थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । बेवारिसे शव जलाएर चर्चामा आएकी युवती सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनयजंग बस्नेतविरुद्ध साइबर अपराधको मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ ।
विद्युतीय माध्यमको प्रयोगबाट सपनाको गोप्य तस्वीर राखेको पाइएपछि बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका एक अनुसन्धान अधिकृतका अनुसार विनयजंगको मोबाइलमा सपनाको केही गोप्य तस्वीरहरु भेटिएका छन् । यद्यपि, त्यो तस्वीर कसरी आयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । त्यसका लागि प्रहरीले विनयको मोबाइल प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पनि पठाएको छ ।
काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले भने घटनाबारे अनुसन्धान जारी रहेको उल्लेख गर्दै तस्वीरबारे बताएनन् । यद्यपि, साइबर अपराधमा मुद्दा अघि बढाइएको उनले स्वीकारे । भन्छन्, ‘बिहीबार साइबर अपराध सम्बन्धी कसुरमा कारबाहीका लागि ५ दिन म्याद थप गरिएको छ ।’ जिल्ला अदालत, काठमाडौंले कार्कीविरुद्ध अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
यसअघि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भएको थियो । बीबीसीले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले बस्नेतविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । त्यही जाहेरीका आधारमा प्रहरीले काठमाडौंको गोंगबुस्थित बसपार्कबाट उनलाई ४ फागुनमा पक्राउ गरेको थियो ।
बस्नेतले केही युट्युब च्यालनमा अन्तर्वार्ता दिँदै ‘मेरो मोबाइलमा सपनामा नग्न तस्वीरहरू छन्, सार्वजनिक गरिदिऊँ’ भन्दै धम्की दिएका थिए । बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए र, काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्थे ।नेपाल मगर संघ लगायत बिभिन्न सामाजिक अभियन्ताहरु सपना रपका मगरला सहयोग गरेका छन्।
तर सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुबीचको सम्बन्धमा फाटो आएको थियो । सपनाले अहिले आफ्नै अगुवाइमा छुट्टै संस्था समेत दर्ता गरेकी छन् ।
किन हुन्छ साइबर क्राइम?
सामाजिक सञ्चालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर रमाउनेको जमात बढ्दो छ । हिजोआज सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्नेहरूको जमात उत्तिकै सक्रिय छ ।
नेपालमा दुई वटा सामाजिक सञ्जाल चल्तीमा छन्, फेसबुक र ट्वीटर । यिनकै माध्यमबाट मानिसहरूले मनमा लागेको कुरालाई नधकाई अभिव्यक्त गर्छन् र त्यसको परिणाम खोज्छन्। सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको पहुँच विस्तार भएको छ । सहज पहुँचका कारण आम मानिस यसमा अभ्यस्त भइसकेका छन् ।
सरकारी कार्यालयले पनि आफ्नो आधिकारिक फेसबुक र ट्वीटरका साइटहरू सञ्चालनमा ल्याएका छन् । कार्यालयको आधिकारिक साइटमा आवश्यक जानकारीहरू राख्न त्यसबाट सहज सूचना प्राप्त गर्न सजिलो भएको छ । कार्यालयसँग सम्बन्धित कतिपय गुनासाहरू पनि समाधान भएको पाइन्छ । जसले समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराएको छ भने सूचनाको भरपर्दो माध्यम पनि बनेको छ । यस्ता सामाजिक सञ्जाल सूचनामूलक सन्देश प्रवाह गर्ने भरपर्दो माध्यम बनेका छन् । खासगरी यसले युवा पुस्तालाई नराम्रोसँग झुक्याएको छ । फेसबुक र ट्वीटरबिना उनीहरू पानीबिनाको माछाजस्तै छट्पटिने अवस्था छ । सामाजिक सञ्जालमा पोस्ट हुने सकारात्मक, नकारात्मक सन्देश हेर्ने, आफ्नो धारणा अभिव्यक्त गर्ने उनीहरूको दिनचर्या नै बनिसकेको छ । यसबाट अलग्गिएर बस्नु कतिपयको हकमा कल्पनाभन्दा बाहिरको विषय बनिसकेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले यसलाई सन्देशमूलक बनाउनेभन्दा पनि त्यसलाई मनोगत कुण्ठा पोख्ने भरपर्दो माध्यम बनाउँदा कतिपय सन्दर्भमा व्यक्ति र समाजको प्रतिष्ठा र त्यससँग जोडिएका सबै अवयवहरूलाई असर गरेको छ । यस्ता सञ्जालमा प्रस्तुत हुने कतिपय सामग्रीले व्यक्तिको भावनामा चोट पुगेको हुन्छ । संघ संस्थाको छविमा आँच पु¥याउने काम पनि गरिरहेको हुन्छ ।
यसैगरी राजनीतिक दल वा सामाजिक अभियानकर्ताहरू यस्ता सञ्जालको चर्को सिकार भएका छन् । यस्ता सञ्जालबाटै उनीहरूको पनि अनावश्यक र अस्वाभाविक आलोचना भइरहेको देखिन्छ । यसबाट अत्यन्त गलत संस्कारको विकास भइरहेको देखिन्छ । सूचना र प्रविधिको विकाससँगै त्यसको भरपुर उपयोग गर्ने सन्दर्भमा विकृतिका पोकाहरू छरपस्ट हुन थालेको बुझ्न सकिन्छ । व्यक्तिगत चरित्र हत्या गर्ने, अश्लिल भिडियो पोस्ट गर्ने, सामाजिक रूपमा व्यक्तिको मानमर्दन गर्ने, व्यक्तिगत बदलाको भावना प्रेरित भएर आवेशपूर्ण भावाभिव्यक्ति पोस्ट गर्ने प्रवृत्ति दिनदिनै बढ्दै गएको छ । जसका कारण प्रहरीले अन्य अपराधमा जस्तै यसलाई एक जटिल अपराधका रूपमा अनुसन्धान गर्न थालेको छ ।
साइबर अपराध के हो ?
विकीपिडियामा उल्लेख गरेअनुसार खासगरी साइबर माध्यमको दुरुपयोग गरेर हुने गलत तथा गैरकानुनी क्रियालाई साइबर अपराध भनिन्छ । विद्युतीय उपकरणहरू कम्प्युटर, मोबाइल, तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई साइबर अपराधका रूपमा परिभाषित गरिएको छ । अन्य अपराधभन्दा यसको प्रकृति र शैली बिलकुल फरक छ भने यसको प्रभाव पनि शक्तिशाली र आम रूपमा हुन्छ । विद्युतीय प्रविधिको गलत प्रयोगले निम्त्याउने यो अपराध अन्य अपराधभन्दा भिन्न शैलीको छ । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट फ्रड (धोकाधडी), अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिक कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पु¥याइने क्षतिलगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानुनले साइबर अपराध मानेको छ ।
नेपालमा साइबर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ बनेको छ । यही ऐनका आधारमा कार्बाही हुने गरेको छ । सो ऐनको दफा ४७ नेपालमा हुने साइबर अपराध रोक्न सबैभन्दा बढी प्रयोग हुने र सबैभन्दा बढी विवादित दफा हो । यस दफाले कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । दफा ४७ विवादित भएपछि साइबर अपराध रोक्ने छुट्टै कानुन निर्माण गर्नुपर्ने माग बढिरहेको छ । पछिल्लो समयमा खासगरी फेसबुक प्रयोगले साइबर अपराध बढाएको स्पष्ट देख्न सकिन्छ । नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको सामाजिक माध्यम फेसबुक हो । जसको एन्ड्रोइड मोबाइल छ, उसले फेसबुक अनिवार्य प्रयोग गरेको पाइन्छ । पछिल्लो एक सर्वेक्षणअनुसार नेपालमा फेसबुकका प्रयोगकर्ता ५० लाखभन्दा बढी छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो अध्ययनअनुसार ३८ प्रतिशत नेपालीसँग इन्टरनेट पहुँच पुगेको छ । त्यसमध्ये पनि मोबाइलबाट इन्टरनेट चलाउनेहरू बढी छन् । सो प्रतिवेदनअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ता १ करोड २ लाख ७६ हजार ७ सय ४८ पुगेको देखाएको छ । अब स्थानीय तहमा इन्टरनेट केबुल जाने भएपछि यो संख्या बढ्नेछ । सो तथ्यांकलाई आधार मान्ने हो भने ८९ प्रतिशत मोबाइलबाट इन्टरनेट चलाउनेहरू छन् ।
तपाइलेDigital currency exchangers
यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
•यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
•केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
•केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
•संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
•“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
•प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
•नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
•यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
•प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
•गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
•ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
•हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
•आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
•गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
•प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
•एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
•आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
•प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
•प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
•वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
•गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।
मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।