लकडाउन सहजीकरण गर्न मन्त्री परिषद्को बैठकमा छलफल जारी

लकडाउन सहजीकरण गर्न मन्त्री परिषद्को बैठकमा छलफल जारी

काठमाडौं । लकडाउन सहजीकरण गर्न मन्त्रिपरिषद बैठकमा छलफल जारी छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा लकडाउन सहजीकरण गर्नेबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाकारी दिए ।

विनियोजित विधेयक २०७७ माथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा संसदमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपषिद् बैठकले लकडाउन खुकुलो पार्ने र जनजीवन सामान्य अवस्थामा फर्काउन महत्त्वपूर्ण निर्णय गर्ने बताएका थिए।

साथै उनले कोरोना परीक्षण गर्न निजी क्षेत्रका अस्पताललाई दिने विषयको निर्णय पनि मन्त्रिपरिषद् बैठकले गर्ने जनाकारी दिएका थिए । थुप्रै कुराहरुलाई समयक्रम अनुसार सहजीकरण गर्ने भन्दै कतिपय पार्टी या विज्ञहरुले दिएको सुझावका आधारमा सरकार अघि बढ्ने उनको भनाइ थियो ।

लकडाउनको मोडालिटी परिवर्तनबारे कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति बैठकले र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तीन फरक मोडालिटी मन्त्रिपरिषद्‍लाई सिफारिस गरेको छ । तीन फरक मोडालिटीमा ६ चरणमा लकडाउ खुकुलो बनाउँदै जाने, संक्रमणको आधारमा क्षेत्रहरुलाई रंगमा विभाजित गर्ने र सुरक्षा पद्धति अप्नाउँदै खुला गर्ने तथा आवश्यकता अनुसार लकडाउनलाई खुकुलो बनाउँदै जाने भनिएको छ ।

उक्त मोडालिटी अनुसार असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र दैनिक कामलाई सहज बनाउनको लागि लकडाउनलाई खुकुलो बनाउनेबारे आजको बैठकले निर्णय लिने देखिन्छ ।

यो पनी पढौ:रौतहटमा कोरोना थप १३५ जना, कुल संक्रमितको संख्या ४८६ पुग्यो
नेपालमा थप कोरोना २७९ जना, कुल संक्रमितको संख्या ४,३६४ जना पुग्यो। (तथ्यांकसहित)
मगर भाषीक रचना वाचन प्रतियोगिताको उपाधि नवलपरासी र ओखलढुंगाको कब्जामा
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar