विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,


नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दले एमबिबिएस प्रमाण-पत्र परीक्षा उत्तीर्ण गरेका छन्। नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षामा पास भएपछि उनी डाक्टर भएका हुन्।

भदौ २३ गते रिजल्ट प्रकाशित हुँदा काउन्सिलबाट पास भएको चन्दले बताए। उनले अघिल्लो दिन परीक्षा दिएका थिए।

उनी चितवन मेडिकल कलेजमा पढेका हुन्। तीन वर्षसम्म विषयगत पढाइ र एक वर्ष अभ्यास पूरा गरेपछि डाक्टरी सर्टिफिकेटका लागि मेडिकल काउन्सिलमा परीक्षा दिन पाइन्छ।

उनीसँगैका साथीहरूले भने मंसिरमै जाँच दिएका थिए। चितवन मेडिकल कलेजको छात्रावास छेउमा पेस्तोल भेटिएको प्रकरणमा प्रहरीले ‘झमेला’ दिएपछि त्यसबेला उनले परीक्षा दिन पाएका थिएनन्।

अब सर्टिफिकेटका लागि फारम भर्न लागेको उनले बताए। ‘मेडिकल काउन्सिलमा अनलाइन फारम भर्न पाइन्छ,’ चन्दले भने, ‘त्यसको तयारी गरिरहेको छु।’

उनका बुवा विप्लव सरकारविरूद्ध आन्दोलनरत् छन्। छोरा प्रकाशले भने सरकारी अस्पतालमा काम गर्ने इच्छा देखाएका छन्।

एमबिबिएस उत्तीर्ण भएपछि काम खोज्न थालेको उनले बताए। तर, उनलाई निजीमा हैन, सरकारी अस्पतालमा काम गर्न मन लागेको छ। ‘सरकारी अस्पतालमा काम गर्न खोजिरहेको छु, कतै भेटिएला कि भनेर खोज्न थालेको छु, चन्दले भने।

चन्दले एमडी गर्ने योजना बनाएका छन्। काम पनि गर्दै पढ्ने योजना रहेको उनले सुनाए।

‘सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,’ उनले भने।

उनी चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक हुन्। विद्यार्थीहरूबाट मेडिकल कलेजले चर्को शुल्क उठाउन थालेपछि गठन भएको समितिको नेतृत्व गर्दै चन्दले देशव्यापी आन्दोलन चर्काएका थिए। सोही आन्दोलनका कारण बढी शुल्क उठाउने मेडिकल कलेजहरू शुल्क फिर्ता लिन बाध्य भएका थिए।

विगत दुई वर्षदेखि मेडिकल कलेजमा सरकारले तोकेको भन्दा बढी शुल्क उठाएकोबारे आन्दोलन चर्किएको थियो। पछिल्लो समय चितवन मेडिकल कलेजबाटै उनले विद्यार्थीहरूलाई संगठित बनाएर आन्दोलन सुरू गरेका थिए।   

विद्यार्थी हकहितका लागि आफू संघर्षरत् रहिरहने उनले बताए। ‘नेपालका निजी मेडिकल कलेजले विद्यार्थीबाट चर्को शुल्क उठाउने गरेका छन्, चिकित्सा क्षेत्रमा व्यापक विकृति छ, विकृति रोक्नका लागि मेरो संघर्ष जारी रहन्छ,’ उनले भने।
तपाइलेDigital currency exchangersसोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु

यो पनी पढौ:
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar