कम्युनिष्ट विद्रोहका मात्रै योद्धा होइनन् शान्तिका दूत पनि हुन्: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’


प्रधानमन्त्री केपी शर्मा ओली र दुई वर्ष भूमिगत रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार दिउँसो राष्ट्रिय सभा गृहमा सँगसँगै झुल्किए। 

सरकार र विप्लवको नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर गर्न दिउँसो दुई बजे कार्यक्रम राखिएको थियो तर आजै नवलपुरबाट आएका विप्लव प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएकाले कार्यक्रम ढिलो गरी सुरू भएको थियो। 

बालुवाटारमा भलाकुसारी गरेर ओली र विप्लव सँगै राष्ट्रिय सभा गृहमा आएका थिए। मञ्चमा पुग्नेबित्तिकै प्रधानमन्त्री ओलीले विप्लवको हात समातेर उठाए। त्यहीबेला दर्शकदीर्घातर्फ हेर्दै विप्लवले लालसलाम गरे। 

त्यसपछि दुबै जना मञ्चमा राखिएका सोफामा बसे। मञ्चमा एकातर्फ प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेकपा नेता सुवासचन्द्र नेम्वाङ र राजन भट्टराई थिए।

अर्कातर्फ महासचिव विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’,धर्मेन्द्र वास्तोला ‘कञ्चन’ उदय चलाउने ‘दीपक’ बसेका थिए। कार्यक्रम भट्टराईले सुरू गरे। उनले १०/११ महिनादेखि प्रत्यक्ष/अप्रत्यक्ष संवादबाट वार्ता सफल भएको बताए। 

यसपछि हस्ताक्षर समारोह चल्यो। वार्ता टोलीबाट गृहमन्त्री रा्बादल र विप्लव समूहबाट प्रवक्ता ‘प्रकाण्ड’ले हस्ताक्षर गरे। प्रकाण्डले हस्ताक्षर पत्रको एकप्रति विप्लवलाई बुझाए।

त्यसपछि सम्बोधनको क्रम सुरू भयो। प्रधानमन्त्रीभन्दा पहिला विप्लवको पालो आयो। यो राजनीतिक व्यवस्था नै ठिक छैन भनेर हिंसात्मक आन्दोलन गरेका विप्लवले के भन्छन् भन्नेमा धेरैको चासो थियो।उनले वार्ता टोलीलाई धन्यवाद दिएर भाषण थालनी गरे। नेपाली युवामा समृद्ध जीवन बनाउने चाहना रहेको र त्यो पूरा गर्न आफू शान्तिपूर्ण राजनीतिमा आएको उनको भनाइ थियो।

उनले नवलपुरमा आज बिहान सहिदकी आमाले टीका लगाई दिँदै भनेका कुरा पनि सुनाए। 

‘एउटा गाउँमा सहिदकी आमाले टीका लगाइदिनुभयो। आजसम्म धेरैका इच्छा पूरा भए तर सहिदका चाहना पूरा भएका छैनन्, यो सम्झेर हस्ताक्षर गर्नू भन्ने उहाँको भनाइ थियो,’ विप्लवले प्रधानमन्त्री ओलीतर्फ हेर्दै भने।

करिब २० मिनेट  लामो भाषणका क्रममा विप्लवले शान्तिपूर्ण गतिविधि गर्ने प्रतिवद्धता जनाए। ‘कम्युनिष्ट विद्रोहका मात्रै योद्धा होइनन् शान्तिका दूत पनि हुन्,’ उनले भने, ‘सहमति पालना गर्छौं। आशंका र उत्तेजनामूलक कुतर्क गर्न जरूरी छैन।’

यसबीचमा उनले गीत पनि सम्झिए।‘यो कस्तो प्रेम भयो जून र घामको  कहिल्यै भेट नहुने’ कर्णालीतिर यस्तो गीत गाइन्छ भन्दै  उनले केही शब्द खर्चिए। गीतले त्यस्तो भने पनि सरकार र आफूहरू सहमतिमा पुग्नु घाम र जूनको भेट भएजस्तै  भएको उनको भनाइ थियो।

उनले जनताले फैसला गर्ने कुरामा आफूहरूलाई विश्वास रहेको भन्दै चुनावको संकेत पनि गरे। यसपछि बोलेका प्रधानमन्त्री ओलीले विप्लवलाई नेकपाका महासचिव भनेर सम्बोधन गरे। प्रधानमन्त्री ओलीको पार्टीको नाम पनि नेकपा नै छ। ओलीले विप्लवलाई नेकपा महाचिव भनेर सम्बोधन गर्दा दर्शक भने हाँसे। 

त्यसपछि ओलीले धर्मेन्द्र बाँस्तोला भर्खर जेलबाट छुटेर आएको  भन्दै जिस्काए। काभ्रे जेलबाट आजै छुटेर बाँस्तोला कार्यक्रममा आइपुगेका थिए।

‘यति छोटो जेल बस्न पाए पो हुन्थ्यो र’ धर्मेन्द्रतिर हेर्दै प्रधानमन्त्री ओलीले भने। ओलीले आफू १४ वर्ष जेल बसेको बताउँदै आएका छन्। शान्तिपूर्ण बाटोमा आएकोले शान्तिको प्यारामिटर उचाइमा पुगेको भन्दै प्रधानमन्त्रीले विप्लवलाई धन्यवाद दिए।

‘विप्लवले एक कदमले जनताको मन जित्नुभयो। यो सेफ ल्यान्डिङ  हो,’ प्रधानमन्त्री ओलीले भने।त्यसपछि ओलीले २०३० सालमा आफू रहेको पार्टी पनि शान्तिपूर्ण बाटोमा आएको स्मरण गरे। उनले खुला राजनीतिमा प्रवेश गरेको भन्दै विप्लवलाई यति भनेर टुंग्याए- यस राजनीतिमा   पनि उहाँलाई पौडी खेल्न आउँछ भन्ने मलाई विश्वास छ। सफलता प्राप्त होस्।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar