राज्यको लिएकाे उचित सुरक्षा नीतिले विप्लव र सिके राउत मुलधारमा आए- गृहमन्त्री रामवहादुर थापा मगर ‘वादल’


पोखरा । गृहमन्त्री रामवहादुर थापा मगर ‘वादल’ले सरकारले लिएकाे उचित सुरक्षा रणनीतिका कारण नेत्रविक्रम चन्द’विप्लव’ नेतृत्वको पार्टी र सिके राउतकाे पार्टी मुलधार मा आएको बताएका छन् ।

पाेखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले मुलधार बाहिरका शक्तिलाई नियन्त्रणमा गर्न राज्यले ‘प्रशासनिक कारवाही र राजनीतिक संवाद’ काे दुई नीति लिएकामा त्याे सफल भएकाे बताए । उनले भने, ‘यसअघिका सुरक्षा गोष्ठीमा विप्लव र सिके राउतले उत्पन्न गरेका सुरक्षा चुनाैती प्रमुख विषय हुन्थे । यसपटकको गाेष्ठीसम्म आइपुग्दा ती विषय गाैण बन्न पुगे । हामीले उनीहरुलाई एकातर्फ प्रशासनिक कारवाही गरेर रक्षात्मक अवस्थामा पुर्यायाैँ, अर्कोतर्फ वार्ताकाे माध्यमबाट समस्या समाधान गर्याैँ ।’

गृहमन्त्री रामवहादुर थापा मगर ‘वादल’ले राज्यलाई नै चुनाैती दिनेस्तरका समूहहरु अब नरहेकाे भन्दै अझै केही समूह जाति, क्षेत्र र धर्मका नाममा अस्थिरता निम्त्याउन प्रयासरत रहेकाेले सुरक्षा निकाय त्यसतर्फ पनि सचेत हुन आवश्यक रहेको टिप्पणी गरे । उनले सुरक्षा गाेष्ठीमार्फत गण्डकी प्रदेशका ११ जिल्लाकाे सुरक्षा अवस्था, सकारात्मक र नकारात्मक पक्षबारे जानकारी आएको भन्दै अब साेहीअनुसार नयाँ सुरक्षा रणनीति बन्ने विश्वास व्यक्त गरे ।

उनले अहिले देखिएका कमजोरीलाई निर्ममतापूर्वक सच्याउनसमेत मातहतका निकायहरुलाई निर्देशन दिए । कोरोनाका कारण विगत एक वर्षदेखि हुन नसकेको सुरक्षा गोष्ठी गण्डकी प्रदेशबाट सुरु भएकाे छ । गोष्ठी आइतबारदेखि सुरु भएकामा साेमबार गृहमन्त्रीले औपचारिक उद्घाटन गरेका हुन् ।

गृह मन्त्रालय र गण्डकी प्रदेशकाे आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा आइतबारबाट सुरु भएकाे गोष्ठीमा गृहमन्त्री बादल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ , आन्तरिक मामिलामन्त्री रामशरण बस्नेत, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका युद्धकार्य निर्देशनालयका रथी तथा गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका सिडियो र जिल्लास्थित चार वटै सुरक्षा निकायका प्रमुखको उपस्थिति छ । गत वर्षनै हुनपर्ने सुरक्षा गोष्ठी कोरोनाका कारण रोकिएको थियो ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar