चिनियाँ कम्युनिष्ट पार्टीले आजबाट सय वर्ष पूरा गरेको छ। सत्तारूढ पार्टीले सय वर्ष पार गरेको उपलक्ष्यमा बिहीबार बिहान चीनको राजधानी बेइजिङस्थित तियामेन स्क्वायरमा भव्य कार्यक्रम आयोजना गरिएको छ।
उक्त कार्यक्रममा पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष सम्बोधन गरेका छन्।
सम्बोधनका क्रममा उनले चीनलाई होच्याउने युगको सधैँका लागि अन्त्य भइसकेको बताएका छन्।
‘चिनियाँहरू पुराना कुराहरूलाई ध्वस्त पार्न मात्र होइन नयाँ संसार बनाउन पनि सिपालु छन्,’ सीले भने,‘समाजवादले मात्र चीनलाई जोगाउन सक्छ।’
सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो बैठक सांघाईमा भएको थियो। उक्त बैठक ठ्याक्कै कहिले भएको थियो भन्ने एकिन छैन। पछि माओ त्से तुङले जुलाई १ मा उक्त बैठक भएको बताएका थिए। सोही आधारमा जुलाई १ लाई चिनियाँ कम्युनिष्ट पार्टी स्थापना दिवसको रूपमा मनाइन्छ।
सशस्त्र युद्ध गरेको चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९४९ मा राजधानी बेइजिङमा जित हासिल गरेको थियो। सोही वर्ष अक्टोबर १ मा माओले चीनलाई जनवादी गणतन्त्र घोषणा गरेका थिए।
त्यसयता चिनियाँ कम्युनिष्ट पार्टी लगातार सत्तामा छ। तमाम उतार-चढावका बीच पछिल्लो समय चीन शक्ति राष्ट्रका रूपमा उदाएको छ। संसारकै सबैभन्दा बढी जनसंख्या भएको चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ।
चिनियाँ कम्युनिष्ट पार्टीमा ९ करोड ५२ लाख पार्टी सदस्य छन्। त्यो भनेको चीनको जनसंख्याको ६.७ प्रतिशत हो।
सुरूमा किसान र मजदुरको पार्टीका रूपमा स्थापित भएको पार्टीमा सन् १९८२ देखि विश्वविद्यालयका विद्यार्थी र सन् २००२ देखि निजी उद्यमीलाई पनि सदस्यता दिन थालिएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीमा महिलाको सदस्यता संख्या २८.८ प्रतिशतमात्र छ भने पार्टीका सबै शीर्ष सात नेता पुरुष छन्।
चिनियाँ कम्युनिष्ट पार्टी संसारकै दोस्रो ठूलो राजनीतिक पार्टी हो। सदस्यका हिसाब सबैभन्दा ठूलो राजनीतिक दल भारतीय जनता पार्टी हो। उसका १८ करोड पार्टी सदस्य छन्।
तपाइलेDigital currency exchangers
यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
•यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
•केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
•केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
•संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
•“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
•प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
•नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
•यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
•प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
•गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
•ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
•हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
•आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
•गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
•प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
•एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
•आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
•प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
•प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
•वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
•गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।
मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।