मगर समुदायको महान राष्ट्रिय माैलिक तथा सांस्कृतिक पर्व माघे सकराति पर्व हर्सोउल्लासका साथ सामाजिक दुरीमा मनाए


काठमाडौँ गोंगबुमा अवस्थित मगर उत्थान समाजले माघे सकराती पर्व मनाएको छ । समाजले एक कार्यक्रम गरि मगरहरुको राष्ट्रिय पर्वको रुपमा रहेको माघे सकराती पर्व हर्सोउल्लासका साथ मनाएको हो ।

माघे सकरातीको अवसरमा समाजद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा समाजका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै वडाअध्यक्ष उत्तम अधिकारीले मगर जातिले देशको लागि महत्वपूर्ण योगदान गरेको स्मरण गरे । नेपालको पहिलो शहीद लखन थापा, मगर जातिकै भएबाट यो जातिले देशको परिवर्तनका खातिर गरेको योगदान स्पष्ट हुने उनको भनाई थियो।

कार्यक्रममा बेपत्ता छानबिन आयोगकी सदस्य सरिता थापा मगरले देशमा जनसंख्याको तेस्रो स्थान ओगट्ने मगरजाति लोक संस्कृतिको समेत धनी भएको बताईन् । कार्यक्रममा शुभकामना दिँदै मिलिजुली मगर समाजका अध्यक्ष सिताराम थापामगरले मगरहरुको महान पर्व माघे सकराती आफ्नो पुर्खाले छोडेर गएको नासो भएको बताए ।

माघे सकराती पर्वको अवसरमा आयोजित सो कार्यक्रममा वरिष्ठ अधिवक्ता गौबहादुर आलेमगर, संस्थाका संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार हिरामाया थापामगर लगायतको उपस्थिति रहेको थियो । शुभकामना आदानप्रदान पश्चात मगर कलाकारहरुद्वारा विभिन्न गीतहरु प्रस्तुत गरिएको थियो भने सहभागीहरुले समेत नाचेर गाएर रमाइलो गरेका थिए ।

कार्यक्रम समाजका अध्यक्ष चन्द्रबहादुर थापामगरको अध्यक्षतामा र सह–सचिव बुद्धिमाया पुनमगरको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थितहरुलाई स्वागत मन्तव्यद्वारा संस्थाका उपाध्यक्ष तारादेवी थापामगरले स्वागत गरेकी थिइन् ।

माघे पर्वको अवसरमा मगर समुदाय तथा सो संस्थालाई योगदान पुर्याउने र सो संस्थाका नयाँ साथै आजीवन सदस्यहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar