उत्तर कोरियाका नेता कोम आँधी प्रभावित क्षेत्रमा एकतावद्ध हुन आह्वान


एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने घटनास्थलको भ्रमण गरेपछि उनले पीडितहरुलाई सहयोगका लागि १२ हजार कामदार पठाउने प्रतिबद्धता पनि जनाएका छन् । उनीहरुलाई त्यस क्षेत्रको पुनर्निर्माणका लागि पठाउने नेता किमले प्रतिबद्धता जनाउनुभएको उत्तर कोरियाको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले आइतबार जनाएको छ ।   

घटनास्थलको अवलोनक भ्रमण गर्न उत्तर कोरियाली केही उच्च पदस्थ पदाधिकारीहरु यस पहिले नै त्यहाँ पुगी आँधी प्रभावित क्षेत्रको अवलोकन गरिसकेका समाचारमा उल्लेख गरिएको छ ।  उनले स्थानीय बासिन्दालाई सङ्कट विरुद्ध लड्न तथा त्यसको सामना गर्नका लागि एकताबद्ध हुन पनि आह्वान गरेका छन् ।

आँधीसँगै कोरोनाभाइरसको महामारीसँग पनि लड्नुपर्ने भएकाले एकताबद्ध हुन अत्यावश्यक रहेको उनको भनाइ छ । उनले केही दिन अगाडि पनि आँधी र कोरोनाभाइरसविरुद्ध लड्न सवै एकताबद्ध हुनुपर्ने र तयारी अवस्थामा रहनुपर्ने बताएका थिए ।

कोरियाली केन्द्रीय समाचार केन्द्रले सम्प्रेषण गरेको समाचार अनुसार सर्वोच्च नेता किमले शनिबार घटनास्थल हाँङयोङ प्रान्तको भ्रमण गरेका हुन् । सो ठाउँमा गत हप्ता ठूलो आँधी आएको थियो । आँधीका कारण एक हजारभन्दा बढी घरहरु नष्ट भएको जनाइएको छ । सरकारी अधिकारीहरुले आँधीमा परेर अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण भने प्राप्त नभएको सर्वोच्च नेता उनलाई जानकारी दिएका छन् । 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar