प्रचण्ड–माधव समूहलाई सच्चिने अन्तिम अवसर, गलत बाटोबाट नहिड्न चेतावनी: गृहमन्त्री रामबहादुर थापा मगर(वादल)


पोखरा । नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्‍याउन प्रचण्ड–माधव समूहलाई आग्रह गरेका छन् । उनले प्रचण्ड–माधव समूह सच्चिने यो अन्तिम अवसर भएकोसमेत बताए ।

पोखरामा सोमबार आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘अविश्वासको प्रस्तावलाई अगाडि बढाएर उहाँहरुले सरकारलाई अपदस्थ गर्न खोज्नु भएको छ । त्यसलाई गल्ती ठानेर, अविश्वासको प्रस्तावलाई विथड्रल गरेर पार्टीलाई फेरि एकताबद्ध गर्ने अवसर उहाँहरुलाई छ ।’

प्रचण्डको साथ छोडेर ओली समूहमा लागेका थापाले भने, ‘तपाईंहरुलाई सच्चिने यो अन्तिम अवसर पनि हो । तपाईंहरु सच्चिनुस् । तपाईंहरु गलत बाटोबाट हिँडिरहनु भएको छ ।’

गत भदौ २६ गते स्थायी कमिटी बैठकले पार्टी एकताको पक्षमा गरेको निर्णयमा फर्किन थापाले प्रचण्ड–माधव समूहलाई आग्रह गरे ।

‘पार्टी एकताको निम्ति भाद्र २६ गतेको स्थायी कमिटीको बैठकले जुन निर्णय गरेको छ, एकताको पक्षमा, रुपान्तरणको पक्षमा, समृद्धिको पक्षमा आत्मआलोचनासहित भाद्र २६ गतेको त्यो निर्णयलाई तपाईंहरुले कार्यान्वयन गर्नुस् र पार्टीलाई फेरि एकताबद्ध गराउन योगदान गर्नुस्,’ थापाले भने ।

उनले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाबाट देश अस्थीरतामा धकेलिएको जिकीरसमेत गरे ।

‘यो देशको स्थायीत्वको पक्षमा अदालतको निर्णय भएको छैन । यो निर्णयले देशलाई अस्थीरतामा धकेलेको छ । यो अस्थीरता त हामीले देखिसक्यौं,’ थापाले भने ।

अदालतको फैसलाले अवसरवादीहरुलाई सच्चिने मौका दिएकोसमेत उनले बताए । आफ्ना गल्तीहरुलाई स्वीकार गरेर फेरि पार्टीमा एकताबद्ध हुने अवसर आएको उनको भनाइ छ ।

अब संघर्ष अदालत र सडकबाट संसदमा प्रवेश गरेको भन्दै उनले संसदमा आफूहरु नै विजयी हुने जिकिरसमेत गरे । ‘यो नयाँ मोर्चामा हामीले विजय प्राप्त गर्ने छौं, हामीले विजय प्राप्त गर्नैपर्छ,’ उनले भने ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar