भोलिदेखि के खुल्छ? के खोल्न पाइदैन? जोर विजोर लागु हुने।


काठमाडौं उपत्यकामा बिहीबारदेखि ‘सीमित निषेधाज्ञा’ लागू गरिँदैछ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सामूहिक बैठकले बुधबार यस्तो निर्णय गरेको हो।

निषेधाज्ञा खुकुलो पार्दै केही क्षेत्रलाई बन्देज लगाएर धेरैजसो क्षेत्रमा निषेधाज्ञा खुलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

‘निषेधाज्ञाको पनि विभिन्न स्वरूप हुन्छन्, निषेधाज्ञालाई कायमै राखेर पनि धेरैजसो क्षेत्र खोल्ने नखोल्ने निर्णय गर्न सकिन्छ,’ दाहालले भने, ‘आजको बैठकले त्यसरी नै निर्णय गरेको हो।’उनका अनुसार अब सार्वजनिक/निजी सवारीसाधन चल्दैछन्, तर जोरविजोरमा। स्वास्थ्य मापदण्ड भने पालना हुनुपर्ने उनको भनाइ छ।

१६ सिटभन्दा माथिका सवारीसाधन चल्छन्। तर, माइक्रो बस, टेम्पो चल्दैनन्। ट्याक्सीलाई भने रोक लगाइएको छैन।‘अहिले ट्याक्सीले एम्बुलेन्सको काम गरिरहेका छन्, ट्याक्सीमा तीन जना मात्र रहने भएकाले जोखिम कम भएकाले सञ्चालन गर्न दिइएको हो,’ दाहालले भने, ‘प्राय: परिवारकै सदस्यहरू बढी रहने भएकाले जोखिमको स्थिति रहँदैन भन्ने बुझाइ छ।’

दाहालका अनुसार भोलिदेखि सबै खालका पसल खुल्नेछन्, तर बढी भीड हुने ठाउँहरूलाई साताको तीन दिन मात्र खोल्न दिइने छ।कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक पसल पनि खुल्नेछन्। तर, सोमबार, बुधबार र शनिबार तीन दिन मात्र समय दिइएको छ। सपिङ मलहरूलाई पनि सोही नियम लागू गरिएको छ। 

अत्यावश्यक सेवामध्ये खाद्यवस्तु, दुध, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/मासु बिक्री वितरणमा समय तोकिएको छ।त्यस्ता पसल बिहान ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खोल्न दिइने छ। यसअघि बिहान ११ बजेसम्म मात्र खोल्न दिइँदै आएको थियो।

अब टेक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन सकिने छ। त्यसका लागि स्वास्थ्य मापदण्ड पालना गरेर मध्याह्न १२ देखि बेलुका ७ बजेसम्म खुला गरिएको छ।

अब टेक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन सकिने छ। त्यसका लागि स्वास्थ्य मापदण्ड पालना गरेर मध्याह्न १२ देखि बेलुका ७ बजेसम्म खुला गरिएको छ।

बैंकहरू यसअघि नै सुचारु थिए। अब सहकारी पनि खोल्न पाइने छ। तर, सहकारीलाई बिहान ११ देखि ३ बजेसम्म खोल्न दिइने छ।शिक्षा मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्न पाउने छ। उपत्यकाका सबै नाकाहरू साबिकझैं बन्द रहनेछन्। उपत्यकाभित्र मात्र सवारी चलाउन पाइने छ।

भाँडा-भान्साका सामग्रीका पसल पनि खुल्नेछन् तर आइतबार, मंगलबार र शुक्रबार मात्र। फर्निचर र अटोमोबाइल पसल सोमबार र बुधबार मात्र खोल्न पाइने दाहालले बताए।

वर्कसपहरू बिहान ८ देखि बेलुका ८ बजेसम्मै खुल्नेछन्। 

फुटपाथ, ठेला व्यापार, स्टेशनरी, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसल तथा डिपार्टमेन्ट स्टोरहरू बिहान ११ बजेसम्म र अपराह्न ४ देखि बेलुका ७ बजेसम्म खुल्ने छन्।

दाहालका अनुसार होटल, रेष्टुरेन्ट र बार खोल्न पाइने छैन। खुल्ला स्थानमा सभा-जुलुश, जात्रा महोत्सव हुन दिइने छैन। मठ-मन्दिर, मस्जिदमा दैनिक पूजाआजाबाहेकका काम गर्न पाइने छैन।  

उद्योग र कलकारखाना चल्न दिइन्छ। तर, स्वास्थ्य मापदण्डविपरीत चलाउन पाइँदैन। चाडपर्वमा हुने जमघट हुन दिइँदैन। शैक्षिक संस्था चल्ने छैनन्।

गोष्ठी, सेमिनार, शैलुन, स्पा, ब्युटी पार्लर खुल्ने छैनन्। चिडियाखाना तथा प्रदर्शनीहरू बन्दै रहने छ। श्रमिक-मजदुरलाई सामाजिक दूरी कायम नगरीकन ओसारपसार गर्न पाइने छैन।

निर्माण सामग्रीका पसल, निर्माण सामग्री ढुंगा, बालुवा, सिमेन्ट, रड, डन्डीलगायत बोक्ने ट्रक, टिपरहरूलाई यसअघि नै सञ्चालन हुन दिइएको थियो। निर्माण सामग्री बोक्ने सवारीसाधनलाई समय तोकिएको थिएन भने पसललाई दिउँसो २ बजेदेखि राति ९ बजेसम्म तोकिएको थियो। 

राजधानीमा कोरोना संक्रमण व्यापक बढेपछि प्रशासनले भदौ ३ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो। साता-सातामा दुई पटक निषेधाज्ञाको समय बढाइएको थियो।

निषेधाज्ञा निरन्तर भइरहँदा आर्थिक गतिविधिहरू ठप्प भएपछि प्रशासन लचिलो भएको प्रजिअ दाहालले बताए। यसअघि मंगलबार सरोकारवाला सबै पक्षसँग छलफल गर्दा पनि चाडबाड नजिकिएका कारण आर्थिक गतिविधिहरू हुनुपर्ने राय पेश भएको थियो।

दाहालका अनुसार अहिले लागू भएको निषेधाज्ञाको पनि स्वरुप परिवर्तन हो। ‘संक्रमणको अवस्थालाई मध्यनजर गरेर यो निर्णय क्रमश: हटाउने वा जारी राख्ने निर्णय हुनसक्छ,’ दाहालले भन्नुभएको छ।



तपाइलेDigital currency exchangersदेशैभर थप कोरोनावाट ६ जनाको मृत्यु मृतकको संख्या ३१२ जना पुग्यो।
महाविर पुनमगरको अर्को योगदान: वनाए कोरोना संक्रमित विरामीका लागी सुरक्षित बाकस
इतिहासमा हामी सँगै थियौ, सिमा मिचियो अनि वारिपारी भयौ तर रगतको नाताले हामी नजिक छौ : अन्तराष्ट्रिय मगर महासंघको अध्यक्ष नबिन रोका मगर

यो पनी पढौ:
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar