मगर विभाजनका विरुद्ध प्रतिवादमा उत्रिन नेपाल मगर संघका अध्यक्ष रोकामगरको अपिल


पोखरा । नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले थरका आधारमा मगर जातिलाई विभाजित गर्ने षड्यन्त्रका विरुद्ध एकजुट भएर लाग्न मगर समुदायलाई अपिल गरेका छन् ।

नेपाल मगर संघ, कास्कीले आइतबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष समेत रहेका रोकामगरले मगर जातिभित्र भाषिक, सांस्कृतिक विविधता भएपनि मगर जाति हौं भन्ने भावना सबैमा रहेको उल्लेख गरे । राष्ट्रिय जनगणना–२०७८ को सन्दर्भमा मगर जातिलाई विभाजित गर्ने दुष्प्रयास गर्न थालिएको भन्दै अन्तर्राष्ट्रिय मगर महासंघ तथा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले विभाजनका विरुद्ध प्रतिवादमा उत्रिन अपिल समेत गरे ।

मगर जातिको बारेमा गहिरो अध्ययन नगरी मगर जातिका बारेमा हुने टिकाटिप्पणीको कुनै अर्थ नरहेको भन्दै उनले मगर जातिको एकतालाई अझै बलियो बनाउन र जातीय सद्भाव कायम राख्न मगर संघले विशेष प्राथमिकता दिएको बताए । थरका आधारमा दुनियाँमा कहीँ पनि जाति नबनेको उल्लेख गर्दै अध्यक्ष रोकामगरले थरलाई जात बनाउन खोज्नु अल्पज्ञान भएको जिकिर गरे ।

मगर जातिको मुख्य सातथरमध्येको एक थर पुनलाई मगर होइन भन्नेहरू मगरविरोधी भएको भन्दै उनले मगर जातिलाई विभाजित गर्ने षड्यन्त्र कदापि सफल नहुने दाबी गरे । मगर जातिभित्र भएका भाषिक, सांस्कृतिक विविधतालाई समेटेर मगर जातिलाई एकताबद्ध बनाएर लैजान मगर संघ तयार रहेको भन्दै रोकामगरले मगर जातिको एकताले समग्र नेपालीको एकतामा समेत बल पुग्ने धारणा व्यक्त गरे ।

नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरले हरेक जनगणनामा राजनीति हुने गरेको जनाउँदै मगर जातिको जनसंख्या कम गराउने षड्यन्त्र भएको दाबी गरे । मगर जातिको सही तथ्याङ्क अझै आउन नसकेको भन्दै उनले जनगणनाका क्रममा जाति, भाषा र धर्मको महलमा सचेत एवं चनाखो हुनुपर्ने बताए ।

आसन्न जनगणनामा जातिमा मगर, भाषामा मगर ढूट, मगर खाम/पाङ वा मगर काइके र धर्मको महलमा बौद्ध वा प्रकृतिपूजक लेख्न आग्रह गर्दै महासचिव पुनमगरले मगर जातिलाई विभाजन गर्ने कुनै पनि हर्कतको प्रतिवाद गर्न मगर संघ सधैं तयार रहेको चेतावनी दिए । टोल टोलमा मगर समुदायलाई सचेत बनाउँदै मगर जातिलाई पुनका नाममा विभाजित गर्न खोज्नेहरूको प्रतिवाद गर्न समेत उनले अपिल गरे ।

नेपाल मगर संघका केन्द्रीय सल्लाहकार एवं नेपाल पुन मगर समाजका अध्यक्ष हर्कबहादुर पहरे पुनमगरले पुन मगर भएको भन्दै छुट्टै जात हो भन्नु मूर्खता भएको बताए । मगर जातिको मुख्य थर मध्येको एक पुनलाई छुट्टै जात बनाउने कुनै आधार नभएको भन्दै उनले पुनलाई मगर जातिबाट अलग गर्न खोज्नेहरूको पुन मगर समाजले भण्डाफोर गर्ने चेतावनी दिए ।

नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगर

नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामबहादुर थापामगर र उपाध्यक्ष बुद्धिमाया थापामगरले स्वागत गरेकी थिइन् । कार्यक्रममा कास्की जिल्लाभित्रका नेपाल मगर संघ, कास्की र नेपाल पुनमगर समाज, कास्की अन्तर्गतका पोखरा महानगर समिति, विभिन्न गाउँपालिका समिति, वडा समिति, एकाइ समिति एवं भ्रातृसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेपाल मगर संघले राष्ट्रिय जनगणना–२०७८ मगर जागरण राष्ट्रिय अभियान अन्तर्गत यसअघि, बागलुङ, म्याग्दी र पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar