प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीसँग गुटको मानसिकता रहेको दोहोर्‍याएकोले ओली प्रवृत्तिको भण्डाफोर गर्न माधव नेपालको निर्देशन


नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले केपी ओलीको प्रवृत्तिको विरूद्धमा उभिन कार्यकर्तालाई निर्देशन दिएका छन्।

दुई दिने कार्यकर्ता भेलाको समापनमा बोल्दै वरिष्ठ नेता नेपालले ओली प्रवृत्तिसँग नडराउन र नझुक्न समेत निर्देशन दिए।

‘पार्टीमा धेरै भ्रम सिर्जना गरिएको छ। कार्यकर्ता लडाउन भिडाउने काम हुनसक्छ त्यसैले तपाईँहरू सबै हिसाबले तयार रहनूहोला,’ उनले भने, ‘आन्दोलनमा लागेका नेताहरू जो कम्युनिस्ट आन्दोलनप्रति कटिबद्ध हुनुहुन्छ ती नेताहरू आज एकताको पक्षमा छन्। केपी ओलिको गलत प्रवृत्तिविरुद्ध हामी सबै साथमा छौं भनेर समेत साथीहरुले भन्नुभएको छ।’

उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीसँग गुटको मानसिकता रहेको दोहोर्‍याए।

‘उहाँमा वैचारिक विचलन र संगठन ध्वस्त गर्ने र आन्दोलन नै सखाप पार्ने मनस्थिति देखिएको छ। अब हामीमाझ वैचारिक रूपमा नै अगाडि बढ्नुपर्ने अवस्था आइपुगेको छ,’ उनले भने, ‘पदाधिकारी, स्थायी कमिटी र पोलिट्ब्युरोमा हामी ओली भन्दा बहुमतमा छौं। केन्द्रीय कमिटीमा पनि हामी बहुमतमै पुग्छौ होला केही तलमाथि होला। उहाँसित कमिटीको सामना गर्ने आँट नै छैन।’

आफूहरू कमजोर नरहेको भन्दै उनले हामीले ओलीसामू नवौं महाधिवेशनको दस्तावेजमा आउन शर्त मात्रै राखेको बताए।

२०७१ देखि २०७५ को वैशाख र पार्टी एकीकरण हुँदाको अवस्थामा ओलीले के-के गरेको कामको समिक्षा गरेर अगाडि बढ्ने उनको भनाई छ।

‘एकता गर्दा मनपरी मानिस नियुक्त गर्नुभयो। प्रधानमन्त्री भएको दिनदेखि उहाँले राज्यका निकायलाई आफ्नो मातहतमा ल्याउने काम गर्नुभयो। एकल रूपमा शासन गर्ने काम भयो,’ उनले भने, ‘ओलीले आफ्नो निवासमा धाउने अवस्था ल्याउनुभयो। मन फुकाएर म कहिले गएको होइन। केपी ओलीलाई दुनियाँ घुम्न हुने तर बालुवाटार भन्दा बाहिर गएर पार्टीको बैठक कार्यक्रममा सहभागी हुन नखोज्ने प्रवृत्ति देखियो।’

नेपालले आफ्नो पक्षले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने र फागुन २८ को निर्णय फिर्ता हुनुपर्ने बटमलाइन प्रस्तुत गरे। उनले फागुन २८ गते ओलीले आफू पक्षका केन्द्रीय कमिटी सदस्यहरूको भेला गरी थप गरिएका केन्द्रीय सदस्य र फेरिएका इन्चार्ज मान्न तयार नभएको उनले स्पष्ट पारे।

उनले ओलीलाई सम्झाउन र सुधार्न धेरै काम गरिएकोसमेत दाबी गरे।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar