महान १० बर्षे जनयुद्ध गणतन्त्र स्थापनाको ठूलो पाठशाला : गृहमन्त्री रामवहादुर थापा मगर(वादल) 


काठमाडौँ, फागुन १ गते ।आज कै दिन काँचो हतियार बोकेका महान १० बर्षे जनयुद्धको महासचिव,गणतन्त्र नेपालको पहिलो रक्षामन्त्री, इतिहासका शक्तीशाली नेपाल सरकारका माननिय गृहमन्त्री एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सह-अध्यक्ष : रामवहादुर थापा मगर(वादल) रामबहादुर थापाले जनयुद्ध नेपालमा गणतन्त्र स्थापनाको ठूलो पाठशाला भएको बताउनुभएको छ । जनयुद्धको आधारमा टेकेर नै मुलुकमा गणतन्त्र स्थापना भएको जिकिर गर्दै उहाँले नेपालको जनक्रान्ति र गणतन्त्र स्थापनाका लागि जनयुद्धको महत्वपूर्ण योगदानलाई भुल्न नहुनेमा जोड दिनुभयो।    
    
राजधानीमा २६औँ जनयुद्ध दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ केन्द्रीय समितिद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले जनतालाई जागरण दिन सफल अभियानका रूपमा जनयुद्धलाई लिनुपर्ने उल्लेख गर्नुभयो ।    
    
गृहमन्त्री थापाले भन्नुभयो, “जनयुद्ध उत्पादनकर्ता पनि थियो, यसले लाखौँ युवालाई क्रान्तिका निम्ति तयार पा¥यो, यो एउटा ठूलो पाठशाला थियो, जसले देशलाई नेतृत्व गर्ने नेता कार्यकर्ता उत्पादन ग¥यो ।” जनयुद्धलाई एकतर्फबाट मात्रै बुझन् नहुनेमा जोड दिँदै उहाँले विभिन्न कोणबाट बुझन्पर्ने सुझाव दिनुभयो । उहाँले नेपालको जनक्रान्तिमा निर्णायक भूमिका जनयुद्धको रहेको तर त्यसअघिका धेरै जनवादी क्रान्ति असफल भएको जिकिर गर्नुभयो ।    
    
विसं २००७ मा नेपाली काँग्रेसको नेतृत्वमा सशस्त्र आन्दोलन गरेर राणा शासनलाई विस्थापित गरेको भए पनि जनवादी क्रान्तिलाई पूर्णता दिन नसकेको र पछि धेरै वामपन्थी शक्तिले गरेको प्रयास पनि असफल भएको मन्त्री थापाले बताउनुभयो । उहाँले तत्कालीन राजनीतिक दलले जनआन्दोलनबाट नै लोकतान्त्रिक क्रान्ति पूरा गर्न सकिन्छ भनेर विसं २०३६ र २०४६ मा गरेको प्रयाससमेत सफल हुन नसकेको जिकिर गर्नुभयो । ती आन्दोलनको उपलब्धि भने भएको उहाँको विचार थियो ।    
    
विसं २०४६ को आन्दोलनपश्चात गणतन्त्र स्थापनाका लागि ठूलो बहस भएसँगै नेकपा माओवादी सङ्गठनको जन्म भएको र त्यसले जनवादी विचारलाई प्रयोगतर्फ लगेको उहाँले बताउनुभयो । त्यसपछि वर्गसङ्घर्षको निष्कर्षका साथ विसं २०५२ फागुन १ गते सशस्त्र सङ्घर्ष शुरु गरेको उहाँले जानकारी दिनुभयो ।    
    
शान्तिपूर्ण र सङ्घर्षात्मक रूपलाई संयोजन गरेर आन्दोलन शुरु भएको र त्यसैको प्रतिफल विसं २०६२÷६३ का आन्दोलनले गणतन्त्र ल्याएको उहाँले बताउनुभयो । उहाँले जनयुद्धका नाममा प्राण आहुति दिने शहीदप्रति श्रद्धाञ्जलि र बेपत्ताप्रति सम्मान प्रदान गर्दै घाइते तथा अपाङ्गता भएकाको स्वास्थ्यलाभको कामना गर्नुभयो ।    
    
हिजोबाट परिस्थिति फरक भएको र समाजवादी क्रान्तितर्फ मुलुक अघि बढेको उल्लेख गर्दै मन्त्री थापाले त्यसको नेतृत्व जनताले राजनीतिक नेतालाई दिएको बताउनुभयो । अब समाजवादी क्रान्तिका लागि सशस्त्र स्वरुपको अभ्यास गर्नु जरुरी नरहेकाले शान्तिपूर्ण तवरबाट समाजवादी क्रान्ति अघि बढाउनु जरुरी रहेको बताउनुभयो । उहाँले यसमा प्रतिक्रियावादी वर्गले प्रतिरोध गर्नैतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।   
तपाइलेDigital currency exchangers

यो पनी पढौ:जनताका बीचमा गएर नयाँ जनमत लिने अवसर : गृहमन्त्री राम वहादुर थापामगर’वादल’
महान जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने मन्त्रिपरिषद्‌को निर्णय
संंसद पुन:स्थापना मुलुक प्रतिक्रान्ती/प्रतिगमन हुन्छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
देशैभर १६५ निर्वाचन क्षेत्रमै चुनावी आन्दोलनको मोर्चामा जुट्नुहोस्: गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा छ, निरंकुशतावादीहरू सल्बलाउन थाले- प्रचण्ड
यो त आन्दोलन होइन, यो त आन्दोलनको टेलर मात्रै हो : प्रचण्ड (सम्बोधनको पर्णपाठ)
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
केपी ओली वैशाखसम्म प्रधानमन्त्री हुन्छन्, त्यसपछि पत्तासाफ: प्रचण्ड
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमलाइ महिला संगठनद्वारा विभिन्न आन्दोलनको घोषणा
“मैले बामदेव र बादलको साथ पाएँ भने देशको कायापलट गरिदिन्छु” पूरा पढनुहोस्
प्रचण्ड संसदीय दलको नेता बन्दै, संसद भवनमा बाेलाइयाे बैठक
नेकपाको दुइतिहाइ बहुमत पक्षको निर्णय:ओलीलाई पार्टी अध्यक्षबाट हटाएर साधरण सदस्य
यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar