इतिहासमा हामी सँगै थियौ, सिमा मिचियो अनि वारिपारी भयौ तर रगतको नाताले हामी नजिक छौ : अन्तराष्ट्रिय मगर महासंघको अध्यक्ष नबिन रोका मगर


सिक्किम भारत । नेपाल मगर संघ केन्द्र नेपाल र सिक्किम मगर एसोसियसन भारत सिक्किम बिच भेटघाट कार्यक्रम सम्पन्न २०७६ साल भाद्र २२ गते आइतवार भएको थियो ।

जुन तारिख २०१९ सेप्टेम्बर ८ आइतबार, भारत सिक्किमको जोरथाङ्गमा नेपालबाट गएको नेपाल मगर संघ र जोरथाङ्ग मगर संघ शाखा बिच पाहुनालाई स्वागत गर्दै भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

इतिहास मै पहिलो पटक भारतको सिक्किम, दार्जिलिंग सम्म नेपाल भारत मैत्रीपुर्ण सम्बन्ध स्थापित गर्न भारत भ्रमणमा आएको अन्तराष्ट्रिय मगर महासंघको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय अध्यक्ष नविन रोका मगर महासचिब ज्ञानेन्द्र पुन मगर लगायतको टोलीलाइ जोरथाङ्ग मगर संघ सिक्किमले स्वागत गर्दै यसरी नेपालबाट पूर्व सिक्किममा आफुलाई सम्झेर आएकोमा एकदमै खुशी लागेको जोरथाङ्ग महासचिब बिष्णु राना मगरले बताउनु भयो ।

नेपालबाट गएको मगर संघको टोलीलाई कार्यक्रममा जोरथाङ्ग मगर संघले पहिलो पटक निकालिएको पुस्तक “जोरथाङ्ग” वितरण गरिएको थियो ।

भेटघाट कार्यक्रम पूर्व, सिक्किम मगर संघ जोरथाङ्ग शाखाले आयोजना गरेको स्वागतको सम्मान गर्दै नेपाल मगर संघ केन्द्रका अध्यक्ष नबिन रोका मगरले कुनै पनि समाजको बिकासमा उसको भाषा साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । यस्तै उहाले, कार्यक्रममा बोल्दै देश विस्तार हुने क्रममा हामी वारिपारी भयौँ जसको कारण सिमा मिचिनु थियो तर हामी सबैमा मगर समुदायको रगत छ। सिमा मिचीए पनि हामी भित्रको रगतको साइनो नै ठुलो हो भन्नु भयो ।

इतिहासमा नै पहिलो पटक यसरी नेपाल र भारतका मगर समुदाय बिच भेटघाट गर्न पाउदा निकै खुशी लागेको भन्दै अध्यक्ष रोका मगरले सबैलाई मन खोलेर हास्न अनुरोध गर्दै आफु पनि हास्नु भयो । यस्तै उहाले कार्यक्रममा बोल्दै हाम्रो समुदायलाई चिनाउने हाम्रो भाषा मर्नु हुदैन भनेर पनि बताउनु भयो ।

कार्यक्रममा नेपाल मगर संघ केन्द्रका अध्यक्ष रोका मगरले जोरथाङ्ग शाखाका महासचिब बिष्णु रानामगर लगायत सबै पदाधिकारीलाई धन्यबाद दिदै नेपाल मगर संघको तर्फबाट मायाको चिनो समेत प्रदान गर्नु भयो । कार्यक्रममा बोल्दै अध्यक्ष रोका मगरले इतिहासमा मगर समुदाय सगै भएको र पछि देश बिस्तार हुने क्रममा सिमा मिचियका कारण हामी यसरी पुर्ब पश्चिम हुनु परेको बताउनु भयो।

भारतको सिक्किम जोरथाङ्ग मगर संघले आयोजना गरेको कार्यक्रममा नेपाल मगर संघ केन्द्रका उपाध्यक्ष गङ्गा खासु थापा, महासचिब ज्ञानेन्द्र पुन मगर, कोषाध्यक्ष कमला थापा मगर, सदस्यहरु मंदरी आले मगर, कमल बहादुर पिठाकोटे मगर, सचिब जगत बहादुर रेशमी मगर, प्रदेश सभा सदस्य प्रतिनिधि माननीय लाल कुमारी पुन (सुसिला) लगायत ३० जनाको टोली आज यहाँ पुगेको हो ।

समग्र मगर समुदायको अवश्था बुझ्न र केही अध्ययन गर्न इतिहासमा पहिलो पटक नेपाल भारत मैत्री सम्बन्ध स्थापित गर्न पनि यो भ्रमणले महत्वपुर्ण भूमिका निर्वाह गर्ने नेपाल मगर संघ केन्द्रका महासचिब ज्ञानेन्द्र पुन मगरले बताउनु भयो । पूर्व नेपालको धनकुटामा मगर संघ केन्द्रको १२औँ पूर्ण बैठक र प्रशिक्षण सकेर भारतको सिक्किम प्रस्थान गरेको नेपाल मगर संघ केन्द्रको भारतको दार्जिलिंग सम्म पुग्ने महासचिब पुन मगरले बताउनु भयो ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:जनतामा भ्रम सृजना गरि आर्थिक संकलन गर्ने अभिष्टका साथ “मगरात संघर्ष समिति” नाम वनाएकोलाइ मगरात संयुक्त संघर्ष समिति” को गम्भीर ध्यानाकर्षण
मगर संसार राहतकोषद्वारा बागलुङका बाढीपहिरो पिडितलाई आर्थिक सहयोग
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar