन साँझ ५ बजे हुने छ ।

यी स्थानबाट निस्किँदैछन् जुलुस

१४ गते ११ बजे काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस सुरु हुने छ । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस सुरु हुने छ । यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र नेताहरुले सम्बोधन गर्ने युवा संघ अध्यक्ष सापकोटाले जानकारी दिए ।

सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड-माधव समूहले १४ गते देशव्यापी आन्दोलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

प्रदर्शनलाई सशक्त र व्यवस्थित बनाउने सन्दर्भमा शनिबार युवाहरुको र उपत्यका विशेष प्रदेश कमिटीको बैठक बसेको थियो । १४ गतेको प्रदर्शनलाई लक्षित गरेर आइतबार विद्यार्थीहरुको बैठक बस्न लागेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

बस्नेतले भने, ‘पार्टीको अहिले सम्पूर्ण ध्यान संसदको असंवैधानिक विघटनविरुद्ध १४ गते गर्ने प्रदर्शनको तयारीमा केन्द्रित छ । त्यसका लागि विभिन्न जनवर्गीय संगठन, मोर्चा, सम्पर्क मञ्च, प्रदेश कमिटी, जिल्ला कमिटीलगायतको बैठक बस्दै आएको छ । त्यहीअनुसार आज हामी विद्यार्थीहरु बस्दै छ ।’

कार्की ब्यांक्वेटमा दुई दिनसम्म बसेको नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार आज पुस १२ गते ७७ जिल्लाहरूको भेला तथा बैठक हुँदैछ । १४ गते ७७ वटै जिल्लामा आन्दोलन गर्ने, २० गतेभित्र नगर/गाउँपालिकासम्म बैठक, भेला गर्ने र २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने निर्णय सो समूहले गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-माधव दुवै समूहले आधिकारिक नेकपा आफूहरु रहेको दाबी गर्दै आएका छन् । संसद विघटनविरुद्ध परेका रिटहरुमा सर्वोच्चमा बहस चलिरहेको बेला नेकपाको आधिकारिकता विवाद टुंग्याउने तयारीमा निर्वाचन आयोग छ ।
देशैभर प्रदर्शन गर्ने नारा यस्तो छ।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar