नेकपा महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएर सहमति–पत्रको हस्ताक्षर समारोहमा सम्बोधन यस्तो रह्यो


काठमाडौँ — सरकारसँग तीन बुँदे सहमतिसँगै नेकपा महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएर सहमति–पत्रको हस्ताक्षर समारोहमा सम्बोधन पनि गरे । निकै चासोपूर्वक हेरिएको चन्दको सम्बोधन अपेक्षा गरिएभन्दा छोटो आयो । उनले करिब १८ मिनेट सम्बोधन गरे । तर, केही महत्वपूर्ण मुद्दामा उनले मौनता साँधे ।

राष्ट्रिय महत्व र उनकै पार्टी जीवनका आन्तरिक कैयौं महत्वपूर्ण मुद्दामा चन्दको मौनताले उनी दबाबमा सहमतिमा आएका हुन् वा सम्बोधन रणनीतिक हो भन्ने प्रश्न जन्माएको छ ।

राजनीतिक कार्यदिशा के ?

तीन बुँदे सहमतिसँगै काठमाडौं आएका चन्दले आफ्नो पार्टीको राजनीतिक कार्यदिशाबारे मूर्त कुरा गरेनन् । उनी संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेर अहिलेकै व्यवस्थाअनुसार अगाडि बढ्न तयार भएका हुन् वा उनले लिएको एकीकृत क्रान्तिको कार्यदिशा कायमै छ ? यो प्रश्नको उनले सटीक जवाफ दिएका छैनन् ।

यो प्रश्न किन महत्वपूर्ण छ भने चन्दले आफ्नो पार्टीको कार्यदिशाबारे उल्लेख गरेका थिए, ‘अहिलेको सङ्गर्षको चरित्र एकीकृत क्रान्ति हो । यसको उद्देश्य दलाल पुँजीवाद तथा सामन्ती राज्यसत्तालाई विघटन गरेर जनवादी राज्यसत्ता स्थापना हो । यसका लागि केन्द्रीय सत्ताको उद्देश्यसहित गाउँ र सहरबाट आ–आफ्नो विशेषताअनुरूप राज्यसत्ता निर्माणको नीति लिने हुन्छ ।’

चुनावबारे नीति के ?

शान्तिपूर्ण राजनीतिमा आएको सम्झौतापछि पनि चन्दले अब चुनाव लड्छन् कि लड्दैनन् ? यो प्रश्नको पनि उनले सम्बोधनमा जवाफ दिएनन् । २०७४ को स्थानीय, प्रदेश र संघीय चुनाव बहिष्कार गरेका उनले चुनावबारे आफ्नो पार्टीको धारणा सार्वजनिक गरेनन् । यद्यपि सार्वभौम शक्तिसम्पन्न जनतालाई एकपटक फैसला गर्न दिनुपर्‍यो भनेर जनमतसंग्रहको माग भने उनले गरे । तर, त्यस्तो जनमतसंग्रह कुन मुद्दामा गर्ने भन्ने चाहिँ स्पष्ट पारेनन् ।

उनले भनेका छन्, ‘हामीले भनेका छौं, जनमत । सार्वभौमिक सत्तासम्पन्न नेपाली जनतालाई एकचोटी नयाँ फैसला गर्ने वातावरण बनाउन जरुरी छ । के चाहन्छन् जनताले ? के यो दलाल पूँजीपतिहरुको चक्रमा सधैं घुम्नुपर्ने नियति हो ? के नेपाली जनताले स्वतन्त्रपूर्वक ‘स्टेप’ चाल्न नपाउने ? …आवश्यक पर्दा प्रत्यक्ष ढंगले नेपालको बारेमा जनमत दिने, फैसला दिने अधिकार जनताले पाउनुपर्छ । हामी यहाँबाट हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छौं । हाम्रो विश्वास छ, एकचोटी नेपाली जनतामा जाने आँट गर्नुपर्छ ।’

जबकि यस अगाडि उनको नीति थियो, ‘पार्टीलाई क्रमशः भूमिगत र काठमाडौं बाहिर केन्द्रित गर्नुपर्छ । सैन्य बलद्वारा प्रतिक्रियावादी राज्यसत्ताको ध्वंश, यसका लागि बलियो र नियमित सेना निर्माण गर्नुपर्छ । सर्वहारा वर्गको अग्रदस्ता बनाउने सोचसहित पार्टीलाई खुकुलो र भद्दा हुनबाट जोगाउनुपर्छ ।’

हतियार छन् कि छैनन् ?

चन्दले आफ्नो सम्बोधनमा तीन बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको जनाएका छन् । तर, उनको समूहसँग हतियार रहेको प्रहरीकै आंशका थियो । यतिसम्म कि प्रतिबन्ध लगाउँदा चन्दले सैनिक दस्ता बनाउन थालेको गृह मन्त्रालयले बताएको थियो । उनको समूहसँग हतियार छन् कि छैनन् र यसबारे सरकारसँग केही अतिरिक्त सम्झौता भएको छ वा छैन् ? यो प्रश्नमा पनि चन्द मौन देखिएका छन् ।

सरकारले जतिबेला २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो, त्यसबेला चन्द समूहले सैनिक दस्ता तयार गर्न थालेको आरोप पनि थियो । त्यसभन्दा केही दिन अगाडि धरानमा प्रहरीले एलएमजी र एम–१६ हतियारसहित सो पार्टीका नेतालाई पक्राउ गरेको थियो । ती हतियार सैन्य तालिमका लागि मोरङको केराबारीमा लैजान लागेको अनुसन्धानमा खुलेको थियो ।

भारतको नाम किन लिएनन् ?

विगतमा नेपालको राष्ट्रिय स्वाधीनतामा भारतबाट खतरामा रहेको बताउँदै आएका चन्दले शुक्रबारको सम्बोधनमा भारतको नाम लिएनन् । उनले राष्ट्रियताका लागि आफू मर्न पनि तयार रहेको त बताए तर अहिले राष्ट्रियताको खतरा कहाँबाट छ भन्ने स्पष्ट पारेनन् ? उनले भनेका छन्, ‘हाम्रो पार्टी सहकार्य गर्न र हातेमालो गरेर अगाडि बढ्न तयार छ । यो पनि भन्छौं, कसैले हामीलाई हस्तक्षेप गर्‍यो भने, कुनै पनि विदेशीले हमला गर्न खोज्यो, हेप्न खोज्यो भने हाम्रो जीवन यो धरतीमा गाडिन्छ, तर झुक्नेछैन । यो प्रतिबद्धता छ ।’

शान्ति प्रक्रियासँग जोडिएका मुद्दा बारे मौन

शान्ति प्रक्रियामा धोका भएको निश्कर्षसहित अलग्गै पार्टी बनाएका चन्दले शुक्रबारको सम्बोधनमा शान्ति प्रक्रियाको विषयमा बोलेनन् । शान्ति प्रक्रियासँग जोडिएका कैयौं मुद्दाहरु अहिले पनि थाँति छन् । सत्य निरुपण तथा बेपत्ता आयोगसँग जोडिएका काम हुन सकेका छैनन् । यसैले यहाँ अर्को प्रश्न उब्जेको छ–शान्ति प्रक्रियाबारे चन्दको धारणा के हो ?

दुई बर्षपछि सार्वजनिक कार्यक्रममा आएका चन्दले मुलुक निर्माणबारे आफ्नो पार्टीको समग्र खाका राख्ने पनि अपेक्षा थियो । तर, उनले समृद्धि जरुरी रहेको बताए पनि त्यसका लागि के गर्नुपर्छ र कसरी गर्ने भन्ने प्रश्नमा प्रवेश गरेनन् । चन्दले आफ्नो सम्बोधनमा सहकार्यको प्रस्ताव भने गरेका छन् ।

पूर्व सहकर्मीबारे मौन ?

‘क्रान्तिलाई धोका दिएको’ भन्दै सुरुमा पुष्पकमल दाहाल र बाबुराम भट्टराईसँग अलग भएका तथा पछि ‘बुढाहरुबाट क्रान्ति सम्भव’ नरहेको निष्कर्षसहित मोहन वैद्य र रामबहादुर थापाबाट अलग भएका चन्द शुक्रबारको सम्बोधनमा आफ्ना पूर्वसहकर्मीप्रति मौन रहे । जबकि दाहालले सुरुदेखि नै चन्द नहुने बाटोमा लागेको भन्दै पटक–पटक मूलधारमै फर्कन आग्रह गरेका थिए ।

पछिल्लोपटक भने चन्दले वैद्यसहितका तीन पार्टीसँग कार्यगत एकता गरेका छन् । चन्दको पछिल्लो सम्बोधनले निरुपण नगरेको कुराचाहिँ उनी दाहाल र जनयुद्धको विषयमा मौन रहनु हो ।

भ्रष्टाचारको मुद्दा किन उठाएनन् ?

भूमिगत तथा अघोषित सशस्त्र संघर्ष गर्नुपूर्व चन्दले भ्रष्टाचारका मुद्दामा निकै आक्रामक अभियान चलाएका थिए । चन्द समूहले एकपटक आफ्नो कारबाही सूचीमा भ्रष्ट नेता, उद्योगी–व्यापारी, कर्मचारीसहित विदेशी बैंकमा रकम जम्मा गर्ने व्यक्ति, देशका प्राकृतिक साधनस्रोत कब्जामा राख्ने तथा भ्याट छल्ने व्यक्तिलाई राखेको थियो । २०४६ पछि आएका प्रतीत–पत्र घोटला, धमिजा काण्ड, लाउडा काण्ड, चाइना एयर, नेपाल वायुसेवा निगम, माथिल्लो तामाकोसी, कृषि मल, वन फँडानी, डार्फर काण्ड, जनक शिक्षा सामग्री किताब, पशुपति, पेट्रोलियम पदार्थ, अपर कर्णाली, अरुण तेस्रो, मेलम्ची खानेपानीलगायतमा भएका भ्रष्टाचारमाथि चासो रहेको सो पार्टीका नेताहरु बताउँथे । तर, शुक्रबारको सम्बोधनमा चन्दले भ्रष्टाचारको मुद्दामा बोलेनन् ।

अहिलेसम्मको हिंसाको किन जिम्मेवारी लिएनन् ?

चन्दले आफ्नो सम्बोधनमा विगतमा भएका हिंसा र मृत्यको जिम्मेवारी लिएनन् । जबकि यसबीचमा (प्रतिबन्ध पछिको २ वर्षमा) चन्द समूहका २ हजार ८९ जना नेता/कार्यकर्ता पक्राउ परेकामा अधिकांश रिहा भए पनि व्यक्ति हत्या, विस्फोट, आगजनीलगायत गम्भीर किसिमका कसुरमा संलग्न भएको आरोपमा १ सय ३३ जना पुर्पक्षका क्रममा विभिन्न कारागार र २ जना अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् ।

चन्द समूहबाट एक शिक्षकसहित ४ र राज्य पक्षबाट चन्द समूहका ४ कार्यकर्ता मारिएका छन् । यसबारे पनि चन्द बोलेनन् ।

ओलीको प्रशंसा

संसद् विघटन गर्ने कदमपछि चौतर्फी राजनीतिक, संवैधानिक र कानूनी प्रहार खेपिरहेका प्रधानमन्त्री ओलीको चन्दले भने प्रशंसा गरे । ‘हामी कुराकानी गर्ने गर्थ्यौं –कर्णालीतिर एउटा गीत गाउने गरिन्छ– ‘यो कस्तो प्रेम भयो, जुन र घाम जस्तो’ कहिल्यै भेट नहुनेजस्तो । जुन र घामको भेट हुँदैन भन्ने देउडामा गाइने गर्छ । त्यस्तै हुन थालेको मान्छेहरु अनुमान गर्थे । तर, जुन र घामको पनि भेट हुन्छ,’ चन्दले (हाँस्दै) भने, ‘अगाडि पनि हाम्रो नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्रीज्यूसँग कुरा भएको थियो । मैले राखेको थिएँ– तपाईंहरुले नेतृत्व गर्नुहोस् भनेर ।’ ओलीको प्रशंसाको अन्तरनिहीत आशय के हो ? चन्दले प्रष्ट तस्वीर सार्वजनिक गरेनन् ।

यद्यपि ओलीले पनि चन्दबारे भनेका थिए, ‘उहाँले एउटा कदमबाट नेपाली जनताको मन धेरै जित्नु भएको छ । यो साहसिक कदम हो । जोसुकैले एउटा कार्यदिशा, बाटो समातेर हिँडिरहेको ठाउँमा कार्यकर्तालाई मोड्न सक्दैन । तर, उहाँ त्यसमा सफलतापूर्वक यो फोर्स ल्यान्डिङ पनि होइन, क्र्यास ल्यान्डिङ पनि होइन, सेफ ल्यान्डिङ हो । उहाँले त्यो योगदान गर्नुभएको छ जुन साहसिक कदम चाल्नु भएको छ, ऐतिहासिक कदम चाल्नु भएको छ ।’

हुन त यी प्रश्नको जवाफ क्रमश आउँला, जसबाट चन्दले भनेजस्तै उनी घुमीफिरी रुम्जाटार पुगे नपुगेको एउटा निष्कर्ष निकाल्ने आधार बन्ला । र, एउटै सम्बोधनमा सबै प्रश्नको जवाफ नअटाएको पनि हुनसक्छ । तर, शुक्रबारको सम्बोधनमा उनी आफैंले भनेका थिए, ‘घुमिफिरी रुम्जाटार पुर्‍याउने र रुम्जाटार पुर्‍याएर घोडामा चढ्नेखाले परिस्थिति नेपाली राजनीतिमा देखिन खोज्यो । यसलाई बदल्न हामी खुला हुनुपर्छ ।’

उनी घुमिफिरी रुम्जाटार पुग्छन् कि लगाम आफ्नो हातमा लिएर राजनीतिको घोडालाई दौडाउन सक्छन्, त्यो पनि खुला राजनीतिमा विस्तारै खुलस्त हुँदै जाला !
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar