नयाँ वर्ष २०७८ को अवसरमा मगर संसार ग्रुपद्वारा सिपमुलक भिडियो प्रतियोगिता २०७८ बैशाख ४ गते बाट सुरु हुने


“भेषभुषा,भाषा,धर्म,सस्कार संस्कृतिलाई संरक्षण गरौ विश्व भरिका मगरलाई एकजुट गराऔ” भन्ने उद्देश्यले स्थापित मगर संसार फोटो ग्यालरी ग्रुप पेजले नव बर्ष २०७८ को अवसरमा online मार्फत मगर लाफाहरु बीच सिप सिकौ,आत्म निर्भर बनौ,अरूलाई सिकाउ र आफैबाट रोजगारीको सृजना गरौ भन्ने उद्देश्यका साथ #सिप_मुलक_भिडियो_प्रतियोगिता – २०७८ हुने भएकाले निम्न,मिति र समयमा भिडियो पोस्ट गरी प्रतियोगिताको सोभा बढाई दिनु हुन सम्पूर्ण एडमीन तथा मेम्बर मगर लाफाहरुमा हार्दिक अनुरोध गर्दछौं।
प्रतियोगिता सुरु:- २०७८ बैशाख ४ गते शनिवार बिहान ८ बजे देखी सुरु हुने।(2021 अप्रिल 17 )मगर संसार(Magar Sansar) Photo Gallery ग्रुपको अध्यक्ष तथा संस्थापक:-अनिल लामिछाने मगर वतानुभएको छ।

प्रतियोगिता मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप भित्र हुने।

प्रतियोगिताको नियमहरु :-
………………………….
✅१)प्रतियोगीले आफुले जानेको सिपको भिडियो बनाई प्रतियोगिता सहभागी हुन सकिनेछ।

✅२) भिडियो बनाउँदा नाम ,ठेगाना भन्नु पर्ने छ र भिडियो ५ मिनेट देखी ८ मिनेट सम्मको भिडियो हुनुपर्ने छ। प्रतियोगीले मगर पोशाक अनिवार्य लगाउनु पर्ने छ।

✅ ३)भिडियो सिंगल हुनुपर्ने छ तर डबल तथा सामुहिक रुपमा बसेर बनाएको भिडियो मान्य हुने छैन।

✅४)अरुको भिडियो post गर्न पाइने छैन तर परिवार भित्रको भिडियो भने परिवारको कुनै सदस्य ले पोस्ट गर्न सकिनेछ

✅५) प्रतियोगिताको लागि भिडियो post गर्ने समय २०७८ बैशाख ४ गते शनिवार बिहानको ८ बजे देखी रातिको ८ बजे सम्म मात्र रहनेछ। र प्रतियोगीको भिडियो एकै साथ बेलूकी ८ बजे पछि अप्रुभ गरिनेछ।

✅५) भिडियो post गर्दा नाम,ठेगाना उल्लेख गरी post गर्नुपर्नेछ।मगर साथिलाई जोइन्ड गर्नुपर्ने छ।
पुरुष/महिला सबैले सहभागिता जनाउन सकिनेछ।

✅६) भोटिंग समय ६ दिन मात्र अर्थात २०७८ बैशाख १० गते शुक्रवार बेलूकी ६ pm सम्म मात्र रहनेछ।

✅७) नतिजा like को आधारमा घोषणा गरिनेछ। र बिजेता बाहेक पुरुष/महिला प्रतियोगी बाट १/१ जना गरी २ जना प्रतियोगीलाई उत्कृष्ट बिजेता घोषणा गरिनेछ। मेंशन, शेयर, कमेन्ट,tag गर्न पाउनेछ।

✅८) Auto like मान्य हुने छैन । अन्य प्रतियोगीको post मा लिंक राखेर भोट माग्न पाइने छैन।

✅९) नतीजा २०७८ बैशाख ११ गते शनिवार बेलूकी ५ बजे जूम भर्चुअल मार्फत सार्बजनिक गरिने।

✅ १०) बिजेता प्रतियोगी अनिवार्य live बसी आफुले बनाएको सिप मुलक गेमको भिडियो मगर संसार ग्रुप भित्र live बसी मेम्बरलाई देखाउनु पर्नेछ।

✅ ११) प्रतियोगिताको भोटिंग समयमा प्रतियोगिले post को caption वा भिडियो इडित गर्न पाइने छैन। यदि गरेको खण्डमा पुनः पोस्ट गर्न अनुमति admin ले दिनेछौ तर like भने देलेट भएको पोस्ट को मान्य हुने छैन।

✅१२) प्रतियोगितामा कुनै बिबाद आएको खण्डमा एडमिन समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ।

✅ १३) प्रतियोगिताको बेला महत्वपूर्ण सूचना post बाहेक अन्य post बन्द रहनेछ।

पुरस्कारहरु:-

पुरूष तर्फ:- Top 4 भित्र पर्ने प्रतियोगीलाई ५/५ हजारको दरले पुरस्कार उपलब्ध गरिनेछ।

महिला तर्फ:- Top 4 भित्र पर्ने प्रतियोगीलाई ५/५ हजारको दरले पुरस्कार उपलब्ध गरिनेछ।

बिजेता बाहेक दुइ प्रतियोगिलाई उत्कृष्ट बिजेता घोषणा गरिनेछ । जून पुरूष महिला बाट १/१ जना गरी दुइ जनाले पाउने छन। रू.५/५ हजार
साथमा सम्मान – पत्र

पुरस्कार सौजन्यहरु:-
१) डी.के बुढा मगर – पूर्व रुकुम ,तकसेरा हाल अमेरिका
रू.१०,०००/-

२)जेनिसिस थापा मगर – तनहूँ हाल बहराइन
रू.५,०००/-

३) मन बलाल मगर – कालीगण्डकी – ५, गुल्मी हाल कोरिया
रू.५,०००/-

४) गोकर्ण थापा मगर – बिरूवा- ४, स्याङजा हाल कोरिया
रू.५,०००/-

५) दोनु सारू मगर – देवदह -३,रूपनदेही हाल कोरिया
रू.३,०००/-

६) दिपेश बुढा/देवी बुढा मगर – दैलेख कर्णाली प्रदेश
रू.४,०००/-

७) सागर थापा मगर – हरिनास – ४,स्याङजा हाल कोरिया
रू.२,५००/-

८) तूल प्रसाद पुनमगर – गल्कोट-११,रिघा,बागलुङ हाल जापान रू.५,०००/-

९) बसन्त आले मगर – भिमाद -५, तनहु हाल कोरिया
रू.५,०००/-

१०) हिमाल बुढा मगर – रोल्पा, थवाङ हाल पोर्चुगल
रू.५,०००/-

११) सूर्य झेंडी मगर – भिमाद-९ तनहु हाल कोरिया रू.१०,०००/-

१२) होटल सिरु ktm नया बस पार्कका सञ्चालक लिला ब.ठाडा मगर घर नवलपुर कावासोती रू.५,०००/-

१३) बिल पुर्जा पुन मगर – म्याग्दी अन्नपूर्ण हाल लण्डन,U.K रू.५,५८६/-

१४) रन्जिता थापा मगर (गायिका) – तनहु देवघाट हाल ktm रू.४,०००/-

१५) सुरेश बुढा मगर – अध्यक्ष: नेपाल मगर संघ क्षेत्रीय समिति जोहोर मलेशिया,घोराही-१२, बडहरा – दाङ रू.३,०००/-

१६) कुल सारू मगर – धरान हाल मलेशिया रू.२,६५२/-

संस्थापक:-अनिल लामिछाने मगर तथा
: समस्त मगर संसार फ़ोटो ग्यालरी एडमीन समिति परिवार
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar