वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले मगर र बेलायतका मन्त्रीबीच ‘भर्चुअल मिटिङ’


वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले मगर र बेलायतका व्यापार, ऊर्जा तथा स्वच्छ विकासमन्त्री एनीमेरी ट्रेभेल्यानबीच आज ‘भर्चुअल मिटिङ’ अर्थात अनलाइन संवाद भएको छ । 
आगामी नोभेम्बर २०२१ मा संयुक्त अधिराज्यको ग्लास्गो शहरमा हुन गइरहेको संयुक्त राष्ट्र सङ्घीय प्रारुप महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) मा नेपाल र बेलायतबीचको सहकार्य सम्बन्धमा उक्त ‘भर्चुअल मिटिङ’ अर्थात् अनलाइन संवाद भएको हो । 

संवादका क्रममा बेलायतका मन्त्री एनीमेरी ट्रेभेल्यानले आगामी २६ औँ सम्मेलनमा नेपालले के अनुभव बाँड्न चाहेको छ, जलवायु परिर्वतनबाट भएको हानिनोक्सानीको सन्दर्भमा नेपालले गरेको अध्ययन प्रतिवेदन उक्त सम्मेलनसम्म उपलब्ध हुन सक्छ की भन्ने जिज्ञासा राखेका थिए ।

उक्त जिज्ञासाका सन्दर्भमा वन तथा वातावरणमन्त्री आलेले नेपालसँग स्थानीय अनुकूलन योजना तर्जुमा र यसको कार्यान्वयनमा अनुभव रहेको तथा आगामी दिनमा सबै स्थानीय तहमा अनुकूलन योजना तयार गर्ने योजना रहेको बताए । उनले भने , “तथ्यमा आधारित सूचनामार्फत जलवायुजन्य जोखिम आँकलन गरी मध्यकालीन र दीर्घकालीन योजना तयार गर्दै जलवायु परिर्वतनका समस्यालाई सम्बोधन गर्ने क्षमता, विकास र जलवायु वित्त प्रणाली विकास गर्ने कार्यमा अगाडि बढ्दै गएका छौँ ।” 

यसैगरी मन्त्री आलेले नेपालले राष्ट्रिय अनुकूलन योजना तयार गर्दै गरेको र जलवायुजन्य हानिनोक्सानीको सम्बन्धमा भइरहेको तयारी तथा यसको अध्ययनलाई आधार बनाएर हानिनोक्सानी कम गर्न आन्तरिक तथा अन्तर्राष्ट्रिय लगानीसमेतका आधारमा काम गर्न इच्छुक रहेको समेत उक्त संवादमा जानकारी दिए।

संवादकै क्रममा बेलायतका मन्त्री एनीमेरी ट्रेभेल्यानले नेपाललले ग्रिन रिकोभरीमार्फत कसरी जलवायु उत्थानशीलता हासिल गर्ने छ भन्ने राख्नुभएको थप जिज्ञासामा वनमन्त्री आलेले नेपालले राष्ट्रिय अनुकूलन योजना, राष्ट्रिय निर्धारित योगदान र दीर्घकालीन शून्य उत्र्सजन रणनीतिको माध्यमबाट हरित उत्थानशीलता कार्यान्वयन गर्न चाहेको र विकास प्रक्रियामा जलवायु अनुकूलनका उपायलाई एकीकृत गरी हरेक क्षेत्रमा जलवायु उत्थानशीलता हासिल हुने विश्वास लिएको जानकारी गराए ।

सोही संवाद कार्यक्रममा मन्त्री आलेले आगामी सम्मेलनमा नेपालले आवश्यक छलफल र तयार गरी बेलायत सरकारको सहकार्यमा अगाडि बढ्ने तथा नेपालका मुद्दा उठाउने कुरा व्यक्त गरे । यसैगरी मन्त्री आलेले सगरमाथा संवादको बेलायत सरकार सहआयोजक हुन चाहेको विषयमा धन्यवादसमेत दिएका थिए ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar