अनिलको पहलमा मगर संसारद्वारा अपांग कालूलाई घर हस्तांतरण,गरीब परिवारमा खुसि नै खुसी


मगर संसारको आजसम्म ८३ औ सहयोग सम्पन

मगर संसारको संस्थापक अध्यक्ष अनिल लामिछाने मगरको बिशेष पहलमा संसार(Magar Sansar) Photo Gallery द्वारा एडमिनहरूको सक्रियतामा आर्थिक संकलन गरि नवलपुर जिल्ला देवचुली -१७ निवासी बिपन्न/अपांग गणेश दर्लामीमगर (कालु)को पुनःनिर्मित – कालु निवास हस्तांतरण गरेकोछ।


झराही बृक्षा रोपण सामुदायिक बन उपभोक्ता समितिको अनुमतिमा मिति २०७८ असोज ३ गते संविधान दिवसको दिन पारी मगर संसार ग्रुप/पेजले एक कार्यक्रम गरी पुनःनिर्मित घर एक औपचारिक कार्यक्रम गरी सम्पन्न गरेकोछ।
घर हस्तांतरण मगर संसारका एडमिनहरूले सामूहिक रुपमा रिबन काटेर,घरको ढोकामा पूजा गरी आमंत्रित अतिथि ज्यूहरूको हातबाट ब्यानर फुकाली घरको औपचारिक रुपमा उटघाटन गरेको थियो र घरको चापि कालुको हातमा हस्तांतरण गरेको थियो।

कार्यक्रम संचालन देवचुलीका समाजसेवी खुम सारू मगर र एडमिनबाट प्रिया र अजिसाले गर्नु भएको थियो भने कार्यक्रमको सभाध्यक्ष मुख्य अभियन्ता अनिल लामिछाने मगर बिदेश रहेकाले एडमिन शान्ति राना मगरले गर्नु भएको थियो।
कार्यक्रममा उपस्थित सम्पूर्ण आमन्त्रित अतिथिज्यूहरुले पालो पालो सुभकामना मंतव्य राख्नु भएको थियो।
त्यसै गरी घरको रेखदेख गर्नुहुने सोभा मगर र चित्र मगरले घरको सम्पूर्ण जनकारि दिनु भएको थियो।

नेपालमा रहेका नजिकका मगर संसारका नौ जना एडमिनहरुको उपस्थित रहेको थियो।जसमा
एडमिनहरु:-

-शान्ति राना मगर
-अमीर मगर
-बिष्नु ढेंगा मगर
-प्रिया राना मगर
-अजिसा मगर(निर्मला)
-नबिना पुनमगर
-जानकी मगर
-प्रदीप घर्ती मगर
-नीरु मास्की राना मगर

#लगायत आमंत्रित अतिथिहरु:-
✅नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष इन्द्र ब.फाल मगर
✅नेपाल मगर संघ देवचुली नगर समितिका अध्यक्ष टुकलाल रुचाल मगर
✅झराही बृक्षा रोपण सामुदायिक बन उपभोक्ता समूह देवचुली 17 का अध्यक्ष शिवलाल सापकोटा
✅मगर संघ देवचुली नगर समितिका उपाध्यक्ष झबिन्द्र मास्की राना मगर
✅देवचुली १७ का वार्ड सदस्य तथा नगर पालिका कार्य सदस्य नव कुमारी गौतम
✅रहजर बौद्ध बिहार गुम्बा अध्यक्ष गंगा रोका मगर
✅गौरीपुर मगर समाज अध्यक्ष मोहन वाचे मगर
✅गौरीपुर टोल बिकास संस्था अध्यक्ष मना सि.वाचे मगर

✅ एडमिनको साथमा जानु हुने नेपाल मगर संघ रूपनदेहीका निबर्तमान सह सचिव सामाजिक व्यक्तित्व बिनोद थापा मगर
पत्रकार/मीडिया कर्मीहरु
*देवदह f.m का समाचार दाता :गोबिन्द घर्ती मगर
*gurasonline. com का सम्बादक :निर्मल एसपी मगर
*news nepal का :नीरू गौतम
लगायत अन्य मीडियाकर्मीहरूको उपस्थित

*घर निर्माणमा रेखदेखको जिम्मेवारी पाउनु भएका शोभा लुंगेली मगर र चित्र मगर
साथै स्थानीय बासीहरूको उपस्थित रहेको थियो।

✅ कालु परिवारले पाएका सामग्रीहरु:-

*पुनः निर्मित परिपक्क निवास दुई रूम,एक किचन,टोइलेट,बाथरूम,प्लास्टर गरी रंगरोकन गरिएको (नया घर)
*हुईलचियर 1 थान
*एउटा जिबिको पार्जनको लागि बलियो कुख़ुराको दुई तले खोर र लोकल कुख़ुरा(एक भाले र दुई पोथी) र दाना
*घरको लागि दुई सीलिंग फेन
* बिजुली बत्ती
*बिस्तारा/बेड(३),दराज(१),तन्ना(३),सिरानी(४),सिरक(३),टेबल(१),कुरची(४),सिरक खोल,पर्दा,झूल,म्याद,किचन रेक(१),भाड़ाकूड़ाका सम्पूर्ण सामग्रीहरु,आवस्यक खाद्यान्न सम्पूर्ण सामाग्रीहरु, लगायत अन्य समानहरु:-
………
टोटल सहयोग रकम:- रू.८,४९,७५०/-
जम्मा सम्पूर्ण खर्च: रू.६,४४,७१६ /-

जम्मा बचत :- रू.२,०५,०३४/-
(दुई लाख पाँच हजार चौतीस रुपिया मात्र)

(बचत रकम कालुको बाबाको उपचार गर्ने, बिजुली र पानीको बिलको लागि डिपोजिट गरिदिने र बाकी रकम बैंकमा जम्मा गर्ने)
——–
सहयोग अभियानको बेला सहयोग पठाउनु हुने सम्पूर्ण मनकारी लाफाहरुमा हार्दिक आभार ब्यक्त गर्दछौ।

संस्थापक/अध्यक्ष:-अनिल लामिछाने मगर(देवदह, रूपन्देही)

एडमिनहरु:-
– मन मास्की रानामगर(पोखरा)
– शान्ति राना मगर(स्याङ्जा)
– मोनीका मगर्नी(पोखरा)
– प्रिया राना मगर(नवलपरासी )
– दिलु मगरनी(पाल्पा, रामपुर )
– पृथीछक बुढा मगर(पूर्व रुकुम)
– पवित्रा थापा मगर(पोखरा)
– युगेश पांमी मगर(धरान)
– राजेन्द्र राना मगर(सिन्धुपाल्चोक)
– बिष्णु ढेगा मगर(नवलपुर)
– अमीर मगर(रूपन्देखी, देवदह)
– टूगा राना मगर(पाल्पा)
– नबिना पुन मगर(रूपन्देही,देवदह)
– रमेश बुढा मगर(रोल्पा)
– प्रकाश मगर(रामेछाप)
– बिस्वास मगर(तनहूँ)
– एजिशा मगर्नी(नवलपरासी)
– प्रदीप घर्ती मगर(दाङ)
– जानकी मगर(बुटवल)
– नीरू मास्की राना मगर(स्याङ्जा)
– रन्जना थापा मगर(तनहूँ)
मगर संसार(Magar Sansar) Photo Gallery
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar