गृहमन्त्री रामबहादुर थापा मगर’वादल’को चाँजोपाँजो र सुरुवाती पहलमा पुर्व लडाकुलाइ सरकारले ‘लोकतान्त्रीक योद्धा सम्मान


काठमाडौँ — सरकारले २०४६ को जनआन्दोलन र त्यसपछिका विभिन्न समयमा भएका शान्तिपूर्ण र सशस्त्र आन्दोलनमा सहभागीलाई ‘लोकतान्त्रिक योद्धा’ बाट सम्मान गर्ने भएको छ ।

‘अग्रगामी लोकतान्त्रिक परिवर्तन’ का लागि भएका सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने सहिद तथा बेपत्ता व्यक्तिका परिवार, द्वन्द्वपीडित, विस्थापित, अंगभंग भएका व्यक्ति, घाइते तथा पीडितलाई सम्मान गर्न लागिएको हो ।

खासगरी १० वर्षे सशस्त्र द्वन्द्वमा संलग्न भई समायोजनमा नपरेका र अयोग्य पूर्वलडाकुलाई केन्द्रित गरेर सम्मान दिन लागिएको हो, जसको चाँजोपाँजो र सुरुवाती पहल गृहमन्त्री रामबहादुर थापा मगर’वादल’ले गरेका थिए । त्यसपछि लोकतन्त्रका योद्धा सम्मानसम्बन्धी काम गर्न चैत पहिलो साता मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा केन्द्रमा र प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने गरी ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति २०७७’ गठन गरेको थियो ।

जिल्ला समितिले जिल्ला प्रशासन कार्यालयमा सचिवालय स्थापना गरेर विवरण संकलनको काम गरिरहेको छ । विवरण संकलन गरी चैत २० भित्र पठाइसक्न गृहले ‘गोप्य पत्र’ मार्फत परिपत्र गरेको थियो तर विवरण अद्यावधिक र छुटपुटलाई समावेश गर्ने काम नसकिएकाले काममा केही ढिलाइ भएको एक प्रजिअले बताए । विवरणलाई अन्तिम रूप दिएर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइने छ । सम्भवतः यसबारे नेपाली नयाँ वर्ष २०७८ वैशाख १ वा लोकतन्त्र दिवसमा निर्णय हुन सक्ने गृहका अधिकारीले जानकारी दिए ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले २०४६ पछिका विभिन्न राजनीतिक र लोकतन्त्रका लागि सहभागी हुँदा ज्यान गुमाएका, अंगभंग, विस्थापित, सशस्त्र द्वन्द्वका लडाकुलगायतको विवरण अद्यावधिक भइरहेको बताए । यसबाट राज्यलाई आर्थिक भारसमेत थपिनेछ । २०७७ माघ १५ मा गृह मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालमा सहिदको संख्या १२ हजार २ सय ३० छ । त्यसपछि पनि केही व्यक्तिलाई सहिद घोषणा गरिएको छ । त्यसमध्ये ९ हजारभन्दा बढीका परिवारलाई सरकारले १० लाख रुपैयाँका दरले राहत दिइसकेको छ ।

गृहका अनुसार ७ सय ५५ जनाले सरकारबाट मासिक जीवन निर्बाह भत्ता लिइरहेका छन् । ज्यान गुमाएका व्यक्तिको हकमा परिवार र अरू प्रत्यक्ष पीडित/विस्थापितलाई प्रमाणपत्र, परिचयपत्र, दोसल्ला ओढाएर सम्मान र सम्भव भएसम्म आर्थिक सहयोगसमेत दिने गरी अभिलेख अद्यावधिक गर्न लागिएको छ । १० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा सहभागी भएर पछि सेना समायोजन प्रक्रियाबाट स्वैच्छिक अवकाश रोजेका, अयोग्य र बाल छापामारलाई पनि लोकतान्त्रिक योद्धाको सम्मान दिने सरकारको तयारी छ । द्वन्द्वका क्रममा विस्थापित भएका, सरकारी पक्षबाट जनधन गुमाएका तर यसअघिको विवरणमा छुटेकालाई यस पटक समावेश गर्न लागिएको छ ।

चैत २० सम्म विवरण पठाइसक्नुपर्ने भनिएकामा थुप्रै जिल्लाबाट आइनसकेको गृह मन्त्रालयले जनाएको छ । अभिलेख तयार पार्दा २०६२/६३ पछि गठन गरिएका स्थानीय शान्ति समितिहरूले तयार पारेको विवरण, २०६२/६३ को जनआन्दोलनका सहिद तथा घाइतेका बारेमा अभिलेख तयार गर्न गठित समितिको प्रतिवेदन, २०४६ को जनआन्दोलनपछि गठित राजनीतिक पीडित समितिले तयार गरेका प्रतिवेदनलाई आधार बनाउने, यसक्रममा छुट भएका व्यक्तिको हकमा पुष्टि गर्ने यथेष्ट प्रमाणका आधारमा थप गर्न सकिने भनिएको छ । अर्थ मन्त्रालयका पूर्वसचिव कृष्णहरि बाँस्कोटाले राज्यले कसैलाई विशेष पहिचानसहित परिचयपत्र दिनेबित्तिकै त्यसबाट स्वतः सरकारको ढुकुटीमा आर्थिक दायित्व थपिने बताए । अझ राज्यको सुविधा पाउने सुइँको पाएपछि भए/नभएका सबैले त्यसमा दाबी गर्ने र सबै राजनीतिक दलले तलबाटै सेटिङमा आफ्ना मानिसलाई यस सुविधामा समावेश गराउने प्रवृत्तिको विकास भएको उनको भनाइ छ ।

जनआन्दोलन २०६२/६३ पछि गठित सरकारले आन्दोलनका क्रममा भएको जनधनको क्षति संकलन, राहत, पुनःस्थापना, विस्थापितलगायतको अभिलेख संकलन गर्दा माओवादी द्वन्द्वबाट विस्थापित परिवारको अभिलेख पनि संकलन कार्य अघि बढ्यो । त्यसबेला उमेश मैनाली गृहसचिव थिए । उनले ७५ वटै जिल्ला प्रशासनको सहयोगमा माओवादीबाट विस्थापितको विवरण संकलन गरी तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा बुझाए । शान्तिमन्त्री कांग्रेस नेता रामचन्द्र पौडेल थिए । यसरी विस्थापित भएकालाई शान्ति कोषबाट प्रतिपरिवार ५० हजारभन्दा बढी दिने भनियो । आर्थिक सहायता आउने भनेपछि यो संख्या बढेर विस्थापित घरधुरीको संख्या करिब १ लाख २५ हजार पुग्यो । ‘सुरुमा विवरण संकलन गर्दा खास विस्थापित घरधुरी ६ हजार हाराहारीमा थिए, गृह, अर्थ र शान्ति मन्त्रालयमा यस विषयमा निकै बहस र छलफलपछि विस्थापितलाई राहत दिने कुरा भएको थियो,’ त्यस बखत अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख रहेका बाँस्कोटाले भने, ‘विगतमा भए/नभएका संख्या बढाएर ढुकुटीको दोहन भएकोबारे सरकार बेलैमा सजक र सतर्क हुन आवश्यक छ ।’
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar