नेपाल राजनीतिमा प्रतिगमन भएको छ, दक्षिणपन्थीहरु छिट्टै हार्नेछन् :नेकपा एमाले वरिष्ठनेता रामवहादुर थापा मगर(बादल


काठमाडौं । नेकपा एमालेको बागमति प्रदेश इन्चार्ज तथा स्थायी कमिटि सदस्य वरिष्ठनेता रामवहादुर थापा मगर(बादल)ले देशमा अहिले राजनीतिक प्रतिगमन भएको र त्यसमा दक्षिणपन्थीहरु लागेपनि यो धेरै समय नटिक्ने वताएका छन् । उनले दक्षिणपन्थीहरुले कम्युनिष्ट आन्दोलनको मूलधार रहेको एमालेलाई राज्यको राजकीय सत्तावाट केही समय विमुख बनाउन सफल भएपनि त्यो धेरै समय नटिक्ने वताएका हुन।

नेकपा एमाले काठमाडौं जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गदै नेता बादलले दक्षिणपन्थीहरुको विरुद्ध वैचारिक राजनीतिक संर्घषलाई तिव्र बनाएर संर्घषलाई सदन र सडकवाट अगाडी बढाउँदै लग्दा राजकीय सत्तामा एमालेलाई छिट्टै स्थापित गर्न सफल हुने विश्वास ब्यक्त गरे ।

‘राजनीतिक मोर्चामा प्रतिगामी दक्षिणपन्थीहरु सफल भएका छन् । त्यो अस्थायी हो । उनीहरुको यो अवस्था धेरै दिन टिक्ने छैन । दक्षिणपन्थीहरुको विरुद्ध वैचारिक राजनीतिक संर्घषलाई तिव्र बनाएर संर्घषलाई सदन र सडकवाट अगाडी बढाउदै राजकीय सत्तामा एमालेलाई स्थापित गर्न सफल हुनेछौं,’ वादलले भने ।

एमालेको अहिलेको रुप २००६ सालको नेकपा र ०७५ को नेकपाकै विकसित रुप

बादलले अहिलेको एमाले भनेको २००६ सालको नेकपा र २०७५ जेठ ३ मा दुई कम्युनिष्ट पार्टी वीच एकता भएको नेकपाको विकसित रुप भएको बताए । उनले एमाले केन्द्रीय समिति बैठकले अहिले त्यही संश्लेषण गरेको र त्यो सही भएको भन्दै यसलाई नेपालको कम्युनिष्ट आन्दोलनको मूलप्रवाहको धाराका रुपमा वुझनु पर्ने बताए ।

नेकपा बनेदेखि पार्टीभित्र पुँजीवादी दक्षिणपन्थी धारा र समाजवादी धारका वीचमा अन्तरसंर्घष चलेको र दक्षिणपन्थी विर्सजनवादी धारा अहिले पार्टीबाट अलग भएको र समाजवादी धाराले दक्षिणपन्थी धारालाई विजय प्राप्त गर्न सफल भएको बादलको भनाई थियो । राजनीतिक सत्तामा कम्युनिष्ट पार्टीलाई राजनीतिक षडायन्त्रवाट परमादेशको आदेशको भरमा विमुख बनाएपनि यो राजनीतिक प्रतिक्रान्तिलाइ एमालेले संगठीत भएर परास्त गरि छोडने उनले वताए ।

मदन भण्डारीको हत्या राजनीतिक कारण

नेता बादलले मदन भण्डारी र जीवराज आश्रितको राजनीतिक कारणले हत्या नै भएको जिकिर गरेका छन् । उनले भने,-‘मदन आश्रितको हत्या २०५० सालमा किन भयो ? त्यसको पछाडी राजनीतिक कारण छन् । इतिहास हेर्दा राजनीतिक विचार, जुन कार्यक्रम मदन भण्डारीले जवजको नाममा अगाडी सार्नुभयो, त्यो राजतन्त्रको विरुद्धमा थियो, गणतन्त्रको पक्षमा थियो । साम्राज्यवादको विरुद्धमा थियो । राजालाई आफ्नो श्रीपेज फुकालेर राजनीतिक प्रतिस्पर्धामा आउन गरेको भाषण चर्चित नै छ । यसले पनि देखाउँछ ०५० सालमै मदन आश्रितको हत्या किन भयो हेर्नुपर्छ,’ नेता रामवहादुर थापा (बादल)ले भने ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar