महाविर पुनमगरको अर्को योगदान: वनाए कोरोना संक्रमित विरामीका लागी सुरक्षित बाकस


काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कामहरु गर्दै आएको छ ।

माक्स, पीपीइ, स्वाब संकलन गर्ने सुइरो लगायतका सामग्री बनाएको केन्द्रले अहिले पुनः कोरोना संक्रमित बिरामीलाई अस्पतालसम्म सुरक्षित रुपमा पुर्याउने बाकस बनाएको छ ।

केन्द्रले बिरामीहरुलाई सुरक्षित रुपमा एम्बुलेन्समा ओसारपोसार गर्न सकिने बाकस तयार पारेको जानकारी दिएको हो । बिरामीसँगै एम्बुलेन्समा रहने स्वास्थ्यकर्मी र चालकलाई संभावित कोरोना संक्रमणबाट जोगाउन यस्तो बाकस डिजाइन गरिएको आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए ।

आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महाविर पुन मगरले बाकसको डिजाइन, विकास र परीक्षणको काम पुरा भएको जानकारी दिएका छन। उनका अनुसार यो बाकसमा बिरामी राखेपछि हावा छिर्न नसक्ने चेन लगाएर बन्द गरिन्छ ।

बाहिरको हावा भित्र पठाउन प्वाल राखिएको छ भने भित्रको हावा बाहिर फ्याल्ने अर्को प्वालमा एन ९५ फिल्टर राखिएको छ । जसले गर्दा बिरामीको मुख र नाकबाट निस्किने हावालाई फिल्टर गरेर बाहिर पठाउन सकिने पुनको भनाइ छ ।

बाकस भित्र हावा पठाउन र भित्रको हावा बाहिर फ्याँक्न ब्याट्रीबाट चल्ने पंखा जडान गरिएका छन । बाकसलाई नेगेटिभ प्रेसर च्याम्बरको रुपमा डिजाइन गरिएको छ ।

अबको केही दिन भित्रै कोरोना संक्रमित विरामीको उपचार गर्ने अस्पतालहरुलाई यो बाकस उपलब्ध गराइने आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महाविर पुन मगरले जानकारी दिएका छन्।
तपाइलेDigital currency exchangersइतिहासमा हामी सँगै थियौ, सिमा मिचियो अनि वारिपारी भयौ तर रगतको नाताले हामी नजिक छौ : अन्तराष्ट्रिय मगर महासंघको अध्यक्ष नबिन रोका मगर
जनतामा भ्रम सृजना गरि आर्थिक संकलन गर्ने अभिष्टका साथ “मगरात संघर्ष समिति” नाम वनाएकोलाइ मगरात संयुक्त संघर्ष समिति” को गम्भीर ध्यानाकर्षण

यो पनी पढौ:
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar