विनयजंगमाथि अनुसन्धान सकेर प्रहरीले बुझायो प्रतिवेदन, ५ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना माग


बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत माथिअनुसन्धान सकेर प्रहरीले बुझायो प्रतिवेदन, पाँच वर्षसम्म कैद र एक लाखसम्म जरिवाना माग गरेको छ।
प्रहरीले अनुसन्धान सकाएर मंगलबार रायसहितको प्रतिवेदन काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए।

बस्नेतलाई प्रहरीले फागुन ४ गते गोंगबुको नयाँबसपार्कबाट पक्राउ गरेको थियो।बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्बिर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो।बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्बिरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामग्री सार्वजनिक गर्ने धम्की दिएका थिए।

प्रहरीले बस्नेतमाथि अभद्र व्यवहार र विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान गरेको थियो। दुबै मुद्दा अन्तर्गत सजायको मागदाबी गरेको एसपी बस्नेतले बताए।

नेपाल मगर संघ केन्द्रीय समिति तथा अन्तर्राष्ट्रिय मगर महासंघ अध्यक्ष एवम् नेपाल आदिवासी जनजाति महासंघको प्रवक्ता नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रिय सदस्य जुजारु युवा नेता नविन रोका मगर बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई सल्लाह सुझाव

बस्नेतलाई विद्युतीय ऐन अन्तर्गत एक लाखसम्म जरिवाना र पाँच वर्षसम्म जरिवाना वा दुबै सजायको मागदाबी र अभद्र व्यवहारमा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवानाको मागदाबी गरिएको एसपी बस्नेतले बताए।

प्रहरीले सुरूमा बस्नेतमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढाएको थियो।अनुसन्धानकै क्रममा परिसरले विनयजंग बस्नेतको फोन इलेक्ट्रोनिक फोरेन्सिक ल्याबमा पठाएको थियो। ल्याबबाट आएको रिपोर्ट अनुसार उनले दिएको अभिव्यक्ति अनुसार प्रमाणहरू भेटिएपछि उनीमाथि विद्युतीय ऐन अन्तर्गत अनुसन्धान अघि बढाएको थियो।  

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। त्यही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन्।  

सपनाले अहिले आफ्नै नामको संस्था पनि दर्ता गराइसकेकी छन्। जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट उनले सपनाको चाहना: समृद्ध नेपाल संस्था दर्ता गरेकी छन्।उनले सो संस्था माघ १९ गते दर्ता गराएकी थिइन्।साथै नेपाल मगर संघले बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेतलाइ कानुन सम्म कार्वाहीको माग गरेको थियो।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ । तापइहरुको सल्लाह सुझाव पठाउन नभुल्नुहोला।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar