म ओली पक्षमा होइन, स्थिरताको पक्षमा उभिएको हुँः माननिय गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’


काठमाडौं। माननिय गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले स्थायित्वका लागि प्रतिनिधि सभा विघटन आवश्यक रहेको बताएका छन्। मंगलबार ललितपुरमा आयोजित अखिल नेपाल खेलकुद महासंघले ललितपुरमा आयोजना गरेको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा थापाले अस्थिरता पैदा हुने अवस्था आएकै कारण प्रतिनिधि सभा विघटन गरिएको बताए। उनले अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री हटाउने प्रयास गरेर अस्थिरता सिर्जना गर्न खोजिएको आरोपसमेत लगाए।
सरकारलाई काम गर्न अवरोध गर्न खोजिँदा संसद विघटन गर्न बाध्य हुनुपरेको उनको भनाइ छ। ‘प्रतिनिधि सभा राजनीतिलाई अस्तिरतातर्फ धकेल्ने संयन्त्रमा बदलियो। त्यसकारण यसको औचित्य सकियो,’ उनले भने, ‘संविधानले राजनीतिक व्यवस्थालाई स्थायित्व प्रदान गर्छ। अस्तिरता पैदा भएको हुनाले संसद विगटन गर्न जरुरी थियो। नयाँ संसदको स्थापना गरौं। आजको सही राजनीतिक कदम हुन्छ। मध्यावधि निर्वाचनमा जाने अग्रगामी कदम हो।’
थापाले क्रान्तिकारी विचार नीति र त्यसको कार्यान्वयन, एकताको पक्ष नै अहिले सही बिचार भएको तर्क गरे। ‘जुन सदनमा नेकपाको दुई तिहाइको मत थियो। त्यसलाई विभाजित गरेर प्रधानमन्त्रीलाई अपदस्त गर्ने नीति वा कदम सही थियो वा गलत ?’ उनले भने, ‘यो प्रश्नको जवाफ हामीले दिनुपर्ने भएको छ। हामी परिवर्तन चाहान्छौं। समाजवादी समाजको निर्माण गर्न चाहान्छौ भने यो प्रश्नको ठीक जवाफ दिन जरुरी छ। तपाईँ बीचमा बस्न सक्नुहुन्न।’
प्रचण्ड नेपाल पक्षलाई गुटको संज्ञा दिँदै उनले अगाडि भने, ‘हामी पार्टीको पक्षमा उभिने कि गुटको पक्षमा उभिने ? नेकपा फुट्नु र फुटाउनु ठिक थियो त ? नेकपा फुटाएर देशको विकास सम्भव छ ? नेकपा संसदीय दललाई विभाजन गरेर र नेकपाको नेतृत्वलाई अपदस्त गरेर सरकारको प्रधानमन्त्रीलाई हटाएर के देशमा राजनीतिक स्थायित्व कायम हुन्छ ? देश विकासको दिशामा अघि बढ्न सक्छ ? यो प्रश्न हाम्रो अगाडि उभिएको छ। स्थिरताको पक्षमा उभिने कि अस्थिरताको पक्षमा उभिने ?’
अध्यक्षलाई कारवाही गर्दा प्रतिगामीले फाइदा लिने उनको भनाई थियो। ‘एकथरीले अध्यक्षलाई कारवाही गर्ने नीति लिए, त्यो सही हो त ? त्यसले एकता कायम राख्छ त ? त्यसको फाइदा प्रतिकामीले लिन्छ,’ उनले भने, ‘अर्को प्रश्‍न प्रमलाई बीचमा अविश्वासको प्रस्ताव ल्याउनु आवश्यक हो ? यसले देशलाई कता लैजान्छ ? यो कदम सही वा गलत ? संसद विगटन पश्चगामी हो कि अग्रगामी यो अवस्थामा ? औचित्य सकियो संसदको।’
नेपाली जनक्रान्तीका नायक, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा नेपाल सरकारको माननीय गृहमन्त्री राम बहादुर थापा मगर क.(बादल) को प्रमुख आतिथ्यता, विशिष्ट अतिथि युवा तथा खेलकुद मन्त्री माननीय दावा तामाङ, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का नेतृ तथा नेता, खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्वहरु र विभिन्न जिल्लाबाट प्रतिनिधी मुलक सहभागी खेलाडी तथा युवाहरुको हजारौं संख्याको सहभागीतामा अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम ललितपुरको तिखेदेवलको यालाखिम रेस्टुरेन्ट तथा भेन्युमा सम्पन्न भएको छ । उक्त भेला बाट काली बहादुर घर्ती मगर को संयोजकत्वमा ९९ सदस्यीय केन्द्रिय समिति घोषणा भएको छ ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar