संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा


काठमाडौँ – संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै चार राजनीतिक दलका महिला संगठनहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै अखिल नेपाल महिला संघ (अनेम), समाजवादी महिला संघ, अखिल नेपाल महिला संघ र साझा विवेकशील महिलाले बिरोधका संयुक्त कार्यक्रम घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीको कदमले मुलुक संवैधानिक संकटमा परेको भन्दै उनीहरुले संयुक्त आन्दोलनका कार्यक्रम अघि सारेको उल्लेख गरेका छन् । घोषित कार्यक्रमहरुमा नेपाल बार एशोसियसनका पदाधिकारीहरुसंग अन्तरक्रिया र छलफल गर्ने, संविधानविद्दहरुसंग छलफल गर्ने, संघीय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउने र देशव्यापी रुपमा जनप्रदर्शन गर्ने जनाइएको छ ।
‘भर्खरै मुलुकमा उत्पन्न संवैधानिक संकटका सन्दर्भमा हामी निम्न महिला संघहरुको गम्भीर ध्यानाकर्षण भएको र हामीले संयुक्त रुपमा छलफल गरि हाम्रो साझा धारणा प्रष्ट पारेका छौं’, पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ ।
महिला संगठनहरुले प्रधानमन्त्री र राष्ट्रपतिको अलोकतान्त्रिक र असंवैधानिक कदमले मुलुक अनिश्चिततातर्फ धकेलिएको भन्दै यसलाई व्यक्तिवादी, अधिनायकवादी, निरङ्कुश, गैरजिम्मेवार र नालायकीपनको उदाहरण भनेको छ । देश कोरोना कहर र आर्थिक संकटकाबीच गुज्रिरहेकाले सरकारले गरेको चुनावी घोषणाले देशको आर्थिक अवस्था अझ धराशायी बन्ने उनीहरुको निष्कर्ष छ ।
संसद विघटनले जनमतको अपमान गर्नुका साथै नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई कुठाराघात गरेको उनीहरुको ठहर छ । ‘प्रतिनिधि सभाको कथित बिघटनले स्थिर सरकारका लागि दिइएको नेपाली जनताको जनमतको घोर अपमान मात्र भएको छैन आम जनताको बलिदानीपूर्ण संघर्षद्वारा प्राप्त उपलब्धिलाई संस्थागत गर्नुको सट्टा प्रतिगामी शक्तिहरु सल्बलाउने ढोका खुलेको छ’, विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्रीले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै महिला संगठनहरुले यसलाई संविधान माथिको कू भनेको छ । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरि जननिर्वाचित संस्था विघटन गर्नु असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी, र निरंकुश कार्य भएकाले संविधानको रक्षार्थ आमजनतालाई आन्दोलित हुन् उनीहरुले आग्रह गरेका छन् ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar