अन्तर्राष्ट्रिय खुल्ला नृत्य प्रतियोगिता स्टेसी आले मगरले जितिन् भने प्रमुख आतिथ्य नविन रोका मगर


मगर परिवार नेपाल (MPN) ले आयोजना गरेको अन्तर्राष्ट्रिय खुल्ला मगर एकल अन्लाईन नृत्य उपाधी ६ वर्षीय स्टेसी आले मगरको जित्न सफलभएको छ भने प्रमुख आतिथ्यता अन्तराष्ट्रिय मगर महासंघ तथा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरको गरिवामय उपस्थितमा सम्न भएको छ। गत चैत ७ गतेबाट सुरु भएको प्रतियोगितामा गोर्खा घर भइ हाल चितवन बस्दै आएकी बुबा कुश आले मगर र आमा तुल्सी थापा मगरको कोखबाट जन्मिएकी स्टेसीको अभिनय सहितको नृत्यले दर्शकहरुको मन त जित्यो नै, निर्णायकहरुको पनि उत्तिकै मन जितेको छ ।
मगर परिवार नेपाल (MPN) ले आयोजना गरेको अन्तर्राष्ट्रिय खुल्ला मगर एकल अन्लाईन नृत्य प्रतियोगिताको कार्यक्रममा अन्तराष्ट्रिय मगर महासंघ तथा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरको प्रमुख आतिथ्यता, भुपु एस. एस. पि. तथा समाजसेवी मान बहादुर रजाली मगर, नेपाल मगर संघ केन्द्रिय समिति महासचिव ज्ञानेन्द्र पुन मगर, कलाकार तथा समाजसेवि बिलपुर्जा पुन मगर को विशेष आतिथ्यतामा भएको नतिजा सार्बजनिक कार्यक्रमको अध्यक्षता यस संस्थाका अध्यक्ष प्रनिश आले मगरले गर्नुभएको थियो भने मिलन थापा मगर र रुपा घर्ती मगरले कार्याक्रम संचालन गर्नुभएको थियो ।
स्टेसी प्रथम भए सङ्गै क्रमश भोजपुरकी कृषा राना मगर, बाग्लुङकी शिवानी थापा मगर र म्याग्दीकी शिक्षा गर्बुजा मगर द्वितीय, तृतीय र सान्त्वना भाएकी छिन । प्रतियोगितामा ४९ जना प्रतियोगि सहभागी थिए भने ४० पुर्णाङ्क फेसबुक लाईक र ६० पुर्णाङ्क निर्णायकहरुको मुल्यांकनको आधारमा आज Zoom र फेसबुक Live को माध्यमबाट नतिजा सार्बजनिक गरिएको मगर परिवार नेपाल (MPN)को अध्यक्ष प्रनिश आले मगरले मगरले मगरात नेपाल डटकमालाइ जानकारी दिनुभएको छ।

“मगरहरुकाे कला र प्रतिभालाई प्राेत्साहन, भेषभुषा, भाषा, संस्कार, सांस्कृति, संरक्षण गर्ने हाम्रो अभियान” भन्ने मुल उदेश्यले स्थापित यस मगर परिवार नेपालले चैत ७ गतेदेखि एकल मगर अन्लाईन नृत्य प्रतियोगिताको आयोजना गरि आज सम्पन्न गरेको हो ।

मगर समुदायका हजारौं उत्कृष्ट प्रतिभाले स्थान खोजिरहेका तर नपाउनु र पछि पर्नुको कारण पत्ता लगाउनु र त्यो उत्कृष्ट प्रतिभालाई स्थान दिन र पुरस्कृत गरि अन्तर्राष्ट्रिय स्तरमै ख्याति प्राप्त बनाउनु पनि यस प्रतियोगिताको उदेश्य रहेको थियो ।
मगर समुदाय भित्र भै-परि आउने र समुदाय भित्रको पहिचानलाई जोगाउदै विभिन्न सामाजिक अभियानका कामहरु पनि गर्ने यस संस्थाको उदेश्य रहेको थियो । २०७७ साल फागुन १० गते नेपाल सरकारबाट मान्यता प्राप्त मगर परिवार नेपाल (MPN) ले संस्थाकाे बिधान अनुसार सामाजिक अभियानका कामहरु समेत गर्दै आएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख नगद र सम्मानपत्र, दोस्रो हुनेलाई ५० हजार र सम्मानपत्र, तृतीय हुनेलाई ३० हजार र सम्मानपत्र र सान्त्वना हुनेलाई २० हजार र सम्मानपत्र रहेको थियो ।
प्रतियोगिताका निर्णायकहरु बिना थापा मगर (नायिका) मगर फिल्म, भुवन थापा मगर (नायक) मगर फिल्म, शेखर घर्ती मगर (नृत्यकार), नेशन सुस्लिङ्ग मगर (नृत्यकार) रहनुभएको थियो ।

पुरस्कार प्रायोजन भने रामेछाप घर भइ हाल काठमाडौं बस्ने पवित्रा आले मगरले स्वर्गीय छाेरा भुवन आले मगरकाे सम्झनामा गर्नुभएको हो । भने ४ जना प्रतियोगीलाई नृत्य मन पराई व्यक्तिगत रुपमा हौसला स्वरुप चितवन निवासी हाल U.K बस्दै आउनुभएकी समाजसेवी ज्योति रजाली मगरले जेनिषा रजाली मगर र जेशिका सारु मगर लाई ५०/५० हजार र स्टेसी आले मगर र शेष बहादुर थापा मगरलाई १०/१० हजार नगद रुपैयाँ सहयोग गर्नुभएको छ ।

टप १० प्रतियोगी क्रमश यस्तो रहेको छ।
१) स्टेसी आले मगर – गोर्खा
२) कृषा राना मगर – भोजपुर
३) शिवानी थापा मगर – बाग्लुङ
४) शिक्षा गर्बुजा मगर – म्याग्दी
५) प्रेम थापा मगर – सुर्खेत
६) बन्दना घर्ती मगर – बागलुङ
७) जेनिषा रजाली मगर – चितवन
८) तारा थापा मगर – बाग्लुङ
९) खुशी राना मगर – गोर्खा
१०) बेनिक्स घर्ती मगर – रोल्पा
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar