संकटको बेलामा ओलीलाई साथ दिएकाले वरिष्ठ उपाध्यक्षमा बादल अरु काे-काे परे पदाधिकारीको नाम लिष्ट हेर्नुस।


 नेपाल कम्युनिस्ट पार्टी एमाले काे दशाै महाधिवेशन केही दिनमै चितवनमा सुरु हुदैछ । मंसिरको कठ्याङ्ग्रिँदो जाडोलाई समेत बिर्साउने गरी नेकपा एमालेको आसन्न दशौँ महाधिवेशनले राष्ट्रिय राजनीति गर्माउन थालेको छ । महाधिवेशन नजिकिँदै जाँदा भावी नेतृत्वलाई लिएर एमालेभित्रको त्रिपक्षीय शक्ति संघर्षका अन्तरकथा क्रमशः बाहिरिन थालेसँगै राजनीतिक माहौल तातेको हो ।

प्रतिनिधि चयन प्रक्रिया अन्तिम चरणमा पुग्दै गर्दा बाहिरिएको चित्र र अस्तित्व रक्षाको संकटबाट गुज्रिँदै गरेका पूर्वमाओवादी र ‘१० भाइ’ समूह आ–आफ्ना तयारी र रणनीतिमा जुटेपछि एमाले महाधिवेशनमा त्रिपक्षीय शक्ति टकरावको अवस्था देखिएको हो ।

तर,पार्टीभित्रको शक्ति सन्तुलनमा अध्यक्ष केपी शर्मा ओली शक्तिशाली भएकाले नतिजा उलटपुलट पार्ने गरी कसैले पनि चुनौती दिन सक्ने अवस्था भने देखिँदैन । तथापि महाधिवेशनलाई आफ्नो पहिचान स्थापित गर्ने अवसरका रुपमा लिएका दुई साना समूहले पनि भित्रभित्रै आ–आफ्ना तयारी भने अघि बढाएका छन् ।

जानकारहरुका अनुसार प्रतिनिधि चयनमा लगभग बढारिएका उनीहरुले दुई वटा रणनीति बनाएका छन् । त्यसमध्ये सकेसम्म अध्यक्ष ओलीलाई खुशी बनाएर पदाधिकारी र केन्द्रीय समितिमा बढीभन्दा बढी हिस्सेदारी लिने पहिलो रणनीति छ । त्यसमा अध्यक्ष ओली सहमत नभए सर्वसम्मत हुन नदिएर चुनौती खडा गर्ने विकल्प पनि खुल्ला राखेका छन् ।

यता, अध्यक्ष ओलीले महाधिवेशनलाई एकताको महाधिवेशन भन्दै आएका छन । नेकपाकै निरन्तरताका रुपमा एमाले अघि आएकाले एकताको महाधिवेशन हुनुपर्ने उनकाे तर्क छ । तर, रोचक कुरा चाहिँ , पार्टी विभाजनको आलो घाउ बोकेर सौराहामा भेला हुन लागेका दुई हजार बढी प्रतिनिधिले ओलीले भनेझैं एकताको महाधिवेशनका रुपमा ग्रहण गर्लान् या चुनौती देलान्, त्यो भने अझै भन्न सकिने अवस्था छैन ।

तथापि दोहोर्याएर एउटै कक्षामा नपढ्ने आफ्नै पुरानो घोषणा विपरित ओलीले महाधिवेशनबाट आफूलाई निर्विकल्प अध्यक्षका रुपमा प्रस्तुत गरिसकेका छन । सर्वसम्मत अध्यक्ष बनेर राष्ट्रिय राजनीतिमा पुरानै शक्तिका साथ फेरि उदाउने ओलीको तयारी देखिन्छ । उनको निम्ति अर्को पाँच वर्षका लागि अध्यक्ष बन्न आवश्यक संख्या पनि अनुकूल नै छ । किनभने झण्डै ९० प्रतिशत प्रतिनिधि ओलीलाई ‘आइ लभ यू केपी बा’ भन्नेहरु छानिएका छन् । तर, ‘१० भाइ’ समूह र पूर्वमाओवादी पक्षलाई मनाउन नसके सर्वसम्मत हुने चाहना भने पूरा नहुन सक्छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा यसैलाई लिएर आन्तरिक जोड घटाउ पनि शुरु भइसकेको छ । प्रतिनिधि चयनमा देशभरबाट बढारिएको ‘१० भाइ’ र पूर्वमाओवादी समूहका नेताहरुको बालकोट दौडधुप बाक्लिन थालेको छ । केही दिनअघि बालकोट पुगेका भीम रावललाई ओलीले ‘बालमतलब’ नगरेपछि उनी असन्तुष्ट भएर निस्किएका थिए । १० बुँदे कार्यान्वयनलाई लिएर पहिलेदेखि नै खुशी नभएका रावल उक्त भेटघाटपछि थप चिढिएको र त्यसैको काउण्टरका रुपमा अछाम पुगेर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको निकटस्थहरु बताउँछन् ।

यता, पूर्वमाओवादी समूहले पनि प्रतिनिधि चयनमा ओलीपक्षले धोका दिएको बताउन थालेको छ । बताइएअनुसार पूर्वसहमति तोडेर प्रतिनिधि छनौटमा ओली पक्षले एकलौटी गरेको भन्दै उक्त समूह समेत रुष्ट बनेको हो । आफूहरुले वरिष्ठ उपाध्यक्षसहित कम्तिमा दुई दर्जन केन्द्रीय सदस्य पाउनुपर्ने माग गरेका छन् ।

तर, अध्यक्ष ओली भने यस्ता गुनासा सुन्ने मनस्थितिमा देखिदैनन् । बरु उनले आफ्नो रोडम्याप प्रष्ट पारेका छन। निकटस्थहरुले बताएअनुसार ओलीले अध्यक्षसहित १५ जना केन्द्रीय पदाधिकारीको लिष्ट बनाइसकेका छन । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव बाहेकका पदमा ‘१० भाइ’ र पूर्वमाओवादी समूहलाई केही स्थान दिने गरी ओलीले तयारी गरेकाे एमाले स्रोतको दाबी छ ।

सकेसम्म सर्वसम्मत गर्ने नभए जसले चुनौती खडा गर्छ उसलाई पत्तासाफ पार्ने ओलीको तयारी बुझेका एक नेता भन्छन्, ‘त्यहिअनुसार बालकोटमा उहाँ निकटस्थहरुसँग छलफल गरिरहनुभएको छ । अहिले देशभरका प्रतिनिधिको अवस्थालाई सुक्ष्म रुपमा विश्लेषण गरिँदै छ ।’

एमालेले पहिले १६ सयको हाराहारीमा प्रतिनिधि छान्ने निर्णय गरेरपछि १९ सय ९९ पुर्याएको थियो । मंसिर ११ गतेसम्म उक्त संख्या २२ सय पुग्नसक्ने ती नेताको भनाइ छ । जसमध्ये ‘१० भाइ’ समूहबाट बढीमा ५ देखि ७ प्रतिशत प्रतिनिधि छानिन सक्ने बालकोटको अनुमान छ । त्यो भनेको करिब दुई सय जना हो ।

काठमाडौँ, झापा जस्ता रणनीतिक हिसाबले महत्वका जिल्लामा समेत अत्यन्त न्यून संख्यामा उनीहरुको उपस्थिति देखिएको छ । झापामा ४८ जना प्रतिनिधि छनिएकोमा ‘१० भाइ’ समूहका जम्मा तीन जना देखिएका छन् । सबै निर्वाचन क्षेत्रमा सर्वसम्मत भएको काठमाडौंमा पनि ४३ जनामा तीन जना छन् । १० भाइ समूहको भनेर चिनिएकामा क्षेत्र नम्बर ९ का केशव पोखरेल मात्रै हुन् । अरु खासै चिनिएका अनुहार होइनन् भनिन्छ ।

यता, पूर्वमाओवादी समूहको झनै दयनीय अवस्था छ । देशैभर बढारिएको यो समूह काठमाडौँमा मौसमझैँ शून्यतिर अग्रसर छ । २२ सय प्रतिनिधि छानिँदा २ देखि ४ प्रतिशत पूर्वमाओवादी परेको आकलन गरिएको छ । यो संख्या स्वयम् पूर्वमाओवादीका नेताहरुले नै स्वीकार गरेका छन् ।

सर्वसम्मत गराउने आफ्नो तयारीमा ओलीले पूर्वमाओवादी समूहलाई चुनौतीका रुपमा लिएका छैनन् । ‘१० भाइ’ समूहलाई छिन्नभिन्न पार्न सके त्यताबाट पनि अप्ठेरो नपर्ने उहाँको बुझाइ हो । सोअनुसार बालकोटले रणनीति बनाएको बताइएको छ । भीम रावल र घनश्याम भुसाललाई वरपर पर्नै नदिने,योगेश भट्टराई र गोकर्ण बिष्टलाई सकेसम्म नजिकमा राख्ने र सुरेन्द्र पाण्डे, भीम आचार्य, युवराज ज्ञवालीलगायतलाई समदूरीमा राखेर व्यवहार गर्ने ओलीको रणनीति बालकोट निकटहरु सुनाउँछन् ।

भीम रावलको असन्तुष्टि वरिष्ठ उपाध्यक्षको बार्गेनिङ्ग मात्रै भएको पनि ओलीको बुझाई छ । तर, ओली निकटहरुका अनुसार रावललाई आफूपछिको पद दिन अध्यक्ष कुनै हालतमा तयार छैनन् ।

ओली पनि गणितको खेल गर्ने मान्छे हो । माधव नेपालहरुले नयाँ पार्टी दर्ता गरेपछि रावलको सांगठनिक शर्मनाकको अवस्था देखेपछि रावललाई बालमतलब गर्नु भएको छैन’, एमाले स्रोत भन्छ, ’बरु लेखराज भट्टलाई बोकेर केही समय खेल्न सकिने निश्कर्ष निकालेर सोहीअनुसार उहाँ लाग्नुभएको छ ।’

१० भाइ समूहलाई तितरबितर पार्न सके भीम रावल आफैँ कमजोर हुने अध्यक्ष ओलीको हिसाब छ । ‘उनलाई पदमा ल्याइयो भने भोलि पनि दुःख दिन्छन् । बरु अहिले रोक्न सके अर्को महाधिवेशनमा ७० वर्षे उमेर हदका कारण आफैँ साइड लाग्छन्’, ओलीको रणनीति सुनाउँदै निकट स्रोत भन्छ । रावल अध्यक्षमा उठे पनि दुई सयभन्दा बढी भोट नल्याउने बालकोटको आकलन छ

यद्यपि सर्वसम्मत हुने अवस्थामा रावललाई अहिलेकै उपाध्यक्षमा निरन्तरता दिन भने ओली सकारात्मक बन्न सक्ने बताइन्छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र रामबहादुर थापा बादलमध्ये एकजनालाई ल्याउने ओलीको तयारी रहेको स्रोतको दाबी छ ।माओवादीबाट आएका रामबहादुर थापा मगर (बादल)वरिष्ठ उपाध्यक्ष हुनसक्छन् । संकटको बेलामा आफूलाई साथ दिएकाले ओलीले बादललाई उचित स्थानमा व्यवस्थापन गर्ने देखिन्छ ।तपाइलेDigital currency exchangers

यो पनी पढौ:संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar