मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड


काठमाडौं । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कम्युनिष्ट पार्टी र आन्दाेलनकाे हितका लागि पटकपटक पद त्याग गरेकाे व्यक्ति भएकाे बताउनुभएकाे छ ।
आइतबार जनता टेलिभिजनसँगको कुराकानीमा नेकपा अध्यक्ष प्रचण्डले सुरुवातमा ओली र आफूबीच सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी बनेको भएपनि पछि आफूले नै त्यसो गर्दा सरकार अस्थिर भएको विश्लेषण हुने भएकाले ओलीले नै ५ वर्ष नेतृत्व गर्ने गरी सहमति गरिएको बताउनुभयो ।

करिब साढे एक वर्षपछि जनता टेलिभिजनसँगको संवादमा अध्यक्ष प्रचण्डले आफू पार्टी एकताका लागि जस्ताेसुकै त्याग गर्दै आएको बताउनुभएको छ । पार्टीमा पछिल्लो समय उत्पन्न विवाद समाधानमा आफ्नो महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुहुँदै प्रचण्डले अन्तर् वार्तामा भन्नुभएको छ,फुटको संघारमा पुगेको पार्टीलाई जोगाएर फेरि विधिमा प्रवेश गराउन अध्यक्ष ओली,वरिष्ठ नेताहरु र सचिवालयका सबै नेताहरुको उल्लेखनीय भूमिका छ ।
जनताको अपार समर्थन पाएको नेकपाले सत्ताको नेतृत्वमा आएपछि नेकपाका नेताहरु पद, प्रतिष्ठा, परिवार र विभिन्न खाले विचौलियाहरुसँग जोडिन पुगेको भनिनछ नि ? भन्ने प्रश्नको जवाफ दिनुहुँदै प्रचण्डले भन्नुभयो,यो निकै महत्वपूर्ण प्रश्न हो, पार्टीमा यस्ता खाले केही समस्या देखिएका छन् तर मलाई भने मेरो परिवारको संघर्षका बेलाको त्याग र समर्पण र त्यही कारण परिवारका सदस्यहरु गुमाएकोमा कसैले सद्भाव नराखेपनि परिवारवादको आरोप लगाउँदा मन दुख्ने गरेको छ ।
युद्धकालमा छोरा प्रकाश दाहालले रुकुम रोल्पालगायतका लडाइँमा बन्दुक भिरेर हिंडेको र छोरी रेणु दाहालले भारतका विभिन्न ठाउँमा महिला संगठन विस्तार गरेको उहाँको भनाइ छ। जनयुद्धकै असरका कारण एक छोरी गुमाउनु परेको, छोराको मृत्यु भएको र परिवारमा अहिले पनि तनाव जारी रहेको भन्दै प्रचण्डले यस्ता आरोपले आफूलाई अचम्मित बनाउने गरेकाे बताउनुभयो ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:मगरात भुमी(सुनछहरी)मा मगर पोशाक सम्बन्धी अन्तरसम्वाद तथा अभिमुखिकरण
स्थायी समिति बैठकमा पेस भएको अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मत पारित
राष्ट्रियतामा एकढिक्का,गतीशिल,विधि र पद्धति अनुसार अघि वढ्ने,निर्णयलाइ कार्यन्वयनमा लैजाने नेकपाको निर्णय
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar