दलाल पुजीवादी सत्ताकाे असफताले समाजवादी सत्ता प्राप्त गर्ने परिस्थिति बनिरहेकाे छ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव


नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली जनताले आखिरी साससम्म जनताको जनतन्त्र र समाजवादका निम्ति लड्नु पर्ने बताउनु भएको छ । आज विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको १५२ औँ जन्मदिनका अवसरमा सबै नागरिकमा शुभकामना सन्देश दिदै सो कुरा व्यक्त गर्नु भएको हाे । लेनिनको १५२ औँ जन्मदिन तथा ७३ औँ पार्टी स्थापना दिवसका अवसरमा आज प्रेस वक्तव्य जारी गर्दै नेपाली जनताको मुक्ति एवम् स्वाधीनताको चाहनालाई नेतृत्व दिने संस्थापक महासचिव पुष्पलालसहित चारजना संस्थापकप्रति उच्च सम्मानसमेत व्यक्त समेत गर्नु भएको छ ।
वक्तव्यमा भनिएको छ, ‘पार्टी स्थापना दिवस एवम् महान् नेता लेनिनको १५२ औँ जन्मदिन हो । सर्वप्रथम हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी पार्टी स्थापना दिवस एवम् लेनिन दिवसको सुखद अवसरमा सबै नागरिकहरूमा सगर्व शुभकामना व्यक्त गर्दछ । साथै कम्युनिस्ट पार्टी स्थापना गरेर नेपाली जनताको मुक्ति एवम् स्वाधीनताको चाहनालाई नेतृत्व दिने संस्थापक महासचिव कमरेड पुष्पलालसहित चारजना संस्थापक कमरेडहरूप्रति उच्च सम्मान व्यक्त गर्दछ ।’
पार्टी स्थापना दिवसका अवसरमा कम्युनिस्ट आन्दोलनलाई यो शिखरसम्म पुर्याउन आफ्नो जीवन बलिदान गर्ने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै महासचिव विप्लवले बेपत्ता तथा घाइते योद्धाहरूप्रति उच्च सम्मान र स्मरण गर्नु भएको छ । साथै गौरवशाली कम्युनिस्ट आन्दोलनमा सङ्गठित भएर वा साथ–सहयोग गरेर अग्रगामी भूमिका पूरा गर्ने आमपार्टीपङ्क्ति र जनसमुदायमा धन्यवाद प्रकट गर्न भएको छ।

वर्तमान दलाल पुँजीवादी सत्ताको सङ्कट एवम् असफलताले वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने असाधारण परिस्थिति तयार भएको भन्दै उहाँले ‘कमरेड पुष्पलालले पार्टी स्थापनाका क्रममा नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्रमा पार्टीको उद्देश्य उल्लेख गर्दै लेख्नुभएको छ, ‘वर्तमान सामन्तवादी प्रथा र नेपालमा फैलिएको साम्राज्यवादी तथा पुँजीवादी शोषणको जुवालार्ई सफाचट गर्ने बाटो हो,अतः नेपाली जनताले आखिरी साससम्म जनताको जनतन्त्र र समाजवादका निम्ति लड्नु पर्दछ ।’ आज नेपाली जनता सामन्तवादलाई समाप्त गर्न सफल भएका छन् तर सत्ता जनताको हातमा आएको छैन, दलाल पुँजीवादी वर्र्गको हातमा छ । तर दलाल पुँजीवादी सत्ताको सङ्कट एवम् असफलताले यो सत्तालाई परिवर्तन गर्न र वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने असाधारण परिस्थिति तयार भएको छ ।’ “मुद्दाहरू खारेज भइसकेका छैनन् । कैयौँ तत्वहरूले यो सहमतिलाई बिथोलेर वा असफल पारेर धमिलो पानीमा माछा मार्न चाहेको पनि देखिँदैछ । यस्तो बेला सहमतिलाई इमानदारीपूर्वक छिटोभन्दा छिटो लागू गर्ने जिम्मा हामीमाथि छ । आशा छ हामी ३ बुँदेलाई लागू गर्दै देशका राजनीतिक, आर्थिक, सांस्कृतिक, राष्ट्रियताका विषयमा गहन विमर्श गर्न र उचित निकास निकाल्न सफल हुनेछौँ ।’

संसदीय व्यवस्थाको स्थानमा जनताको वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्ने दिशामा निर्भीकतापूर्वक अगाडि बढ्न विशेष अपिल गर्दै विप्लवले वक्तव्यको अन्त्यमा भनेका छन्, ‘देशलाई युगान्तकारी निकास चाहिएको यो परिस्थितिमा हामी सबै वामपन्थी, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी एवम् कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध हुन र यो संसदीय व्यवस्थाको स्थानमा जनताको चाहनालाई प्रतिनिधित्व गर्नसक्ने वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्ने दिशामा निर्भीकतापूर्वक अगाडि बढ्न विशेष अपिल गर्दछौँ ।”
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar