उर्जा जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुन मगर’अनन्त’ र पुर्व सभामुख कृष्ण वहादुर महराविच रोल्पामै सौहार्दपुर्ण भेट


रोल्पा:पूर्व सभामुख  कृष्णबहादुर महरानेपाल सरकारका उर्जा जलस्रोत तथा सिचाँई मन्त्री बर्षमान पुन मगर ‘अनन्त’बिच महराको निजी निवास रोल्पामा सौहार्दपुर्ण भेट भएको छ ।
कोभिड १९ का कारण उपत्यकामा निषेधाज्ञा लागू भएसँगै केही समय फुर्सद निकालेर रोल्पा पुगेका मन्त्री पुन जिल्लाका नेता कार्यकर्तासँग भेटघाट गर्न रोल्पा पुगेको बेला महरासँग पनि भेटघाट गरेका हुन् ।
रोल्पाको सम्रग विकास, शिक्षा, स्वास्थ्य, रोजगार र कोभिड १९ ले पारेको असरका बारेमा छलफल भएको उर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनमगर ‘अनन्त’ को सचिवालयमा कार्यरत जनसम्पर्क अधिकृत एबम नेपाल मगर सघ केन्द्रिय सदस्य जिवन रोका मगरले जानकारि दिनुभएको छ ।
ले पनि आफ्नो गृहजिल्लालाई बढी प्राथमिकता दिएर रोल्पा आएको बेला र ऊर्जामन्त्री विभिन्न सरकारी कार्यक्रमका लागि रोल्पामा आएको बेलामा दुवै जना नेताहरुको भेट भएको थियो । भेटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकारले अझै जनताका पक्षमा काम गर्नुपर्ने, श्रमजिवी जनताको पक्षमा जीवनका हरेक क्षेत्रलाई विकास गर्नुपर्ने, गरिखाने वर्गहरुको आयस्तरलाई माथि उठाउनको लागि गरिरहेको कार्यलाई अझै गति प्रदान गर्न सहयोग गर्ने गरी छलफल भएको थियो ।
एकतालाई बलियो र मजबुत बनाउने गरी पार्टी एकता, जनताको अभिमत, वर्तमान आवश्यकलाई ख्याल गरेर अगाडि बढ्नु पर्ने विषयमा नै छलफल केन्द्रीत रहेको थियो । पार्टीको आन्तरिक छलफल तथा बहसलाई पनि सही तरिकाले व्यवस्थापन गर्दै अगाडि बढ्नपर्ने विषयमा समेत महत्वपूर्ण छलफल भएको उर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनमगर ‘अनन्त’ को सचिवालले जानकारि दिनुभएको छ।
दुवै जनता नेताहरुले रोल्पा जिल्लाको समग्रह विकास योजनालाई सार्थकता दिने, आम रोल्पा र रोल्पालीलाई सरकार र पार्टीबाट पहल गरी समृद्ध बनाउने विषयमा पनि घनिभूत छलफल भएको नेता कृष्णबहादुर महराले बताउनुभयो । रोल्पा जिल्लामा रहेका अगुवा कार्यकर्ताहरुलाई पनि सामूहिक रुपमै भेट गर्नुभएको छ । भेटमा आन्तरिक छलफलमा कुनै पनि हालतमा तरंगीत नहुन र रोल्पालाई विगतको झै एकताबद्ध गर्नकालागि दुवै नेताले अपिल गर्नुभएको छ । नेताहरुको यो भेटलाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ ।
भेटमा भने पुर्व सभामुख तथा माननीय सांसद कृष्णबहादुर महरा, माननीय उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन ‘अनन्त’, माननीय प्रदेश सांसद दिपेन्द्र पुन मगर ‘सिजल’, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र घर्ति मगर ‘धुर्ब’ सचिब हरि घर्ति मगर रोल्पा नगरपालिकाका मेयर पुर्ण के. सि. लगायत महराको निवास मेवाङ रोल्पामा छलफल भएको थियो।पूर्व सभामुख महरा केहीसमय पहिलेदेखि रोल्पाको आफ्नो निजी निवासमा बसोबास गर्दै आएका छन् ।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar