जरुरी पर्छ भने मर्न तयार छौं तर झुक्ने छैनौं: नेकपा अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)


काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले देशलाई प्रतिक्रान्तिको अँध्यारो, भड्खालोमा हालेको हेर्न नसकिने भन्दै आक्रमक र जुझारु ढंगले जाने गरी आन्दोलनका कार्यक्रम बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । 

दाहाल-नेपाल समूह निकट अनेरास्ववियू उपत्यकास्तरीय भेलालाई आइतबार राजधानीमा सम्बोधनका क्रममा दाहालले अन्तिम भरोषा जनतामाथि रहेकोले आक्रमक आन्दोलनको तयारीका लागि निर्देशन दिएका हुन् । उनले जनताले सडकबाटै ठूल्ठूला फैसलाहरु गरेको इतिहास स्मरण गराउँदै बरु मर्न तयार रहेको तर झुक्न नसकिने बताए ।

‘इतिहासको निर्माता जनता हो, अरु कोही होइनन् । जनताले सडकबाटै ठूल्ठूला फैसलाहरु गरेका छन् । जनताले सडक संघर्षबाट ठूल्ठूला तानाशाहहरुलाई गलहत्याएको छ । राजा-महाराजाहरुको श्रीपेजहरु निकालेर फुटबल खेलेको इतिहास छ । त्यसैले आक्रमक र जुझारु ढंगले जाने गरी कार्यक्रम बनाउनुस् । हामी नेतृत्व गर्न लास्टसम्मै तयार छौं,’ दाहालले भने, ‘देशलाई प्रतिक्रान्तिको भड्खालो, अँध्यारोमा हालेको हेर्न सकिँदैन, सकिन्न । हिजो पनि मर्न हिँडेका हौं जरुरी पर्छ भने मर्न तयार तर झुक्न तयार छैनौं’

उनले अगाडि भने, ‘संवैधानिक संस्थाप्रति हाम्रो अन्य केही गुनासो र अविश्वास छैन । गलत फैसला भयो भने के गर्ने त्यतिबेलै सोचौंला । तर हामीलाई सबभन्दा ठूलो भरोषा जनतामाथि छ ।’ केपी ओलीको अहंकार, दम्भ र निरंकुशताले नेपाली जनताको आश, आकांक्षालाई कुठाराघात गरेको दाहालको भनाइ थियो ।

यसअघि आइतबार नै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमामा दाहालले लामो राजनीतिक आन्दोलनबाट प्राप्त नयाँ संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरेर आफूहरु माथि आक्रमक हुनुपर्ने बाध्यता सिर्जना गरिदिएको बताएका थिए । उनले संविधानमाथि प्रहार हुँदा, सिंगो देश स्तब्ध भए पनि प्रधानमन्त्री ओली हाँस्दै हिँडेको टिप्पणी गरे । आफूहरुले भने कम्युनिष्ट आन्दोलनको एकताको प्रतिनिधित्व गर्न चाहेको अध्यक्ष दाहालले बताए । आफूहरु मार्क्सवादप्रति निष्ठावान हुँदै इमान्दार भएर अघि बढ्ने तथा आफूहरुको कम्युनिष्ट आदर्श तथा सिद्धान्तप्रति प्रतिबद्ध रहेको दाहालले प्रस्ट पारे ।

ओलीले भ्रष्टाचारीलाई संरक्षण गर्ने गरेको आरोप उनको छ । पार्टी एकता गर्दा समाजवादको पूर्वाधार निर्माण गर्नेतर्फ अघि बढ्ने भनिएको भएपनि प्रधानमन्त्री ओलीले सरकारको नीति, कार्यक्रम तथा बजेटको विषयमा कुनै कमिटीमा छलफल नगरी समाजवाद उन्मुख बजेट ल्याउन नसकेको बताए । दाहालले केपी ओली प्रवृत्तिविरुद्ध ‘मेजर अपरेसन’ आवश्यक रहेको धारणा राखेका थिए ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar