
म एक साधारण किसानको छोरो । गाउँको सरकारी विद्यालयमा पनि मुस्किलले पढ्ने अवसर प्राप्त गरेर दुईचार अक्षर चिन्ने मौका पाएको मान्छे । त्यसैले म यहाँ कुनै ठूलो बिश्लेषक वा चर्चित ईतिहासकार हरुले जस्तै भएभरका धर्म र सम्प्रदायका बारे जरा देखी टुप्पो सम्मका बखानहरु ओकल्न जाँदै छैन । र स्वभाविकले मलाई चिन्ने जति तपाईं पाठकवर्गले पनि त्यो अपेक्षा राख्नु भएको छैन पक्कै, भन्ने लागेको छ । म जाँदै छु त केवल मेरो नाङ्गो आँखाले देखेको, मेरो यही ज्यानले भोगेको, गरेको र मानेको हामी मगरहरुको प्रचलित र मौलिक धर्मको बारे लेख्न जाँदै छु । जुन हाम्रो पुर्खाले, जुजुबराजुले चलाए मनाए । जस्लाई हामी प्रकृति पुजक भन्ने गरेका छौँ । आशा छ जाँगर चलाएर अन्तिम सम्म नजर लगाउँनु हुने छ ।
पहिलो कुरा त म आफैमा एउटा कुनै पनि धर्मप्रति मनबाटै चासो र वास्ता नगर्ने मान्छे हुँ न बिरोध नै गर्छु । तर आफ्नो जाति, वर्ग, समाज, पहिचान र राष्ट्र प्रति भने आफ्नो ठाउँबाट आफ्नै तरहले चासो र चिन्ता गर्ने मान्छे भने हुँ । चाहे म जहाँ जस्तो अवस्थामा रहुँ त्यस्ले मलाई रोक्दैन छेक्दैन । पछिल्लो समय हाम्रो मगर समुदायमा हामी मगरहरुको धर्मको रणभुल्लताको प्रश्नले निकै पेचिलो गरेर वहसहरु सृजना गरेको छ । चाहे सामुहिक बैठक र भेटघाटहरुमा भन्नुस चाहे सामाजिक संजाल र मिडीयामा भन्नुस् तर यो बहसले उचाई लिईरहेको छ । र यसलाई म स्वभाविक थानेको छु । किन कि यो बहसको बिषय भएन भने हाम्रो पछाडीका पुस्ता पनि यही बहसमा अल्झिरहने छन् र उनिहरुलाई मगरहरुको धर्मबारेको रणभुल र अन्धाधुन्धताले अगाडी नयाँ पाईलाहरु चाल्न डिस्ट्रव गरीरहने छ । त्यसैले यो हाम्रै पालामा प्रष्ट हुन जरुरी छ र राज्यले समेत सम्बोधन गर्न जरुरी छ ।
हाम्रो मगर जाति अत्यधिक रुपमा पुजा गर्ने, ध्वजा धुप चढाउँदै सिमिभुमी ड्यौ-पित्र सँग बर-बर्दान माग्ने र सुरक्षाको लागि मात्मप्रार्थना गर्दै हिड्ने र चल्ने जाति । कतै टाढा वा एक दिनको यात्रामा निस्कँदा पनि घरभित्रको पित्रथानमा एकजुली सेतोरातो ध्वजा बाँधेर धुप चढाएर ढोग गरेर बल्ल पाईला चाल्ने जाति । तर मैले याद गरे देखी आज सम्म हामीले कुनै पनि मन्दिरमा पुजा गरेको याद छैन मलाई । हामी शिवलिंगलाई देख्ने पुज्ने ढोग्ने त के, शिवलिंग छ भन्ने पनि जान्दैनौँ । गणेश मन्दिर राम मन्दिर कुनै पनि हिन्दुधर्मका भगवान भनि मानिने र पुजिने पात्र हरुलाई हामीले चिन्दैनौँ, तिनका नाम समेत सुनेका हुँदैनौँ झन तिनका मन्दिर भन्ने कहाँ बाट होस् । यी सबै सबै नाम त्यतिबेला मात्रै सुन्छौँ र देख्छौँ जब हामी हाम्रो गाउँ जिल्ला छाडेर अन्त खसआर्य बस्ति रहेको ठाउँ पुग्छौँ अथवा शहर बजार आईपुग्छौँ । न त हामी जन्म, विवाह र मृत्युमा कुनै बाहुन वा लामा गुहार्छौँ । न घर विद्यालय जस्ता भवन शिलान्यास गर्दा वाहुन बोलाउँछौँ ।
हामीले बोलाउँछौँ त केवल हाम्रै देउपित्रले रोजेका र छोएका जैसीलाई बोलाउँछौँ, धामी झाँक्रीलाई पनि बोलाउँछौ । उनैले हाम्रो जन्मेदेखी मृत्युपर्यन्त सबै सबै गरीदिन्छन् जुन हाम्रो धर्म र संस्कारमा छ । त्यसैले हाम्रो आफ्नै धर्म छ, विधि छ, संस्कार छ । हाम्रा चेलिबेटीहरु ४/५ बर्षको उमेर देखि नै चुरा पोते ललगाउँन थाल्छन् । सिन्दुर भन्ने पुर्खा दैखि नै थाहा छैन उहाँहरुलाई । दिदिबहीनीहरु बिहे नगरेको र गरेकोमा कुनै फरक भेटिँदैन । किन कि हिन्दुमा जस्तो बिहे पछी सिन्दुर सारी र पोते भन्ने हाम्रो धर्ममा छैन ।
तर पछिल्लो समय नयाँ जेनेरेशनका नानीहरुले हिन्दु समाजको प्रभावबाट देखासिखि गरेर सिन्दुर टल्काएर पनि हिड्न थालेको देखिन्छन् । वास्तवमा त्यो आयातित चलन हो । मगर धर्म र संस्कार बाहिर को चलन हो । त्यसकारण हामी न बुद्धको लाईन चाहान्छौँ न त हिन्दुको लाईन । हाम्रो आफ्नै लाईन छ जुन हाम्रो मगर जातिको उत्पति सँग सँगै सृजित भएको लाईन हो अर्थात धर्म हो । यो न बुद्धले सिकाएर सिकिएको हो, न हिन्दुका कुनै अमुक भगवान भनिएका पात्रहरुले सिकाएर सिकिएको हो । झन मुसुल्मानका महोम्मद रशुल्ला र ईसाईका जिजस् क्राईष्टको त कुरै नगरौँ तिनका छायाँ समेतको प्रभाव छैन यस प्रकृति पुजक धर्ममा । यो त यस धर्तिमा मगरहरुको उत्पति सँगै उठेको धर्म हो । अझ भनौँ मगरहरुको विल्कुल निजि संस्कार हो धर्म हो । हामीलाई यसको माया छ । यस प्रति गौरव छ जस्ले हाम्रो बेग्लै पहिचान खडा गरेको छ ।
त्यसकारण हामीलाई अरु धर्मावलम्बी हरुले जस्तो – हाम्रो धर्म ग्रहण गर्नुहोस्, यता आउँनुहोस् यहाँ छिर्नुहोस् भनेर कसैलाई पनि कर गर्नु छैन, ठुलो धन राशी खर्च गरेर प्रचार गर्नु पनि छैन । किन भने यस प्रकृति पुजक धर्ममा अरु धर्मको जस्तो कुनै व्यापार हुँदैन । न त राजनिति नै छ । केवल हामीलाई हाम्रो जुजुबराजुले आर्जेको रितिथिति र धर्म संस्कारलाई निरन्तर अगाडी लैजानु छ तर कसैलाई बेच्नु छैन, वा बाँड्नु छैन । र यो कुल्चेर अर्काको धर्ममा लम्पसार पर्न जानु पनि छैन । अतः सकभर हाम्रो सम्पुर्ण मगर जाति सबैले यो हाम्रो पुर्खाको मिहेनत र दिल दिमागले सृजेको धर्म संस्कारलाई निरन्तरता दिउँ नछोडौँ भन्ने चैँ हाम्रो चाहाना हो । विभिन्न युगको कालान्तरमा विभिन्न परिस्थितिबस् यो धर्म संस्कार बिर्सनु भएका र छुट्नु भएका मगर जातिहरुले पनि यो अनुसरण गरून् भन्ने हो । कारण अाखिर मगर त मगरै हो नि । एउटै रगत बगेको छ हामी सबै मगरहरुमा, एउटै पुर्खाका सन्तान हामी । तर यदि त्यो पनि सम्भावना भएन भने कम्तिमा आजको दिन सम्म जति मगरहरुले यो पुर्खाको बिरासतलाई जोगाएर आउँनु भएको छ, अर्थात आएका छौँ ति सबै मिलेर यसको संरक्षण र उत्थान गर्ने गरौँ, त्यस तर्फ लागौँ भन्ने हामी सबै प्रकृति पुजक धर्मावलम्बी मगरहरुको चाहाना हो आवाज हो । यसर्थ हामी अरु धर्म बोकेका मगर हरुलाई पनि हामी सँगै हातेमालो गर्न अनुरोध गर्दछौँ तर करकाप गरेर यही धर्म मान्नु पर्छ भन्ने चाहाना राख्दैनौँ । किन कि आज थुप्रै मगरहरु कोही बौद्धिस्ट हुनु भएको छ, कोही ईसाई हुनु भएको छ, धेरै त खुलेआम हिन्दु नै भईसकेका छन् । उस्तै परे कतिपय मुसुलमान पनि बनेका होलान् । त्यसै पनि धर्म भन्ने कुनै पनि देश वा संस्थाले तोकेर लाडेर मान्ने होईन । यो स्वतन्त्र रुपमा त्यस देशभित्रका राष्ट्रियहरुले आफ्नो स्वईच्छाले जुन धर्म पनि मनाउँन पाउँनु पर्छ । हाम्रो मगर भित्रको यो धार्मिक बिबिधतालाई पनि यतिबेला कसैले चाहेर पनि अहिलेको अहिल्यै एकरुपता दिन सक्ने सम्भवना म देख्दिनँ र छैन । यो तितो सत्य हो ।
त्यसैले म फेरि भन्छु सकभर नेपालका करिब ३० लाख मगरहरु सकेसम्म हाम्रो बिरासत बोकेको यस प्रकृति पुजक धर्ममा रहेर यस्लाई राज्यमै कानुनी रुपमा स्थापित गरेर नेपालमा प्रकृति पुजक धर्म पनि छ है ! जुन मगर जाति र समुदायले मान्ने गर्छन भन्ने बनाऊँ । अथवा अहिले तपाईं हरु जुनजुन धर्ममा हुनुहुन्छ त्यहीँ रहनुस् त्यसमा हाम्रो आपत्ति छैन । किन भने समयले हामीलाई धार्मिक रुपमा निकै खण्डहर पारीसकेको छ । हामी खण्डित भएका छौँ । सम्भव त हिजोको यो देशका एकलजातिय शासकहरुको कारण नै यसो भएको हो यो (अहिले यस लेखमा त्यता तिर धेरै जान चाहन्न ) । तर कम्तिमा यस धर्ममा आस्था राख्न छोड्नु भए पनि यसको बिरोध चैँ नगरीदिनुस् । बरु मगर हुनुको नाताले हिजो तपाईहरु पनि यही पृष्ठभूमि बाट उठेको नाताले यसलाई नैतिक सहयोग गर्नुस् । र मगरहरुको खास पुर्खौली धर्म यही प्रकृति पुजक धर्म नै हो भन्ने कुरालाई छाति खोलेर स्विकार्नुस् र अरुलाई पनि सुनाउँनुस् , हामी यो भन्न चाहान्छौँ । तर मगरहरुको धर्म बुद्ध हो, यो मगर संघले पनि पारित गरीसक्यो भन्दै भुवा जतिको पनि ओजन नभएको तर्क नगर्नुहुन मेरो अनुरोध छ । म प्रष्ट भन्न चाहान्छु कि धर्म भन्ने कुरा कुनै संघ संस्थाले सल्लाह गरेर र रोजेर हुने कुरा होईन । र मगर संघको काम नयाँ धर्म जन्माउँने पनि होईन । बरु मगर संघले त भएको र पुर्खाले मान्दै आएको धर्मको रक्षा र संरक्षण अनि संबर्द्धन गरेर लैजाने हो ।
मैले कतिपय मगर दाजुभाईले प्रकृति धर्म बैज्ञानिक छैन भन्ने गरेको सुन्छु । यस बिषयमा म के भन्छु भने हो प्रकृति पुजक धर्ममा थुप्रै अन्धविश्वासहरु छन् । हरेक पुजापाठमा चोखो रक्सीको छिट्को छ्योट्टाउँनै पर्ने अझ भनौँ रक्सीको छिट्को बिना प्राय पुजाहरु सम्भव हुँदैनन् । कुखुरा वा बोका पाठा पुजा गर्दा भने शुरुमा चाहिने त चोखो पानीनै हो तर भोक चढाईसके पछी चोखो रक्सी अनिवार्य चाहिन्छ । थान, मठ, पित्रघर वा मस्ता जहाँ भए पनि पुजा पश्चात् रक्सी छ्योट्टाउँनै पर्ने चलन छ । समग्रमा भन्नु पर्दा थुप्रै अन्धविश्वास छन यस धर्ममा । तर मेरो मान्यता के हो भने वास्तवमा साँच्चै नै कुनै पनि धर्महरुले जीबन जीउँन कुनै तात्विक परिवर्तन र परिणाम दिने हुँदै होईन । जीवन जीउँन र परिवर्तन ल्याउँन त आफै रगत पसिना बगाएर, दिमाग घोटेर मिहेनत गर्नै पर्छ यसमा दुईमत छैन । अझ अलि कडा सँग भन्नु पर्दा कुनै पनि धर्मले सार मा (देखिने गरी भौतिक जनजीबनमा) नाप्ने केही होईन । यहाँ आफ्नो धर्मलाई विज्ञानसंवत छ भनि खोक्नेहरु पनि कयौँ छन । तर खै त आज सारा विश्व कोभिड महामारीको संहारमा चिच्याईरहेको छ, छट्पटी रहेको छ कहाँ छ तिमीहरुको धर्म ? के हेरेर बसेका छन तिम्रा धर्मगुरुहरु ? कहाँ बिलाए जिजस् क्राईष्ट र त्यसका पुजारी पास्टरहरु ? कता छन हिन्दु धर्मका कयौँ भगवानहरु र गुरु बा भनिएका धार्मिक दलाल वाहुन तथा पुजारीहरु ? मानिसका घाँटी रेटी रेटी मनाउँने र प्रार्थना गर्ने गरेको तिम्रा अल्लाह् अनि महमेमद रसुल्लाह् कुन ब्रमाणडमा छन आज ? यो बिपत्तिमा केही काम लाग्यो त ? यदि धर्म विज्ञान थियो भने यहाँ किन काम लागेन ?
विज्ञान भनेको के हो ? विज्ञान ठोस हुन्छ झुट हुँदैन । पार्दरशी हुन्छ र प्रष्ट हुन्छ तर कन्फ्युज अनि दोधार हुँदैन । विज्ञानले मानव जीबनमा प्रत्यक्ष प्रभाव देखाउँदछ तर विज्ञानसंवत भनिएका धर्महरुले के प्रभाव पारेका छन् ? आज कयौँ धर्मका कयौँ मानिसहरु गरिब छन्, भोकभोकै छन्, चोर भएका छन् डाँका भएका छन् । धर्मकै कारण हजारौको हत्या भएको छ । त्यस्तो कुनै धर्म छैन जुन धर्ममा दलालीकरण र तस्करी नभएको होस् । त्यसैले आजको २१ औं शताब्दीको युगमा साह्रै अशिक्षित भन्ने मानिसहरु सायदै छौँ । कम्तिमा के राम्रो के नराम्रो भन्ने छुट्याउँने त भएका छौँ । र यो चेत कुनै धर्मको कारण पाएका होईनौँ बिज्ञानले दिएको चेत हो । त्यसकारण धर्म भनेको केवल एउटा आस्था हो । प्रक्रिया हो । अनुशासनमा रहेर चल्न बाँच्न ऊ बेलाका अलि बढी दिमाग भएका मानिसहरुले बनाएको एउटा साध्य हो । त्यो बाहेक धर्मले अरु कुनै लछारपाटो लगाउँने होईन जुन तपाईं हामीले देख्यौँ भोग्यौँ । भने पछी त्यो एउटा आस्था र विश्वास त हाम्रै पुर्खाले प्रतिपादन गरेको हाम्रो निरन्तरताको धर्ममा किन नराख्ने हामीले ? जहाँ हाम्रो सबैथोक गाँसिएको छ । बेकारमा किन अरुले सृजाएको धर्ममा विलय हुने ? फेरि मानिसले धर्म परिवर्तन गरे पछी स्वभाविकले संस्कार पनि परिवर्तन गर्ने गर्छन् । रितिथिति सबै परिवर्तन हुन्छ । त्यसो नगरे फेरि उता छिरिएको धर्मको प्रक्रिया पूरा हुँदैन । अनि अरु धर्म अनुसरण गर्दा आफ्नो पुर्खाको बिरासत पोलेर खानु सरह हुन जान्छ भने हामीले किन धर्म परिवर्तन गर्ने ? कर्मको हिसाबले हामी जहाँसुकै पुगौँ बसौँ तर धर्मको काम र कुरा गर्दा हाम्रै पुर्खाले सिकाएको अनुसार चलौँ र निरन्तरता दिउँ भन्ने मेरो सुझाव हो । र यो पुस्तान्तरण गर्दै पनि जानु पर्छ जसरी पुर्खाहरु बाट हामी सम्म आईपुगेको छ ।
केही समय अघि काठमाण्डौँमा यही प्रकृति पुजक मगर समाज गठन भएको थियो । केही मगर हरुले त्यसमा आपत्ति जनाईरहेको देखिन्छ । तर मेरो अनुरोध छ, यसमा कुनै आपत्ति जनाउँनुपर्ने वा डराउँनु पर्ने कारण छैन । म यस नव गठित समाज सँग प्रत्येक्ष बोलेको त छैन तै पनि यसको लक्ष्य र उद्दश्य राम्रै सँग बुझेको छु । वास्तवमा यो अहिले समयले माग गरेको एक अपरिहार्यता थियो । विशेष गरि नेपालको रुकुम रोल्पा बाग्लुङ र म्याग्दी यि जिल्लाका बाक्लो मगर बस्तिहरुमा गएर हेर्यौँ भने प्रष्ट सँग बुझ्न र देख्न सक्छौँ कि प्रकृति पुजक धर्म कस्तो रहेछ भनेर । तर बिस्तारै बिस्तारै यो हिन्दु प्रभावले निल्दै जाने ठूलो डर रहेको बेला त्यसको संरक्षण जागरण र प्रबर्द्धनको लागी आधिकारिक रुपमा एउटा टिम गठन हुनु सराहनीय पक्ष हो । यो समग्र मगर एकताको बिरुद्धमा होईन र छैन । र हुनु पनि हुँदैन यो मलाई विश्वास छ । अन्तमा हामी जुन धर्ममा रहे पनि मगर हुनुको नाताले सँधै मगर एकताको पक्षमा एकजुट हुनै पर्छ । त्यसको लागि हामी सबैको साझा संस्था नेपाल मगर संघ छँदै छ । मगर संघको झण्डा मुनि हातेमालो गर्दै अघि बढौँ । तर धार्मिक आरोप प्रत्यारोप ले मगर मगर बिचको भाईचारा र एकता खल्बलिन नदिऊँ । र सके सम्म हरेक मगरले प्रकृति पुजक धर्मको अनुसरण जागरण गरौँ नभए अनाहकमा बिरोध पनि नगरौँ ।
साभार:पोष्टपाटी
तपाइलेDigital currency exchangers
यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
•यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
•केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
•केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
•संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
•“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
•प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
•नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
•यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
•प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
•गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
•ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
•हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
•आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
•गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
•प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
•एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
•आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
•प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
•प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
•वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
•गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।
मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।