नेकपा (एमाले) बागमती प्रदेशले १३ वटै जिल्लामा पार्टी सचिव तोक्यो, पार्टी अनुशासन उल्लघंन गर्नेलाई कारवाहीको तयारी


नेपाल कम्युनिष्ट पार्टी (एमाले)को वागमती प्रदेश संगठन कमिटीको सातौं बैठक प्रदेश इन्चार्ज एवं गृह मन्त्री क.रामबहादुर थापा मगर‘बादल’को प्रमुख आतिथ्यतामा, कमिटीका अध्यक्ष क. आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा प्रदेश कार्यालय च्यासल, ललितपुरमा बसी महत्वपूर्ण निर्णयहरु गरेको छ ।

गतहप्ता नेकपा एमाले प्रदेश संगठन कमिटीले गरेका महत्वपूर्ण निर्णयहरु अन्तर पार्टी निर्देशन (अपानी ९) मार्फत मातहत कमिटीहरुमा कार्यान्वयनका लागि निर्देशन दिएको छ ।

पार्टी प्रदेश संगठन कमिटीद्धारा गरिएका महत्वपूर्ण निर्णयहरु :

१ ) नेकपा (एमाले) बागमती प्रदेश अधिवेशन आयोजक कमिटी अध्यक्ष आनन्द प्रसाद पोखरेल र सचिव खेमप्रसाद लोहनी सहित ३२९ सदस्य कमिटी सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।

२ ) संक्रमणकालिन परिस्थितिमा जिल्लाहरुको वर्तमान संगठनिक अवस्थालाई मध्यनजर गर्दै,

तीन वा तीन भन्दा बढि प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा बनाइने जिल्ला अधिवेशन आयोजक कमिटी बढिमा ६०१ जना सदस्यसम्म रहनेछन् ।दुई निर्वाचन क्षेत्र भएका जिल्लामा बनाइने अधिवेशन आयोजक कमिटीमा बढिमा ५०१ सदस्यसम्म रहनेछन् ।एकमात्र निर्वाचन क्षेत्र रहेका जिल्ला अधिवेशन आयोजक कमिटीमा बढिमा ४५१ जना सदस्यसम्म रहनेछन् ।एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुको हकमा निर्वाचन क्षेत्र समन्वय कमिटीमा पदेन सदस्य बाहेक २० प्रतिशत सदस्य जिल्ला कमिटीले मनोनीत गर्नेछ ।प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीमा पदेन सदस्य बाहेक १० प्रतिशत सदस्य जिल्ला कमिटीले मनेनीत गर्नेछ ।महानगरपालिका कमिटीको हकमा अधिवेशन आयोजक कमिटीमा बढिमा २५१ जना सदस्यसम्म रहनेछन् ।उप–महानगरपालिकाको हकमा अधिवेशन आयोजक कमिटीमा बढिमा १८५ जना सदस्यसम्म रहनेछन्नगरपालिकाको हकमा अधिवेशन आयोजक कमिटीमा बढिमा १६१ जना सदस्यसम्म रहनेछन् ।गाउँपालिकाको हकमा अधिवेशन आयोजक कमिटीमा बढिमा १५१ जना सदस्यसम्म रहनेछन् ।महानगरपालिकाका वडाको हकमा अधिवेशन आयोजक कमिटीमा बढिमा ७५ जना सदस्यसम्म रहनेछन् ।उप–महानगरपालिकाका वडाको हकमा अधिवेशन आयोजक कमिटीमा बढिमा ६१ जना सदस्यसम्म रहनेछन् ।नगरपालिकाका वडाहरुकोे हकमा अधिवेशन आयोजक कमिटीमा बढिमा ५१ जना सदस्यसम्म रहनेछन् ।गाउँपालिका वडाहरुमा वडाकोे हकमा अधिवेशन आयोजक कमिटीमा बढिमा ४१ जना सदस्यसम्म रहनेछन् ।

३) जिल्ला कमिटी पुनर्गठन अपानी ९ र पार्टी विधानको धार ३४ अनुसार “निर्वाचित कमिटीको अवधि समाप्त भएको अवस्थामा माथिल्लो कमिटीले मनोनयन गर्नसक्ने” प्रावधान अनुसार बैठकले १३ वटै जिल्लाका अध्यक्ष र सचिव मनोनयन गरेको छ । जसले जिल्ला अधिवेशन आयोजक कमिटीलाई पूर्णता दिई कमिटीका सदस्यहरुको नामावली २०७८ बैशाख ६ गते भित्र प्रदेश कार्यालयमा अनुमोदनको लागि पठाई सक्नुपर्नेछ ।

जिल्ला अधिवेशन आयोजक कमिटीका अध्यक्ष र सचिव :

काठमाडौं अध्यक्ष : कृष्ण राई
सचिव :दीपक निरौला
भक्तपुर अध्यक्ष : बचन देउजा
सचिव : बासुदेव थापा
ललितपुर अध्यक्ष : हरिकृष्ण ब्यञ्जनकार
सचिव : पुरुषोत्तम आचार्य
काभ्रेपलान्चोक अध्यक्ष : अशोक वेञ्जु
सचिव : नारायण पाण्डे
सिन्धुपाल्चोक अध्यक्ष : बालकृष्ण देउजा
सचिव : चन्द्रबहादुर धिमालकोटी
दोलखा अध्यक्ष : ईश्वरचन्द्र पोखरेल
सचिव : नरबहादुर श्रेष्ठ
रामेछाप अध्यक्ष : आनन्द श्रेष्ठ
सचिव : पुरुषोत्तम कंडरिया
सिन्धुली अध्यक्ष : प्रदीप कट्वाल
सचिव : शान्तीमान कार्की
मकवनपुर अध्यक्ष : एकलाल श्रेष्ठ
सचिव : लालबहादुर थापा मगर
चितवान अध्यक्ष : पार्वती रावल
सचिव : प्रकाश खनाल ‘सैलेश‘
धादिङ अध्यक्ष : भूमी त्रिपाठी
सचिव : अर्जुन कुमार श्रेष्ठ
नुवाकोट अध्यक्ष : बद्री मैनाली
सचिव : काशिराज अधिकारी
रसुवा अध्यक्ष : कन्र्याल लामा
सचिव : जनार्दन ढकाल

४) आगामी बैशाख २० गते भित्र निम्नानुसार सबै जिल्ला अधिवेशन आयोजक कमिटीका बैठक सम्पन्न गर्ने :

१. ललितपुर- ४ बैशाख
२. रसुवा ९ बैशाख
३. चितवन १० बैशाख
४. मकवानपुर ११ बैशाख
५. सिन्धुली १२ बैशाख
६. रामेछाप १३ बैशाख
७. दोलखा १४ बैशाख
८. धादिङ १५ बैशाख
९. भक्तपुर १६ बैशाख
१०. नुवाकोट १७ बैशाख
११. काठमाडौं १९ बैशाख

५) ११९ वटै पालिकाहरुमा २०७८ बैशाख २५ गते बाट एक महिने अभियान चलाउने :

२०७८ बैशाख २५ गते बागमती प्रदेशका ११९ वटै पालिकाहरुले पालिका स्तरीय वृहत भेला आयोजना गर्ने निर्णय गरेको छ । उक्त भेलाले कमिटी गठन, पूनर्गठन र बैठक गर्ने छ । बैठकले पालिका कमिटीलाई पालिका अधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्नेछ । कार्यविभाजन, वडा कमिटीहरु पूनर्गठन, सदस्यता नविकारण, नयाँ सदस्यताको फर्म भर्ने, निर्वाचित जनप्रतिनिधिहरु बीच अन्तरक्रिया राखी भावी कार्ययोजाना बनाउने र विकास निमार्णको अनुगमन गर्ने, जनसंगठन परिचालन गर्ने गरी एक महिने कार्ययोजना बनाई २५ जेठ २०७८ सम्ममा सम्पन्न गर्ने ।

६) जिल्ला समन्वय तथा पालिका प्रतिनिधिहरुलाई निर्देशन :

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सूर्य चिन्हबाट निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीको नीति, सिद्धन्त र निर्वाचन घोषणा–पत्रमा उल्लेखित नीति–कार्यक्रम तथा प्रतिबद्धताहरुलाई कार्यान्वयन गर्ने अन्तिम अवसरको रुपमा बाँकि अवधीको अधिकतम् प्रयोग गर्न र दृढतापूर्वक पार्टीको पक्षमा उभिन निर्देश गरिएको छ ।

७) पार्टी सदस्यता नविकरण र अधिवेशनका सम्बन्धमा :

सदस्यता नविकरणका सम्बन्धमा अन्तरपार्टी निर्देशन ९ मार्फत केन्द्रीय कमिटीको निर्देशन अनुसार २०७७ फागुन देखि २०७८ असारसम्मको सदस्यता शुल्क र लेवी लिई असार मसान्तसम्म नविकरण गर्ने काम सम्पन्न गरि सक्नुपर्नेछ । साउन १५ गते भित्र नविकृत सदस्यहरुको विवरण सहितको अध्यावधिक नामावली र तोकिएको सदस्यता शुल्क तथा लेवी प्रदेश कार्यालयमा पठाई सक्नुपर्नेछ । भाद्र मसान्त भित्र सबैस्तरका पार्टी कमिटीहरुको अधिवेशन सम्पन्न गरि सक्नुपर्नेछ ।

८) २०७८ भाद्र मसान्तसम्ममा पार्टीका सबैस्तरका कार्यकारी कमिटीले आ–अफ्ना अधिवेशनहरु सम्पन्न गरिसक्नुपर्नेछ ।

९) पार्टी अनुशासनको पालना :

नेकपा(एमाले) कै नाममा नेकपा(एमाले)लाई विभाजन र विसर्जन गर्न संगठन बिरोधी कामहरु भईरहेका छन् । बिधि र विधान उलंघन भएका छन् । अहिले पार्टी सुदृढीकरणाको विशेष अवस्था भएकोले पार्टी बिरोधी गतिबिधि तत्काल नियन्त्रण गर्न जरुरी छ । त्यसको लागि प्रत्येक कमिटीहरुले मातहतका गुटगत गतिबिधि रोक्नका लागि योजनावद्ध कामको थालनी गर्नुपर्ने छ । विधानत कारवाही गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । त्यसैले आउँदा दिनमा हुने अनुशासनहिन गतिबिधिलाई रोक्न र कारवाही गर्न प्रदेश पदाधिकारीहरुलाई अधिकार प्रत्यायोजन गरिएको छ ।

१०) पार्टी काममा फर्किन आहवान :

पार्टी विरोधी गतिविधिमा सङ्लग्न प्रदेशका समस्त नेता कार्यकर्ताहरूलाई आफूबाट विगतमा भएका गल्ती कमजोरी प्रति आत्मालोचित हुँदै बेलैमा पार्टीमा फर्किएर सक्रिय हुन बैठकले बिशेष आह्वान गरेको छ ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar