रोल्पाका विपन्न तथा गरिब २६ सय घरका खरको छानो जस्तामा परिणत हुने:चुनावी प्रतिबद्धता पुरा गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनमगर ‘अनन्त’

फोटो: उर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनमगर ‘अनन्त’ को सचिवालयमा कार्यरत जनसम्पर्क अधिकृत जिवन रोका मगर

रोल्पा । रोल्पाका विपन्न तथा गरिब २ हजार २६ घरका खरको छानो जस्तामा परिणत हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनमगर ‘अनन्त’को पहलमा ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तरगत उक्त घरहरुमा छानो राखिने भएको हो । आर्थिक वर्ष ०७७/०७८ को सुरक्षित नागरिक आबास कार्यक्रमबाट खरको छानोमुक्त हुने सुनिश्चित भएका हुन् । यसले विपन्न तथा गरिव रोल्पालीलाई निकै राहत हुने भएको छ ।  उक्त कार्यक्रम कार्यान्वयनका लागि मन्त्री पुनको संयोजकत्वमा मंगलबार सदरमुकाम लिबाङमा बसेको बैठकले २ हजार २६ घर परिवारलाई सुरक्षित आवासमा बस्न पाउने भएको जानकारी गराएको हो । नेपाल सरकार संघीय सरकारको बजेटबाट १० करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसअन्तर्गत १ हजार ८ सय २६ घरधुरी यस आर्थिक वर्ष र गत क्रमागत २०० घर गरि २ हजार २६ खरको छानो भएका घरहरु जस्तापाताको छानामा परिणत गर्न लागिएको हो । रोल्पाबाट प्रतिनिधि सभा सदस्यसमेत रहेका पुनको अध्यक्षतामा प्रदेश सांसद, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख र रोल्पाका १० वटै पालिका प्रमुखहरुबीच छलफल गरिएको छ । अब निवेदन आह्वान गरि अगाडि प्रक्रिया अगाडि बढाउने कार्यको थालनी गरिएको छ ।  यसको सामाजिक सहजीकरणमा समृद्ध रोल्पा फाउण्डेशनले गर्ने, सरकार र जनताको बीचमा तालमेल गरिने गरी रोल्पा समृद्ध फाण्डेशन रोल्पाका अध्यक्ष ओनसरी घर्ती मगरले बताइन् । सदरमुकाम लिवाङमा आज भएको छलफलमा पूर्वसभामुख ओनसरी घर्ती प्रदेश ५ सभा सदस्य दिपेन्द्र पुन, जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढाको पनि उपस्थिति रहेको थियो । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनमगर ‘अनन्त’को पहलमा सुरक्षित नागरिक आवास कार्यक्रम अगाडि बढेको पुनको सचिवालयले जनाएको छ । छानो मुक्त गर्ने कार्यक्रम ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनमगर ‘अनन्त’को चुनावी प्रतिबद्धताको कार्यक्रम समेत रहेको थियो । रोल्पा जिल्लामा विगतका आर्थिक वर्षमा पनि जनयुद्धका क्रममा शहीद परिवार, घाइते तथा अपाङ्ग, विपन्न परिवारको छानोमा जस्ता पाटाले छाएका छन् । यसअघि समृद्ध रोल्पा फाउण्डेसनमार्फत झण्डै ५ सय घरका खरको छानो फेरिएको  थियो । बैठकले यस आर्थिक वर्षका लागि खरको छानो फेर्ने गरि प्रकृया अगाडि बढाउने आजको बैठकले निर्णय गरेको छ ।  फाउण्डेसनको संरक्षक समेत रहेका पुन निर्वाचित भएपछि जिल्लामा यो कार्यक्रम निरन्तर सञ्चालन भइरहेको छ । मन्त्री पुनका सचिवालय सदस्य जीवन रोकामगरले आजको बैठकले यो वर्षको कार्यक्रम सुरु गर्ने निर्णय गरेको जानकारी गराए ।  रोल्पा जिल्लामा मन्त्री पुनको पहलमा अगाडि बढेको र गाउँपालिकाले पनि साझेदारीमा गरि गरिव तथा पीडितहरुको छानो फर्ने कार्यक्रम रोल्पामा लोक प्रिय बनेको रोल्पा नगरपालिका ओविलाल थापाले बताए । आफूलाई सो कार्यक्रमबाट निकै सहयोग गरेको बताए ।  अब जिल्लाका सबै स्थानीय तहले सूचना निकालेर विपन्न वर्गको घरका खरको छानोलाई जस्तापाताले विस्थापित हुने गरि प्रकृया अगाडी बढाउने छन् । यस कार्यक्रमको प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहने गरि समानुपाति सांसद, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति सदस्य रहने व्यवस्था छ । सुरक्षित नागरिक आवास कार्यक्रमबाट  २ हजार २६ घर परिवार बन्ने भएको छ । जस अनुसार रोल्पा नगरपालीकामा २५४ घर, त्रिबेणी गाउँपालिका २५१ घर, परिबर्तन गाउँपालिकामा १६४ घर, माडी गाउँपालिकामा १४० घर, रुण्टीगढी गाउँपालिकामा ३४४ घर, लुङ्ग्री गाउँपालिकामा ११० घर, गंगादेब गाउँपालिकामा १२४ घर, सुनछहरी गाउँपालिकामा १०१ घर, सुनिलस्मृती गाउँपालिकामा २१७ घर, थबाङ गाउँपालिकामा १२१ घरलाई स्थानीय तहले छनौट गरेका आधारमा गरीब परीवारलाई सुरक्षित जस्ता छानाले घर छुवाइने छ ।  रोल्पा जिल्लामा मन्त्री पुनको पहलमा सञ्चालन भएको नेपाल सरकारको लगानी तथा विभिन्न स्थानीयतहको साझेदारीमा सञ्चालन यो कार्यक्रम सबैभन्दा विपन्न वर्गमा पुग्ने लोकप्रिय कार्यक्रम बनेको छ । यसलाई अझै निरन्तरता दिनुपर्ने भन्दै नागरिकहरुबाट आवाज आउन थालेको छ ।
तपाइलेDigital currency exchangersभोलिदेखि के खुल्छ? के खोल्न पाइदैन? जोर विजोर लागु हुने।
महाविर पुनमगरको अर्को योगदान: वनाए कोरोना संक्रमित विरामीका लागी सुरक्षित बाकस

यो पनी पढौ:
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar