‘असंवैधानिक कदम सच्याइए पार्टी एकता कायम राख्न सकिन्छ’


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै मंगलबार देशैभर प्रदर्शन गरेको छ । आन्दोलन परिचालन कमिटीको संयोजकसमेत रहेका नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले काठमाडौंसहित देशैभर विशाल प्रदर्शन भएको बताए ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको सो कदमलाई नेकपा दाहाल–नेपाल समूहले असंवैधानिक भन्दै विरोध गरेको छ । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका शीर्ष नेताहरूले प्रतिनिधिसभा विघटनको प्रस्ताव फिर्ता लिन आग्रह गर्दै आइरहेका छन् ।

काठमाडौंसहित देशैभर एकै दिन प्रदर्शन गरेको नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको प्रस्ताव प्रधानमन्त्री ओलीले फिर्ता नलिए थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रतिनिधिसभा विघटनसँगै सत्तारूढ नेकपा दुई समूहमा विभाजित भएको छ । एकले अर्को पक्षलाई कारबाही गर्दै आफू नै आधिकारिक रहेको दाबी गरिएको छ ।

दुवै समूहका नेताहरूले एक अर्काका विरुद्धमा गम्भीर आरोप लगाउँदै आलोचना एवं विरोध गरिरहेका छन् । मंगलबार दाहाल–नेपाल समूहको नेकपाले आयोजना गरेको प्रदर्शनपश्चात् आयोजित सभामा प्रधानमन्त्री ओलीको चर्को रूपमा आलोचना भएको छ ।

प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहित नेकपाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध प्रदर्शनलाई थप सशक्त बनाउँदै जाने स्थायी कमिटीका सदस्य योगेश भट्टराईले बताए ।

असंवैधानिक कदम सच्याइएमा पार्टी एकता कायम राख्न सकिन्छ: दाहाल
प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेकपाको एकता कायम राख्न प्रधानमन्त्री ओलीले असंवैधानिक कदम सच्याउनुपर्ने नेकपा अध्यक्ष दाहालले बताएका छन् ।

काठमाडौं भृकुटीमण्डपमा आयोजित सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी एकताकै पक्षमा आफूहरू रहेको बताउँदै उनले त्यसका लागि प्रधानमन्त्री ओलीले संसद् विघटनको प्रस्ताव फिर्ता लिनुपर्ने अडान राखेका छन् ।

‘अझै केही बिग्रेको छैन, प्रधानमन्त्रीले आफ्नो असंवैधानिक कदम फिर्ता लिएमा पार्टी एकता कायम राख्न सकिन्छ,’ दाहालले भने, ‘संसद् विघटनको प्रस्ताव फिर्ता लिए प्रधानमन्त्रीलाई साथ दिन आफू अझै तयार नै रहेको छु ।’

अहिले प्रधानमन्त्री ओलीले आफ्नो प्रस्ताव फिर्ता लिएमा पार्टी एकता कायम गर्दै सहकार्य गरेरै अगाडि बढ्न सक्ने उनले बताए । अब चुनाव भएर आउने प्रधानमन्त्रीले समेत यस्तै संसद् विघटन गर्न सक्ने बताउँदै उनले संविधानको कार्यान्वयन गर्न सुझाव दिए । सरकारले घोषणा गरेको वैशाखमा चुनाव नहुने भन्दै उनले ओलीको कदमले मुलुक धरापमा परेको बताए

यो पनि पढ्नुहोस  सभापति देउवालाई चीन भ्रमणको निम्तो

जनतालाई दुःख दिए : नेपाल
सोही सभालाई सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओली र पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुलना गर्दै दुवैले जनतालाई दुःख दिएको आरोप लगाएका छन् ।

‘ओलीजी, तपार्इं प्रधानमन्त्री भएर जनतालाई सुख कम दुःख बढी दिनुभयो,’ नेपालले भने, ‘प्रधानमन्त्री ओली र पूर्वराजा ज्ञानेन्द्रबीच कुनै भिन्नतै छैन । दुवैले जनतालाई दुःख दिए । अब यो सरकार धेरै दिन रहँदैन ।’

अहिलेको समयमा नेपाली जनता दास बन्न र प्रतिगमनको पक्षमा नरहेको बताउँदै उनले प्रतिनिधिसभा जसरी भए पनि पुनस्र्थापना हुने बताए । ससंद् विघटन असंवैधानिक कदम भएको बताउँदै उनले प्रधानमन्त्री ओलीमा लोकतान्त्रिक प्रवृत्ति नभएको टिप्पणी गरेका छन् ।

‘खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?’ 
नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बहुमत केन्द्रीय सदस्यहरू आफूहरूसँगै रहेकाले नेकपा, सूर्य चिह्न, झन्डालगायत आफूहरूसँगै रहने बताए । प्रधानमन्त्री भएपछि ओलीले आफ्नै प्रतिबद्धताअनुसार काम नगरेको उनले ओलीमाथि आरोप लगाए ।

‘ओलीले पार्टीलाई भ¥याङ मात्रै बनाउनुभयो । पार्टीका नीति बिर्सनुभयो । कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्याँस ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?’ खनालले भने, ‘वास्तवमा उहाँले तीन वर्ष त गफै गरेर बिताउनुभयो ।’

नेकपालाई भ¥याङ बनाएर ओली सत्तामा पुगेको बताउँदै उनले प्रधानमन्त्री भएकै दिनबाट पार्टी बिर्सिएको आरोप लगाए । पार्टी घोषणापत्रअनुसार सरकारले काम नगरेको भन्दै आक्रोश व्यक्त गर्दै उनले गफै गरेर देश नचल्ने बताए ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar