सबै निर्वाचन क्षेत्रमा विजयको झण्डा फहराउनुपर्छ।’ गृहमन्त्री रामबहादुर थापा’बादल’


गृहमन्त्री रामबहादुर थापा’बादल’ ले प्रचण्ड र माधवकुमार नेपालले पार्टीका अध्यक्षलाई हटाएर गुट चलाएकाले उनीहरूलाई स्वीकार गर्न नसकिएको बताएका छन्। 

गृह जिल्ला चितवनमा सोमबार ओली समूहले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले केपी ओली नेतृत्वको पार्टीमात्रै आधिकारिक नेकपा भएको बताए। 

अध्यक्षलाई आत्मसमर्पण गर्न धम्की सहितको आरोपपत्र बैठकमा पेश गरेपछि नेतृत्वले त्यसलाई स्वीकार गर्न नसकेक‍ो उनले बताए।

‘अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट आत्मसमर्पण गर्न धम्की आएपछि त्यसलाई स्वीकार्न सक्ने कुरा भएन,’ उनले भने, ‘नेतृत्वलाई आत्मसमर्पण गर्न बाध्य पारेर कस्तो पार्टी निर्माण गर्न खोज्दै छौं भन्ने कुरो हो।’ 

उनले प्रचण्ड-नेपाल समूह पार्टी फुटाउने लाइनमै सक्रिय रहँदै आएको आरोप लगाए। 

‘उनीहरूले खेलेको फुटवाद र विसर्जनवादविरूद्धमा हामी एक ढंगले लागिरहेका थियौं, एकता जोगाउने काममा लाग्दालाग्दै पनि सकिएन’, उनले भने, ‘अहिले पनि एकता जोगाउन सकिन्छ कि भनेर लागेकै छौं।’

बादलले प्रचण्ड जसरी पनि प्रधानमन्त्री हुने दिशामा लागेपछि संसद नै विघटन गर्नुपरेको बताए। 

‘संसद नै नरहेपछि त प्रधानमन्त्री बन्न अब चुनाव जितेर आउनुपर्‍यो,’ उनले भने, ‘जनताको माझमा गएर चुनाव जितेर प्रधाामन्त्री बन्नुहोला, कार्यकर्ताको मन जितेर महाधिवेशनबाट अध्यक्ष बन्नुहोला, शुभकामना छ तर यसै प्रधानमन्त्री बन्न पाइँदैन।’

उनले राज्यरूपान्तरण, राष्ट्रवाद, जनताको जनवाद लगायतका कार्यभार पूरा गर्नका लागि ओलीको नेतृत्व, नीति र विचार उपयुक्त रहेको दाबी गरे। 

‘तपाईंहरू अब चुनावको तयारीमा लाग्नुहोला’, कार्यकर्तालाई उनले भने, ‘सबै निर्वाचन क्षेत्रमा विजयको झण्डा फहराउनुपर्छ।’

ओली समूहले एक पार्टी प्यालेसमा जिल्ला स्तरीय कार्यकर्ता भेला गर्दैगर्दा सोही समयमा प्रचण्ड-नेपाल समूहले भरतपुर महानगर कमिटीको कार्यालयमा महानगर स्तरीय भेलाको आयोजना गरेको थियो। उक्त भेलालाई पार्टीका नेता योगेश भट्टराई र रामकुमारी झाँक्रीले सम्बोधन गरेका थिए।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar