भूतपूर्व सिङ्गापुर गोर्खाहरुद्धारा गृहमन्त्री राम बहादुर थापा मगर(बादल)लाई १६ बुँदे माग पत्र पेश


भूतपूर्व सिङ्गापुर गोर्खाहरुद्धारा गृहमन्त्री राम बहादुर थापा मगर(बादल)लाई १६ बुँदे माग पत्र पेश गरेको छ । माग पत्रमा समान कामको समान तलब, पेन्सन भत्ता र अन्य सुविधाहरू प्रदान गर्नु पर्ने, सिङ्गापुर गोर्खा प्रहरीमा भर्ति भएका गोर्खाहरूको आधारभूत तलब बढाइनु पर्ने र बढेको तलबको आधारमा पेन्सन प्रदान गरिनु पर्ने रहेको छ ।

सिङ्गापुर गोर्खा प्रहरीबाट अवकाश प्राप्त गोर्खा प्रहरीहरूका विधुवा श्रीमतीहरूलाई ब्रिटिस–गोर्खा सरह पेन्सन सुविधा दिइनु पर्ने पत्रमा उल्लेख छ । सिङ्गापुर गोर्खा प्रहरीमा कार्यरत गोर्खा र उनका परिवारहरूलाई पनि सेवा अवकाश पछि बेलायती सेनामा काम गरी अवकाश पाएका भूपु गोर्खा र उनका परिवारहरूलाई जस्तै सिङ्गापुर वा बेलायतमा आवासीय भिसा र काम गर्ने सुविधा दिइनु पर्ने सिङ्गापुर गोर्खा प्रहरीका छोरा–छोरीहरूले सिङ्गापुरमा आफुले चाहे अनुसारको शैक्षिक योग्यता हासिल गर्न र योग्यतानुसारको काम गर्न पाउने अवसर दिइनु पर्ने सिङ्गापुर गोर्खा प्रहरीका छोरा–छोरीहरूलाई उच्च शिक्षाको लागि छात्रबृत्ति प्रदान गरिनु पर्ने माग गरिएको छ ।

यसै गरि प्रहरीहरूका छोराछोरीहरूलाई पनि सिङ्गापुरमा आवासीय भिसा र काम गर्ने सुविधा दिइनु पर्ने सिङ्गापुर गोर्खा प्रहरीमा कार्यरत गोर्खा प्रहरीहरूका श्रीमती तथा उमेर पुगेका छोराछोरीहरूलाई आफ्नो योग्यता र क्षमता अनुसार सिङ्गापुरमा काम गर्ने अनुमति दिइनु पर्ने माग गरिएको छ । सिङ्गापुर गोर्खा प्रहरीका जहान परिवारहरूलाई हाल नेपालमा ब्रिटिस–गोर्खा कल्याणकारी कोष मार्फत दिइँदै आएको स्वास्थ्य सेवाको सुविधा प¥र्याप्त नभएकोले सिङ्गापुरमा दिइने स्वास्थ्य सुविधा नेपालको मुख्यमुख्य अस्पतालबाटै उपलब्ध गराउने व्यवस्था गरिनु पर्ने उल्लेख छ ।

सिङ्गापुर गोर्खा प्रहरीमा भर्ति भई काम गर्ने गोर्खाहरू सेवा अवधिमा दुर्घटनामा परी सक्त घाइते भई वा गम्भीर रूपमा शारीरिक अस्वस्थ भई घर फर्किनु परेका सिङ्गापुर गोर्खाहरूलाई उचित क्षतिपूर्ति र पेन्सनको व्यवस्था गरिनु पर्ने, कुनै जघन्य कानुनी अपराध नगरी विभिन्न सानोतिनो मामिलामा बिना पेन्सन र बिना क्षतिपूर्ति खाली हात नेपाल फर्काइएकाहरूलाई अरु अवकाश प्राप्त सरह क्षतिपूर्ति र पेन्सनको व्यवस्था गरिनु पर्ने माग राखेका छन् ।

सिङ्गापुर गोर्खा प्रहरीमा काम गर्ने गोर्खाहरूले चाहेमा नेपाल भन्दा अन्य कुनै पनि देशको नागरिकता प्राप्त गरेका कुनै पनि नेपाली मूलका महिलाहरूसँग विवाह गर्न पाउने उनीहरूको नैसर्गिक तथा मानव अधिकार माथि बन्देज लगाउन नहुने, नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनता माथि नै आँच पु¥याउने सन् १९४७ को बेलायत–भारत– नेपालबिच भएको असमान र विभेदकारी त्रिपक्षीय सन्धि खारेज गरिनु पर्ने लगायतका १६ बुँदे माग राखिएको भूतपूर्व सिङ्गापुर गोर्खा विभागीय प्रमुख, बिगोसे–सिङ्गापुरका पलबहादुर घर्तीले बताए ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar