पुन मगरलाई मगर समाजबाट छुटाउने दुराशय भइरहेकोमा आपत्ति,घृणा र भत्सर्ना :मगर संघले कठोर कदम चालिने


काठमाडौं:केही दलाल वा कुनै बेला कुनै पनि कारणले पुन मगर जातको आवरण लिएका केही नक्कली पुन मगर बनेका जासुसीहरुको गलत प्रचार र मगर जाति फुटाउने भ्रममा आम मगर जनहरुलाई नपर्न नेपाल मगर संघको तर्फबाट जानकारी गराउनुभएको छ।

 नेपाल मगर संघले पुन मगरलाई मगर समाजबाट छुटाउने दुराशय भइरहेको भन्दै आपत्ति मात्र नजनाएर मगर संघले कठोर कदम चालिने भएको छ। 

संघका तर्फबाट अध्यक्ष नवीन रोका मगर र महासचिव ज्ञानेन्द्र पुन मगरले शुक्रबार एक विज्ञप्ति जारी गरेर पुन समाजका नामबाट २०७८ सालको जनगणनामा मगरभित्रकै एक थर पुनलाई पुन जाति र मगर मातृभाषालाई पुन भाषा भनेर लेख्न गरिएको आह्वानप्रति भर्त्सना व्यक्त गरेका छन्।

‘मगर जाति एउटा गौरवपूर्ण इतिहास बोकेको आकाशझैं फैलिएको विशाल आदिवासी मानव जाति हो। यसका सातवटा मुल थर पुन, आले, घर्ती, बुढा, राना, थापा र रोका हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘मगर जाति भित्रका यी थरहरुले आआफ्नो कुल पितृ पूजाआजा र भाइखलकको कल्याण गर्ने पवित्र उद्देश्यले खोलेका विभिन्न मगर थरका समाज खोलिएका मध्ये पुन समाज नेपालको नामवाट मिति २०७८ भदौ ३१ गते जारी गरिएको अपिलमा पुन मगरलाई मगर समाजदेखि छुटाउने दुराशयले पुन जाति र मातृभाषालाई पुन भाषा भनेर उल्लेख गरेर २०७८ सालको जनगणनामा सोहीअनुसार लेख्ने भनेर आव्हान गरेकोमा नेपाल मगर संघको गंभीर आपत्ति मात्रै नभएर घृणा सहितको भर्त्सना गर्दछ।’

मगर जाति र समाजको विकास र अधिकार दिलाउने नाममा मगर जाति र समाज विभाजन गर्न मगर समाजभित्रका कुनै पनि मगर संघसंस्था स्थापना गर्ने र चलाउने छुट वा सुविधा हरबखत कसैलाई नभएको पनि विज्ञप्तिमा उल्लेख छ।

विगतमा कुनै पनि कारणले सिर्जना भएका समस्यालाई हल गर्न अहिले नेपाल मगर संघको केन्द्रीय समिति, संरक्षक समिति र सल्लाहकार समितिमा पुन समाज नेपाल र पुन मगर समाज नेपाल दुईवटा संस्थाबाट प्रतिनिधि राखेर काम गरेको पाँच वर्ष भइसकेको तर आज फेरि मगर जातिभित्रको विभिन्न मौलिक थरहरूमध्ये पुन थरलाई जात र मगर मातृभाषालाई पुन भाषा भन्ने भनेर पैसाका लागि मगर एकता फुटाउने प्रयास भइरहेको बताइएको छ।

‘केही दलाल वा कुनै बेला कुनै पनि कारणले पुन मगर जातको आवरण लिएका केही नक्कली पुन मगर बनेका जासुसीहरुको गलत प्रचार र मगर जाति फुटाउने भ्रममा आम मगर जनहरुलाई नपर्न नेपाल मगर संघको तर्फबाट जानकारी गराउँछौं,’ विज्ञप्तिमा उल्लेख छ।

मानवशास्त्रीय र समाजशास्त्रीय दृष्टिले पनि विश्वाव्यापी रुपमा कुनै पनि जातिको थर उपथरबाट कुनै अमूूक जाति नबन्ने र थरअनुसार भाषा पनि बन्न नसक्ने मगर संघको भनाइ छ।

‘यदि केही दलालका भनाइ साबिति हुने हो भने संसारमा पुन भाषा कहाँ बोलिन्छ, कस्तो हुन्छ र त्यसको व्याकरणीय भाषाविज्ञान कस्तो हुन्छ भन्ने पुष्टिसहित प्रोजेक्सन गर्न आग्रह गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जसको सामना गर्न तयार छौं होइन भने सोझासाझा मगरलाई भ्रममा पारेर तरंगित पारेर मगर समाजलाई विभाजन गरेर आफ्नो अभिष्ट पूूरा गर्ने चाहने गलत काम बन्द गरियोस्।’

पुन समाज नेपालको नाममा मगर जातिलाई आँच आउने र विभाजन गर्ने कार्य गरे कठोर कदम चालिने र जसवाट निस्कने कुनै पनि परिणामको जिम्मेवारी विभाजनका लागि सहयोग गर्ने जुनसुकै पक्ष हुने विज्ञप्तिमा बताइएको छ। मगर संघ केन्द्रीय समितिको आधिकारिक धारणाबाहेक कसैको बहकाउमा नलाग्न आम मगरलाई अनुरोधसमेत गरिएको छ। 

मगर संघले आगामी जनगणनामा जातिमा मगर, मातृभाषामा  मगर ढुट वा मगर खाम÷पाङ वा मगर काइके तथा धर्ममा प्रकृति पूजक वा बुद्ध लेख्न आम मगर समुदायमा अपिल पनि गरेको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar